• १२ फागुन २०८१, सोमबार

मदिरा सेवनले एकको मृत्यु

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, फागुन १२ गते । मोरङको उर्लाबारी–९ छिन्ताङ्गे टोलका ४९ वर्षीय नरेन्द्र लावतीको अत्यधिक मदिरा सेवन गरेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवका अनुसार छिमेकी डिगबहादुर खड्काको घरको बरण्डामा सोमबार बिहान नरेन्द्र मृत अवस्थामा भेटिएका थिए । 

राति अबेरसम्म अत्यधिक मदिरा सेवन गरेका लावती घर नगई बरण्डामा सुतेका थिए । बिहान उनलाई घरधनी डिगबहादुरले मृत अवस्थामा भेट्नु भएको थियो । लावतीको शव उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।