चौरासी पूजामा कृति विमोचन
वाङ्मय प्रज्ञा–प्रतिष्ठान, पाल्पाका अध्यक्ष गोपालप्रसाद बस्यालले आफ्ना पिता गुणाखर आमा यमकला बस्यालको चौरासी पूजाका दिन अङ्ग्रेजी भाषामा लेखिएका कविताको सङ्गालो ‘द जर्नी एन्ड अदर पोएम्स्’ सार्वजनिक गर्नुभएको छ ।
बर्तौलाको ‘उज्यालोका बाछिटा’
मकवानपुरे साहित्यकार डिबी बर्तौलाको मुक्तकसङ्ग्र्रह ‘उज्यालोका बाछिटा’ को विमोचन गरिएको छ ।
धान उत्पादन घट्यो
दाना लाग्ने समयमा धानको बालामा मरुवा रोगले आक्रमण गर्दा उत्पादन खस्कने भएको छ ।
‘निजी क्षेत्रका मुद्दामा गम्भीर छौँ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रले उठाएका सबै मुद्दामा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
हिमाली केसरको तराईमै उत्पादन
दाङमा बहुमूल्य वनस्पति केसरको व्यावसायिक उत्पादन थालिएको छ । करिब २४ लाख रुपियाँको लगानीमा ‘इन्डोर फार्मिङ’ गरेर दुर्लभ र बहुमूल्य जडीबुटी केसरको व्यावसायिक उत्पादन थालिएको हो ।
झिलीमिली बत्तीको बिक्री घट्यो
तिहारमा प्रयोग हुने विद्युतीय झिलीमिली बत्तीको आयात घटेको छ व्यवसायीले तिहारलक्षित २० करोड रुपियाँ बराबरको झिलीमिली बत्ती आयात गरेका छन् ।
अब ‘भर्चुअल’ बाटै अपराध अनुसन्धान
नेपाल प्रहरीले गर्ने अपराध अनुसन्धान र अभियोजन प्रक्रियामा अबदेखि भर्चुअल विधिको प्रयोग गरिने भएको छ ।
गौशाला धर्मशालाको सुनुवाइ स्थगित
पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको पशुपति गौशाला धर्मशालाका सन्दर्भमा मारवाडी सेवा समितिले पाटन उच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ ।
‘ब्लड ब्याग खरिदमा समेत अनियमितता’
आन्तरिक विवादमा फसेको परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटी नीतिगत र आर्थिक अनियमिततामा पनि जेलिएको पाइएको छ ।
आज धन्वन्तरी जयन्ती
मङ्गलबार धन्वन्तरी जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाउने चलन छ ।
यस पटक नेपाली सयपत्री मात्र
तिहारमा अत्यावश्यक मानिने सयपत्री फूल यस पटक भारतबाट आयात नहुने भएको छ । अवैध रूपमा भित्रिने सयपत्री फूल रोक्न सरकारले निकै कडाइ गरेको छ ।
थाइल्यान्डमा हवाई यात्राका लागि ‘बायोमेट्रिक प्रणाली’ सुरु
यात्रुहरुलाई थप प्रभावकारी र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले थाइल्यान्डले आफ्ना छ
नहर विवाद समाधान गर्न सम्वादमा आउन आग्रह
खुटी नहर सञ्चालन गरेर लहानको १० वटा वडाका ९३५ विघा खेतमा पानी लैजाने मागसहित किसानले लहानमा प्रदर्शन गरेपछि लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले आन्दोलित पक्षसँग सम्वादबाट समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ ।
‘नेता र कार्यकर्ताबिचको सम्बन्धलाई सबल बनाउनुपर्छ’
नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री छबिलाल विश्वकर्माले जनप्रतिनिधि र पार्टीका नेता–कार्यकर्ताबिचको सम्बन्धलाई अझ सबल बनाउनुपर्ने बताउनुभएको छ । एमाले सिद्धार्थनगर नगर कमिटीको दोस्रो नगर अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता विश्वकर्माले सो कुरा बताउनुभएको हो ।
एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न आदेश
सर्वोच्च अदालतलले नेकपा (एमाले) ले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लिई हक हस्तान्तरणलगायत काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
जुवातास खेल्ने ३२ जना कर्यापझ्याप
तिहार नजिकिँदै गर्दा जुवा तासको खालबाट प्रहरीले ३२ जना तासजुवा खेलाडीलाई पक्राउ गरेको छ ।
सल्यानमा मिनी ट्रक दुर्घटना : तीनको मृत्यु, आठ जना घाइते
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
महिला फुटबलरको उपचार गर्नेछौँ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनशिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ ।
पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिनुभएको छ ।
सल्यानमा मिनी ट्रक दुर्घटना : ११ जना घाइते
कपुरकोट गाउँपालिका–६ सिनवाङ दुवेदेबाट धान र पराल बोकेर सोही ठाउँको छापनेटातर्फ जाँदै गरेको रा १ ख २४०२ मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका हुन ।
'एयर इण्डिया'को विमानमा बम राखिएको हल्ला मात्रै
पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एक साताको अवधिमै नेपालमा दुई पटक यस्तो अफवाह फैलाइएको छ ।
सावित्रा साफमा सर्वाधिक गोल गर्ने खेलाडी
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सुपर स्टार सावित्रा भण्डारी ‘साम्बा’ ले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गर्नुभएको छ ।
टिकापुरमा ३८ वर्षपछि विमान उडान
कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका-१ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ ।
भाइटीकाको साइत ११:३७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।