संसदीय समितिको बैठकमा धारण राख्नुहुँदै प्रमुख आयुक्त राई
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सोमबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक छलफलमा धारणा राख्दै ।
छठ पर्वका लागि बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ
छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ । छठमा बाँसका डोको, डालोलगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय व्यस्त छन् ।
दीपावली पर्वः उल्लासमय मिथिलाञ्चल क्षेत्र
दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यसलगत्तै आउने छठ पर्वको तयारीले मधेसको महोत्तरीसहित मिथिलाञ्चल क्षेत्र अहिले पर्वमय बनेको हो ।
नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रम विस्तार गरिँदै
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको छ । गत वर्ष आलु प्रवर्द्धन कार्यक्रम राम्रो भएपछि यस वर्ष आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको हो । आलु प्रवर्द्धन कार्यक्रमले जिल्लामा आलुखेती गर्ने क्षेत्रफल पनि विस्तार गर्न लागिएको छ ।
‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति
धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उहाँले बताउनुभयो ।
पुलमा झुन्डिएर सुनकोशी वारपार गर्नुपर्ने बाध्यता
सुनकोशीमा आएको बाढीले क्षतिग्रस्त बनेको झोलुङ्गे पुल मर्मत नहुँदा खोटाङको डिकुवाका स्थानीय पुलमा झुन्डिएर नदी वारपार गर्न बाध्य भएका छन् । गत असोज १२ गते सुनकोशीमा आएको बाढीले पुल बगाएपछि अहिले डिकुवाका नागरिक ज्यानको बाजी राखेर नदी वारपार गर्नु परेको हो ।
पाल्पामा सयपत्री फूलको माग उच्च
ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ ।
कोरोनाले स्वरूप फेर्न थालेपछि खोप अभियान सुरु
कोरोना भाइरस (कोभिड–१९) ले आनुवांशिक स्वरूप परिवर्तन गरेर फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयको नीति अनुसार बैतडीमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।
शिक्षकको आन्दोलनले सात हजार बढी विद्यार्थी प्रभावित
हुनमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै यहाँका विद्यालय बन्द गरी आन्दोलित भएपछि शिक्षण कार्य प्रभावित भएको छ ।
गाउँबस्तीमा लोप हुँदैै दमाहा बाजा
चाडपर्व र विभिन्न सामाजिक क्रियाकलापमा बज्ने गरेका दमाहा बाजा बाजुराका गाउँबस्तीबाट लोप हुन थालेका छन् ।
राष्ट्रिय सुरक्षामा दृढ
कुनै पनि समाजको प्रगतिको पहिलो आधार अनुशासन नै हो ।
महिला नेतृत्वको बढोत्तरी
सन् २०२४ नोभेम्बरमा अमेरिकाका लागि राष्ट्रपतिको निर्वाचन हुँदै छ ।
खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना
लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको छ ।
लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ
रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।
पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
तिहार (यमपञ्चक) सुरु
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।
दुई शताब्दीको समाजवादबारे बहस
युरोपभर चर्चामा रहेको कम्युनिस्टको भूतले पुँजीपति वर्गलाई तर्साएको र कम्युनिस्ट सिद्धान्त संसारमा अस्वीकार गर्नै नसक्ने गरी स्थापित भइसकेको थियो । सम्पूर्ण मानव समाजको आजसम्मको इतिहास वर्गसङ्घर्षको हो ।
एउटै नदीमा पाँच जलविद्युत् आयोजना
जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन् ।
नयाँ वाणिज्य नीति ! आर्थिक पुनरुत्थानको मार्ग
समकालीन अन्तरआबद्धित वैश्विक अर्थतन्त्रमा अधिकांश देश बढ्दो व्यापार असन्तुलनबारे चिन्तित छन् ।
वागलुङका मह बाजेको कमाई १२ लाख
जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ व्र्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । मौरीपालनबाट उहाँले वार्षिक रु १२ देखि रु १५ लाखसम्म आम्दनी गरिरहनुभएको छ ।
मृतकको सङ्ख्या चार पुग्यो, घाइते ७ जनाको उपचार हुँदै
यहाँ भएको मिनी ट्रक दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । कपुर कोटको सिनबाङमा सोमबार भएको ट्रक दुर्घटनाका घाइते चालक २६ वर्षीय मान बहादुर भण्डारीको पनि मृत्यु भएको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
सङ्गिनी नाच ब्युँताउँदै महिला समूह
गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच नभएको समयमा बालन र सङ्गिनीको हाई हाई थियो ।
पाटन प्रिमियर लिगः पञ्चेश्वर अन्तिम चारमा सुरक्षित
यहाँको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्सका खेल सम्पन्न भएका छन् । सुपर सिक्सका खेलबाट चार समूह सेमिफाइनलमा प्रवेश गरेका छन् ।