शिक्षक नेताले नियुक्तिपत्र बाँडे
लमजुङमा राजनीतिक दलनिकटका शिक्षक नेताले प्राथमिक तहका नवनियुक्त शिक्षकलाई नियुक्तिपत्र वितरण गरेका छन् । शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्ने बहसलाई सो घटनाले चुनौती दिएको सरोकारवालाले टिप्पणी गरेका छन् ।
निर्माणाधीन झोलुङ्गे पुल बर्खाअघि नै निर्माण हुने
सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन झोलुङ्गे पुल वर्षा सुरु हुनुअगावै निर्माण सम्पन्नको चरणमा रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित चार वटा पुल निर्माणका
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
रोकियो स्वास्थ्य केन्द्रको भवन निर्माण
बजेट अभावका कारण घोराही उपमहानगरपालिका–८ स्थित मर्पाडाँडा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माणको काम रोकिएको छ । दुई वर्षअघि निर्माण सुरु भएको सहरी स्वास्थ्य केन्द्रको भवन गत वर्षदेखि ठप्प रहेको छ ।
धनकुटामा भरुवा बन्दुकसहित २ जना पक्राउ
कोकिला भण्डारी धनकुटा, चैत १९ गते । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका ८, सिन्कुलामा उक्त टोलीले २ जनालाई बारुदसहित पक्राउ गरेको हो । प्रहरीले साँगुरीगढी गाउँपालिका ८, सिन्कुलाका ३२ वर्षीय तेज कुमार बिक र ३८ वर्षीय मनभा राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
सिद्धबाबा सुरुङ छिचोलिएपछि धमाधम ‘लाइनिङ’
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ४६ प्रतिशत काम सम्पन्न भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
अस्पताल निर्माण सुस्त
गुल्मी अस्पतालको भवन निर्माण कार्य दुई वर्षमा सक्नुपर्नेमा चार वर्ष हुँदासमेत सम्पन्न हुन सकेको छैन । दुई वर्षमा निर्माण कार्य सक्नुपर्ने सम्झौता भए पनि करिब चार वर्ष बित्न लाग्दा ८४ प्रतिशत मात्रै काम सम्पन्न भएको निर्माण व्यवसायीको भनाइ छ ।
विषालु सर्पको बिगबिगी
तराईमा गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी सुरु भएको छ । सर्प उद्धारकर्ता भनेर चिनिने चेतबहादुर सारू अर्थात् सारू कान्छाले चैत सुरु भएयता दैनिक रूपमा एक/दुई वटा विषालु सर्पको उद्धार गर्दै आएको बताउनुभयो ।
आदेश ढिलाइले सडक निर्माण प्रभावित
रुख कटान आदेश नआउँदा कैलालीमा चिसापानी–कुइने कालोपत्रे सडक निर्माण प्रभावित भएको छ । सडक अधिकार क्षेत्रमा परेका रुख नहटाइएकाले निर्माण कम्पनीले काम अगाडि बढाउन नसकेको हो ।
आर्यनको अर्को आविष्कार ‘मेडिकल ड्रोन’
एक वर्षअघि नमुना जहाज उडाएर चर्चा पाएका कैलालीका आर्यन विश्वकर्माले हालै मेडिकल ड्रोन बनाउन सफल हुनुभएको हो ।
संस्थान सञ्चालनको प्रक्रिया अगाडि बढाइने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्राविधिक समस्या सुल्झाएर दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ ।
एमाले अछामको अधिवेशन वैशाखमा
विशेष परिस्थिति भनेर धकेलिँदै आएको नेकपा (एमाले) अछामको जिल्ला अधिवेशन आउँदो वैशाखमा गरिने भएको छ । सो पार्टीको पाँचौँ जिल्ला सचिवालय बैठकले नवौँ जिल्ला अधिवेशन आउँदो वैशाख १३ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको उपसचिव डम्बर बिसीले जानकारी दिनुभयो ।
‘व्यक्तिका लागि व्यवस्थाको विकल्प नखोजौँ’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कुनै व्यक्तिका लागि व्यवस्थालाई बदनाम गर्दै त्यसको विकल्प नखोज्न सुझाव दिनुभएको छ । उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो भन्दै राजावादीले गरेको आन्दोलन व्यक्तिकेन्द्रित भएको बताउनुभयो ।
मुगुसम्म सूचना महामार्ग विस्तार
नेपाल टेलिकमले मुगु सदरमुकाम गमगढीसम्म एडिएसएस प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ ।
एकै दिन चार वनमा आगलागी
सोमबार एकै दिन चार वटा वनमा आगलागी भएको छ । गुच्ची च्याउ र घाँस राम्रो उम्रियोस् भनेर अज्ञात व्यक्तिले वनमा आगो लगाएको बताइएको छ ।
स्ववियु निर्वाचनको सन्देश
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमध्ये अधिकांशमा शान्तिपूर्ण रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भइसकेको छ । केही क्याम्पसमा चुनाव जारी छ भने केहीमा एक/दुई दिनमै हुँदै छ
गणतन्त्र रक्षामा संसद् एक हुनु पर्छ
भोलिबाट मित्रराष्ट्र थाइल्यान्डमा मेरो औपचारिक भ्रमण हुँदै छ ।
आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
काठमाडौँ, चैत १९ गते । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।आज राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
ज्येष्ठ नागरिकप्रतिको दायित्व
हरेक वर्ष पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिन्छ ।
अपाङ्गता भएकाको अधिकार रक्षा
नेपालमा भएका विभिन्न आन्दोलनपछि समावेशीकरण र समानताको मुद्दा पेचिलो छ ।
कर्णाली प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य
मुना हमालसुर्खेत, चैत १९ गते । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको हिउँदे तथा पाँचौँ अधिवेशन अन्त्य भएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको हो । प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको पाँचौँ अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाउनु भएको थियो । गत माघ ७ गतेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको थियो । प्रदेश सभा सचिवालयका अनुसार यस अवधिमा प्रदेश सभाका ३१ वटा बैठक बसेका छन् भने जम्मा ३६ घण्टा एक मिनेट २५ सेकेन्ड समय व्यतीत भएको छ । यस अवधिमा प्रदेश सभाले विभिन्न महत्त्वपूर्ण विधेयकहरू पारित गरेको छ । अधिवेशनले लामो समयदेखि नेतृत्व विहीन रहेका अर्थ तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र सामाजिक लेखा समितिको नेतृत्व चयन गरेको छ । सभामुख नन्दा गुरुङले महत्त्वपूर्ण विधेयकहरू पारित गर्नुका गरेको जानकारी दिनुभयो । यस अधिवेशनमा सात वटा विधेयक पारित भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार हिउँदे अधिवेशनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश बिउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट पारित भएका छन् । प्रदेश सभा बैठकमा कर्णाली प्रदेश स्थानीय सेवाको गठन , सञ्चालन र सेवाका सर्त सेवाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल भएर छलफल अघि बढेको छ । यस्तै हिउँदे अधिवेशनमा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नु भएको थियो । माघ फागुन २३ गते प्रधानमन्त्री ओलीले प्रदेश सभाको बैठकमा सम्बोधन गर्नु भएको थियो ।
बढ्दै भाइरल सङ्क्रमण
विगत केही हप्तादेखि भाइरल सङ्क्रमण र ज्वरोको प्रकोप बढेको छ ।
मिथिलाञ्चलमा सोमबारदेखि चैती छठ पर्व सुरु
महोत्तरी, चैत १९ गते । मिथिलाञ्चलसहित तराई–मधेसका जिल्लामा सोमबारदेखि चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइने चैती छठ पर्व सोमबारदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहरू बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धुमधामका साथ मनाइने गरिएको छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पुजारी उपेन्द्र पाठकले बताउनुभयो । उहाँका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्दति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको पण्डित पाठकले जानकारी दिनुभयो । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन सोमबार व्रतीहरूले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीऊ चोख्याउने काम गर्नेछन् ।पर्वको दोस्रो दिन आज खर्ना मनाइन्छ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन ९बिनानुन हालेको० खानेकुरा खाने चलन रहेको पण्डित पाठकले बताउनुभयो ।“षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिँकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हाति, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्ने गर्दछन्”, उहाँले भन्नुभयो ।षष्ठीका दिन व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा रहेको पण्डित पाठकले जानकारी दिनुभयो ।उहाँका अनुसार त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनःछठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातकालीन उदाउँदो सूर्यलाई अर्घ दिइ चैती छठ पर्व सम्पन्न गर्नेछन् ।महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातबासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् ।यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पु¥याउनुपर्छ । चढाउने सामथ्र्य नभएकाहरूले गम्हरी धानको चामलमात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।