खोर्लावेशीमा पाँच करोडको लागतमा बेलीब्रिज निर्माण हुने
उत्तरी गोरखाको धार्चे गाउँपालिका–३, खोर्लावेशीस्थित मिङरुङ खोलामा करिब ५ करोडको लागतमा बेलीब्रिज निर्माण हुने भएको छ ।
बलात्कार आरोपमा दुई पक्राउ
दुई बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले इलामका दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
झुगोलामा निर्माणाधीन पुलको काम ३० प्रतिशत सम्पन्न
बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका बिचमा पर्ने कर्णाली नदीको झुगोलामा निर्माणाधीन पुलको ३० प्रतिशत मात्र काम भएको छ ।
मिथिला बिहारीमा घरदैलो स्वास्थ्य परीक्षण अभियान
सोमबारदेखि सुरु भएको यो अभियान चार दिनसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
नाै वर्षदेखि सुब्बाको भरमा इलाका प्रशासन
रौतहटको मध्य भागमा रहेको इलाका प्रशासन कार्यालय गरुडा विगत ९ वर्षदेखि नायव सुब्बाको भरमा सञ्चालन हुँदै आएको छ ।
भोजपुरमा पनि ‘रेडपान्डा ’ संरक्षण अभियान
भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपान्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । रेडपान्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो ।
सुख्खा नारायणस्थानमा लिफ्टिङ खानेपानी
लिफ्ट आयोजनाअन्तर्गत कालीगण्डकी नदी किनारको मुलमा रिर्जभ ट्याङकी बनाएर ७ सय मिटरमाथि र झण्डै १० किलोमीटरको दुरीमा तीन वटा ट्याङकी निर्माण गरेपछि बागलुङ नगरपालिका १४ नारायणस्थानका एक हजार बढी घरमा खानेपानीको सुविधा पुगेको छ ।
प्रहरीबाट लुटिएको पेस्तोल भेटियो
मकवानपुरको कैलाश गाउँपालिका ६ मा लागुऔषध कारोबारीले लुटेर लगेको प्रहरीको पेस्तोल फेला परेको छ ।
धनुषाको मुखियापट्टीमा दर्ता नभएका विद्यालय बन्द
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका निजी विद्यालयहरू बन्द गरिएको छ ।
सिमकोट शाखाको गोदाममा चार हजार क्विन्टल बढी खाद्यान्न मौज्दात
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाको गोदाममा खाद्यान्न मौज्दात सन्तोशजनक देखिएको छ ।
सरकारले म्यानमारमा सहायता सामग्री पठाउने
नेपाल सरकारले म्यानमारमा हालै गएको भूकम्पका पीडितहरूका लागि खाद्यान्न लगायतका सहायता सामग्री पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सो निर्णय गरेको हो ।
मनाङको ङिस्याङ उपत्यका
मनाङ, चैत १९ गते । मनाङ ङिस्याङ गाउँपालिका ५ सब्जे नजिकै चामे खाङसार सडक छेउमा रहेको नीलो पोखरी र ङिस्याङ उपत्यका । तस्बिरः रासस
२७ देशका राजदूतले अन्तु भ्रमण गर्ने
नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ बढी देशका राजदूत इलामको अन्तु आउने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत अन्तु आउने भएको हो ।
खोकनाको तेल
भाइबहिनीहरू, ललितपुरको खोकना खाने तेलका लागि प्रख्यात छ ।
घाँस पलाउने भन्दै धनकुटाका दर्जनौँ वनमा आगलागी
घाँस पलाउने बहानामा धनकुटाका दर्जनौँ बनमा आगो लगाएको पाइएको छ । आगो निभाउन सुरक्षाकर्मीलाई हम्यहम्य भएको थियो ।
बुझाइयो ध्यानाकर्षणपत्र
समाचार सङ्कलन गर्ने क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारगृहमा आक्रमण गर्नेउपर कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ सप्तरीले प्रधानमन्त्रीलाई ध्या
नेपालगन्जका परिकार
नेपालको पुरानोमध्येको सहर हो नेपालगन्ज । यसलाई नयाँ मुलुक पनि भनिन्छ । भारतमा शासन गरेका अङ्ग्रेजबाट भूमि फिर्ता पाएको हुनाले नेपालगन्जलाई नयाँ मुलुक भनिएको हो । यो सहर अहिले लुम्बिनी प्रदेशको बाँके जिल्लामा छ । नेपालगन्ज परिकारका कारण पनि प्रसिद्ध छ ।
चितवनको ब्रान्ड तास
दसैँतिहार जस्ता चाडपर्वमा रमाइलाका लागि खेलिने तासका बारेमा पक्कै पनि सुन्नुभएकै छ ।
जताततै खानेपानी अभाव
उदयपुरमा यसअघि कहिल्यै नसुकेका पानीका मुहान धमाधम सुक्न थालेपछि गाउँका मानिसलाई मात्र होइन सदरमुकामस्थित गाईघाट बजारका उपभोक्तालाई समेत खानेपानीको अभाव हुन थालेको छ ।
कुटपिट गरी प्रहरीको पेस्तोल लुटियो
राममणि दाहालमकवानपुर चैत १९ गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ मा लागु औषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ । कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जङ्गलमा लागु औषध कारोबारी रहेको सूचना पाएर सोमबार इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहित त्यहाँ गएको प्रहरी टोलीमाथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले अफिम कारोबारीहरू त्यहाँ रहेको सूचना आएपछि गएको प्रहरी टोलीको पेस्तोल लुटिएको जानकारी दिनुभयो । लागु औषध कारोबारीसहितका १०–१५ जनाको समूहले हुल हुज्जत गरी पेस्तोल लुटेर लगेको भन्दै उहाँले पेस्तोल र लुटपाटमा संलग्नहरूको खोजी कार्य भOरहेको बताउनुभयो । हवलदार तामाङ र सहायक हवलदार मग्राती लागु औषध कारोबार भइरहेको सूचना पाएर जङ्गलमा गएकोमा अफिम र मोटरसाइकल छाडेर लागु औषध कारोबारी भागेका थिए । अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा ठुलो समूहमा रहेका स्थानीयले घेरा हालेर प्रहरीलाई कुटपिट गरेका थिए । घटना पाए लगतै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भए पनि हतियार अझै फेला नपरेको जनाएको छ । प्रहरी उपरीक्षक खड्काले घटनामा संलग्न रहेको र पेस्तोल खोजी कार्य भइरहेको बताउनुभयो ।
चार अस्पतालमा हेमोडायलासिस उपकरण
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालसहित चार अस्पतालका लागि ‘हेमोडायलासिस’ उपकरण हस्तान्तरण गरिएको छ । जर्मन रोटरी भोलेन्टियर्स डक्टर्स इभीको सहयोगमा रोटरी क्लब अफ धुलिखेलले धुलिखेल अस्पतालसहित चार वटा अस्पतालका लागि ३६ थान हेमोडायलासिस उपकरण हस्तान्तरण गरेको हो ।
बढ्न थाल्यो डढेलोको जोखिम
पछिल्लो समय वनमा डढेलो लाग्ने क्रम बढेको छ । वनजङ्गलमा रहेका वनजन्य उत्पादनको प्रयोगमा आएको कमीले गर्दा डढेलोको जोखिम दिनानुदिन बढ्दै जान थालेको हो ।
बेलस्वारामा खानेपानीको समस्या
नवलपरासीपूर्व (नवलपुर) को देवचुली–१६ मा पर्ने बेलस्वारा गाउँमा खानेपानीको समस्या भएको स्थानीयको गुनासो छ । गाउँनजिक रहेको धरादीखोलाबाट पानी ल्याइए पनि पर्याप्त नहुँदा खानेपानीको समस्या झेल्दै आएको स्थानीय कुलबहादुर पाटामगरले गुनासो गर्नुभयो ।
अशक्त बालिका बलात्कार गर्ने गुरुङ पक्राउ
गुणबहादुर रोकासुलीकोट, चैत १९ गते । सुस्त मनस्थिति भएकी नवबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका – ८ स्थायी घर भएका ४२ वर्षीय सुचन्द्र गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो । जन्मजात सुस्त मनस्थिति भएकी बालिकालाई चैत १५ गते दिउँसो २ बजेको समयमा जबरजस्ती करणी गरेको आरोपमा पीडितको आफन्तले दिएको जाहेरी दरखास्तको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।