सपुतको ‘हेर्दै आँखामा’
गायक तथा अभिनेता प्रकाश सपुतको पहिलो निर्देशकीय चलचित्र ‘वसन्त’ को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक भएको छ । गीतमा अभिनेता सपुत र अभिनेतृ स्वस्तिमा खड्कालाई प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ ।
वसन्तालाई बुटवल लोकताराको उपाधि
लोकसंस्कृतिको संरक्षण तथा कला क्षेत्रमा नवप्रतिभा खोजी गर्ने उद्देश्यले बुटवलमा भएको ‘प्रथम बुटवल लोकतारा’ को उपाधि वसन्ता खनालले जित्नुभएको छ ।
रहस्यमय कथा ‘खेल’
सस्पेन्स थ्रिलर नेपाली चलचित्र ‘खेल’ को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ ।
किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो
झापा, चैत १९ गते । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ ।उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ ।विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताउनुभयो । उहाँका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो छ ।“यसपटक हामीले केही नयाँ ठाउँमा उत्खनन गरेका थियौँ”, पुरातत्वविद् आचार्यले भन्नुभयो, “विगतमा उत्खनन हुँदा फेला परेका प्राचीन संरचनाहरूको संरक्षणमा बढी ध्यान दिएका छौँ ।” उहाँका अनुसार विगतमा यहाँ भएको उत्खननबाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितको भौतिक संरचना भेटिएको थियो । त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्व विभागले संरक्षण गर्दै आएको छ ।दश बिघा क्षेत्रमा फैलिएको किच्चकबध स्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएका कारण प्राचीन महत्वका संरचना तथा वस्तुहरु नष्ट हुने जोखिम छ । विभागले नयाँ संरचनाहरू जथाभावी रूपमा नबनाउन आग्रह गर्दै आएको छ । विगतमा खनजोत गरेर खेतीपातीसमेत गरिएका कारण कतिपय भूसतहका पुरातात्विक महत्त्वका वस्तुहरू नष्ट भएको विभागको आशङ्का छ ।गत वर्ष विभागले एउटा मन्दिर हटाउन लगाएको थियो । सोही मन्दिरमुनि यसपटक उत्खनन गर्दा प्राचीन दरबारको जग भेटिएको छ । यसपटक अझै केही दिन उत्खनन र संरक्षणको कार्य जारी रहने विभागका अधिकृत अधिकारीले जानकारी दिनुभयो ।पुरातत्वविद् आचार्यले किच्चकबध स्थलमा फेला परेका प्राचीन वस्तुहरूको बेलायतमा नमुना लगेर कार्बन टेस्ट गर्दा २२ सय वर्ष पुरानो पुष्टि भएको बताउनुभयो । प्राचीन स्मारकका बारेमा आठौँ चरणसम्मको उत्खननबाट कुनै लिखित सामग्री भने फेला नपरेको उहाँले बताउनुभयो । “यहाँ हामीले भेटाएका सामानहरू २२ सय वर्ष पुरानो बास्तुकला, सभ्यता र संरचनाको प्रमाण भएको पुष्टि भइसक्यो”, उहाँले भन्नुभयो, “सानो कम्पाउन्डसहित सुरक्षा पोस्ट र हात्ती घोडालाई लगाइदिने सामान पनि भेटिएका छन् । यी कुराले यो स्थान प्राचीन धरोहर हो भन्ने प्रमाणित हुन्छ ।”किंवदन्तीअनुसार महाभारतकालीन राजा विराटको ‘किच्चक’ नामका सालो थिए । यहाँ उनको दरबार थियो । पाँच पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले विराटनगरदेखि लखेटेर किच्चकलाई यही दरबारमा ल्याएर बध गरेका थिए । त्यहीकारण यस स्थानलाई किच्चकबध स्थल भनिन थालेको हो ।सरकारले किच्चकबध स्थलको पौराणिक तथा पुरातात्विक महत्व धेरै भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त लगानी गर्न सकेको छैन । थोरै बजेट भएका कारण उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको छ । सरकारले उत्खननका लागि यसपटक रु १० लाख बजेट छुट्याएको विभागका अधिकृत अधिकारीले बताउनुभयो । “बजेट धेरै हुने हो भने एकै वर्षमा धेरै काम हुन्थ्यो”, उहाँले भन्नुभयो, “तैपनि सीमित स्रोतसाधन हुँदाहुँदै दैनिक १३ जनासम्म कामदार लगाएर यसपाली संरक्षणको काम गरिरहेका छौँ ।”किच्चकबधस्थल मानिसको प्राचीन सभ्यता र संस्कृति चिनाउने एउटा ऐतिहासिकस्थल भएकाले यसको प्रचारप्रसार हुनसके ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीय किच्चकबध संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताउनुभयो ।
सूचना तथा सञ्चार प्रविधिलाई उद्योगका रूपमा स्थापित गरिने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना तथा प्रविधिलाई उद्योगका रूपमा स्थापित गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ । त्यसै गरी आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै स्थानीय निकायलाई ‘ब्रोडब्यान्ड कनेक्टिभिटी’ द्वारा जोड्ने उहाँले जानकारी दिनुभयो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, चैत १९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३० पैसा र बिक्रीदर ८५ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०२ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९ रुपैयाँ ८७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस
सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
कतारमा अठार नेपालीलाई आममाफी
कतार सरकारले विभिन्न कसुरमा सजाय पाएका १८ नेपालीलाई आममाफी दिएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार कतार सरकारले रमदान र इदको अवसरमा थुप्रै आप्रवासीलाई आममाफी दिएकोमा १८ जना नेपालीले यो अवसर प्राप्त गरेका हुन् ।
चैते धान रोप्न सुरु
सर्लाहीमा सिँचाइ सुविधा रहेको क्षेत्रका किसानले धमाधम चैते धान रोप्न सुरु गरेका छन् । कुलो तथा नहरको पानी लाग्ने र पम्पसेटबाट पानी आउने क्षेत्रमा चैते धानको रोपाइँ सुरु भएको हो ।
पोखरामा हिमालयन एयरलाइन्सको उडान नियमित हुने अपेक्षा
आन्तरिक उडान र केही चार्टर उडानमा सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार पहिलो व्यावसायिक उडान भएको छ ।
सम्पत्ति शुद्धीकरणबारे प्रतिवेदन गर्ने निकाय बढ्दै
सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि एकाइका रूपमा स्थापित अनुसन्धनात्मक प्रणाली (गोएएमएल) मा आबद्ध अनुसन्धानकारी निकाय र नियामक निकायको सङ्ख्या एक हजार ६३९ पुगेको छ ।
वैदेशिक रोजगारीमा जाने महिला बढे
पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेसँगै महिलाको पनि बढेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पाँच वर्षको तथ्याङ्कले वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बर्सेनि वृद्धि भएको देखाएको हो ।
खानेतेलको मूल्य बढ्यो
पछिल्लो चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपियाँसम्म बढेको छ ।
बुधबारसम्ममा स्ववियु निर्वाचन हुनैपर्ने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का १८ वटा आङ्गिक क्याम्पसमा बुधबारभित्र निर्वाचन गर्न नसके दुई वर्षका लागि स्वतन्त्र विद्यार्थी युनियन खारेज हुने भएको छ ।
संवैधानिक परिषद् विधेयक पारित
प्रतिनिधि सभामा विचाराधीन भएको दुई वर्षपछि संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी विधेयक पारित भएको छ । समितिको प्रतिवेदन सभामा पेस भएको करिब एक वर्षपछि विधेयक पारित भएको हो । समितिको प्रतिवेदन अनुसारै विधेयक पारित भएको छ । पारित विधेयक अब माथिल्लो सभामा जाने छ ।
पाँच वटै विधेयक पारित
सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको पाँच वटा विधेयक राष्ट्रिय सभाले पारित गरेको छ ।
पशुपति दर्शन अभियानमा बलिउड कलाकार
पशुपतिनाथ मन्दिरको दर्शन, प्रचार एवं प्रवर्धन र खेलकुदको विकास लागि बलिउड नायिका एवं मोडल प्रीति झाङ्गियानी र कलाकार, मोडल तथा निर्देशक प्रवीण डबास नेपाल आउनुभएको छ ।
फोनिज पाल्पाको अध्यक्षमा राना
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) पाल्पा शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शाखाको सोमबार तानसेनमा सम्पन्न पाँचौं अधिवेशनले इमान सिं रानाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
स्क्वासको गोलान नेपालमा
विश्व स्क्वास एक प्रतिष्ठित नाम बोर्खा गोलान नेपाल आउनुभएको छ । विश्व स्क्वास वरीयतामा पाँचौँ स्थानमा रहिसकेका बोर्खा गोलान नेपाली खेलाडीलाई प्रशिक्षण दिन नेपाल आउनुभएको हो ।
प्रजनन अधिकारका लागि काम गर्दै गोदावरी नगरपालिका
सुदुरपश्चिम प्रदेश, गोदावरी नगरपालिकाले विपतको समयमा प्रजनन् स्वास्थ्य अधिकारका सेवाबाट कोही बञ्चित नहोस् भन्ने लक्ष्यले विभिन्न संस्थासँगको सहकार्यमा गाउँ–गाउँमा समूह गठन गरी प्रजनन् अधिकारका क्षेत्रमा काम गरिरहेको छ ।
गणतन्त्रको पक्षमा एमालेको जागरण सभा (फोटो फिचर)
नेकपा (एमाले) ले गणतन्त्रको पक्षमा आज जागरण सभा आयोजना गरेको छ । एमालेले आज देशव्यापी रुपमा सो जागरणसभा आयोजना गरेको हो । यसैगरी काठमाडौंको तीनकुने क्षेत्रबाट सोमबार निकालिएको मोटरसाइकल ¥याली भक्तपुरमा गएर समापन भएको थियो ।
पाटन सङ्ग्रहालयको भण्दाक्यबमा मनाइयो विश्व नेवाः दिवस
नेवाः गुथि न्यूयोर्क र सम्पदा संरक्षण महाअभियानले सोमबार पाटन सङ्ग्रहालयको भण्दाक्यबमा विश्व नेवाः दिवस मनाइएको छ ।
खोलाको ढिकमा लटरम्म फलेको खुर्सानी
दाङको दङ्गीशरण –३ स्थित माया खोलाको ढिकमा किसानहरूले रोपेको खुर्सानी लटरम्म फलेको छ । दङ्गीशरण वडा नम्बर ३ हेकुलीकी सुरमानी चौधरीले माया खोलाको ढिकमा रहेको एेलानी जग्गामा लटरम्म खुर्सानी फलाउनुभएको हो ।
गणतन्त्रको पक्षमा एमालेको जागरण सभा
नेकपा (एमाले) ले गणतन्त्रको पक्षमा काठमाडौँको तीनकुने क्षेत्रमा जागरण सभा आयोजना गरेको छ । एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा. भीष्म अधिकारीका अनुसार तीनकुने क्षेत्रको भेलालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुनेछ ।