• २० चैत २०८१, बुधबार

धनकुटामा भरुवा बन्दुकसहित २ जना पक्राउ

blog

कोकिला भण्डारी 

धनकुटा, चैत १९ गते । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ८, सिन्कुलामा उक्त टोलीले २ जनालाई बारुदसहित पक्राउ गरेको हो । प्रहरीले साँगुरीगढी गाउँपालिका ८, सिन्कुलाका ३२ वर्षीय तेज कुमार बिक र ३८ वर्षीय मनभा राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।