• २० चैत २०८१, बुधबार

बुझाइयो ध्यानाकर्षणपत्र

blog

कल्याणपुर समाचारदाता

कल्याणपुर (सप्तरी), चैत १९ गते । समाचार सङ्कलन गर्ने क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारगृहमा आक्रमण गर्नेउपर कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ सप्तरीले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको छ । महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले सोमबार प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत विभिन्न छबुँदे मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको हो । 

पत्रकारमाथि भएका घटनाप्रति नेपाल पत्रकार महासङ्घ गम्भीर रहेको भन्दै ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चार माध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन पनि माग गरिएको छ । त्यसै गरी क्षति पु-याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउनसमेत सरकारसँग माग गरिएको छ । 

विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चार माध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन ध्यानाकर्षणपत्रमा भनिएको छ । ध्यानाकर्षणपत्रमा भनिएको छ, “एक साताभित्रै माग सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न नेपाल सरकारसमक्ष आग्रह गरिन्छ । अन्यथा महासङ्घ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण गराइन्छ ।” 

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले आफूले प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षणपत्र पठाउने प्रतिबद्धता जनाउनुभयो । एभिन्युज टेलिभिजनमा फोटो पत्रकारका रूपमा कार्यरत रजकलाई समाचार सङ्कलनका क्रममा आन्दोलनकारीले शुक्रबार काठमाडौँको तीनकुनेस्थित एक घरमा ढोका थुनेर बाहिरबाट आगो लगाई जिउँदै जलाएर मारेपछि त्यसको विरोधमा पत्रकार महासङ्घले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ । यसै क्रममा मङ्गलबार बुद्धिजीवी तथा पेसाकर्मी सङ्घसंस्थासँग अन्तर्वि्रmया कार्यक्रम गरिने नेपाल पत्रकार महासङ्घ सप्तरीले जनाएको छ । जनकपुरधाम समाचारदाता अनुसार नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले पनि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । शाखाका अध्यक्ष पुरन गुप्तासहितको टोलीले प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई सो पत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा पत्रकारका परिवारलाई क्षतिपूर्ति दिन, मृतक पत्रकारको परिवारलाई रोजगारी र सन्तानको शिक्षाको प्रबन्ध मिलाउन माग गरेको छ । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कडरियाले पत्रकारको सुरक्षालाई गम्भीरतासाथ लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पत्रकार महासङ्घ धनुषाले पछिल्लो समय पत्रकार तथा सञ्चारगृहमाथि भएका आव्रmमणको भत्र्सना गर्दै यस्ता घटना दोहोरिन नदिन राज्य जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ । सात दिनभित्र माग सम्बोधन नभए सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासङ्घले जनाएको छ । त्यसै गरी पत्रकार महासङ्घ मधेश प्रदेश कमिटीले प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहसमक्ष पनि ध्यानाकर्षणपत्र बुझाएको छ । सर्लाही समाचारदाताका अनुसार पत्रकारको हत्या, सञ्चारगृह र सञ्चारकर्मीमाथि भएको आक्रमणको विरोधमा सोमबार नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको अगुवाइमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । देशव्यापी आन्दोलनका कार्यव्रmम अन्तर्गत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले जानकारी दिनुभयो । शुक्रबारको घटनापछि नेपाल पत्रकार महासङ्घले तय गरेको आन्दोलनको कार्यव्रmम अन्तर्गत सर्लाहीका पत्रकारले शुव्रmबार सदरमुकाम मलङ्गवामा विरोध -याली र शनिबार आआफ्ना कार्यकक्षमा कालोपट्टी बाँधेर काम गरेका थिए ।