सुरक्षा परिषदमा मध्यपूर्व द्वन्द्वको समीक्षा
प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरेको छ ।
फल्स बटममा चाँदीको मूर्ति लुकाई ल्याउने पक्राउ
मकवानपुर प्रहरीले अवैध चाँदीसहित एक जना भारतीय नागरिकलाई हेटौँडाबाट पक्राउ गरेको छ ।
लिभरपुल र आर्सनलको बराबरीले सिटीलाई फाइदा
इङ्लिस प्रिमियर लिगको उपाधि दाबेदार टोली लिभरपुल र आर्सनलले बराबरी खेलेपछि शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ ।
तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने
यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो ।
औद्योगिक क्षेत्रको आधुनिकीकरणमा ‘एआई’ प्रविधि अपरिहार्य
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य बनेको बताउनुभएको छ ।
बर्सेनि पाँच लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक : श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बर्सेनि पाँच लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजगारीको बाध्यता कायम रहने बताउनुभएको छ ।
सङ्घीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमान्दार हुनुहोस् : सभापति पुन
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सङ्घीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा सङ्घीयताको औचित्यमाथि प्रश्न उठ्न थालेको बताउनुभएको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ गरेको छ ।
अशक्तको घरमै पुगेर नागरिकता प्रदान
जिल्ला प्रशासन कार्यालय, गुल्मीले अशक्तको घरमै पुगेर नागरिकता दिएको छ । सोमबार मदाने गाउँपालिका –४ निवासी ‘क’ वर्गका अपाङ्ग नारायण सेन ओलीलाई नागरिकता प्रदान गरेको हो ।
नेप्से परिसूचक २७ अङ्कले बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ ।
प्रदेश कार्यालयको सेवा प्रभावकारी नभएको गुनासो
प्रदेश सरकारले धनकुटाबाट सञ्चालन गरेका सेवा कार्यालयबाट प्रभावकारी काम नभएको सरोकारवालाहरूले बताएका छन् ।
बङ्गलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब
गत अगस्टमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाब परेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन् ।
बालिकामाथि जबरजस्ती करणीको प्रयास
जिल्लामा बालिकामाथि जबरजस्ती करणीको प्रयास भएको छ । जबरजस्ती करणी प्रयास गर्ने जिल्लाको सान्नीत्रिवेणी–२ का रमेश तिरुवाविरुद्ध जिल्ला प्रहरीमा उजुरी परेपछि घटना बाहिर आएको हो ।
प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घका सुझाव हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल समेटेर ४० पृष्ठ अवधारणापत्र बुझाएको छ ।
इजिप्टद्वारा गाजामा दुईदिने युद्धविरामको प्रस्ताव
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले इजरायल र हमासबिच एक वर्षभन्दा लामो युद्धपछि ‘पूर्ण युद्धविराम’ हासिल गर्ने उद्देश्यले गाजामा दुई दिने युद्धविराम र बन्धक आदानप्रदानको प्रस्ताव गर्नुभएको छ ।
सयपत्री फूल उत्पादनबाट वार्षिक सात लाखसम्म आम्दानी
केही वर्ष पहिलेसम्म तिहार र दीपावलीका लागि भारतबाट फूल आयात गर्नुपरेकोमा हाल आएर जिल्लामै पुष्प उत्पादनमा वृद्धि हुँदै गएपछि अहिले स्वदेशी फूलले बजार ओगटेको छ ।
व्यावसायिक फूल खेतीमा जुट्दै युवा
नवलपुरमा व्यावसायिक फूल खेतीमा यहाँका युवाहरू जुटेका छन् । विगत पाँच वर्षदेखि स्थानीयस्तरमा सयपत्री फूलको व्यावसायिक रूपमा खेती गर्न युवा लागि परेका हुन् ।
सिद्धार्थ राजमार्ग मर्मत हुँदै
सडक डिभिजन कार्यालय पोखराले आफ्नै जनशक्तिको प्रयोग गरेर सिद्धार्थ राजमार्ग मर्मत गरेको छ । स्याङ्जाको फेदिखोला–१ कुभिण्डेदेखि भीरकोट–१ बयघारी सम्म मर्मत गर्ने लक्ष्य अनुरूप यहाँको ३३ किमी भित्रको सडक मर्मत गरेको हो ।
वडाध्यक्षविरुद्ध ८० हजारको भ्रष्टाचार मुद्दा
झापाको बुद्धशान्ति गाउँपालिका–२ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध ८० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाल एयरलाइन्सको टीकापुरमा परीक्षण उडान
टीकापुर हवाइमैदानको पुनः परीक्षण गरिएको छ । परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीम आएको छ ।
सडकमै स्वास्थ्य परीक्षण : चालकमा उच्च रक्तचाप तथा आँखाको समस्या
बर्दिबासको बाटो भएर लामो दूरीमा सञ्चालित यात्रु बसका २७ जना चालकमा स्वास्थ्य समस्या देखिएको छ । परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले उहाँहरूमा उच्च रक्तचाप तथा आँखाको समस्या रहेको बताउनुभएको छ ।
आन्तरिक पर्यटकको रोजाइँमा रेसुङ्गा पार्क
दसैँ–तिहारको बिदाको समयमा रेसुङ्गा पार्क घुम्न जानेको सङ्ख्यामा वृद्धि भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङगाको गर्जुरामा निर्माण भएको पार्कमा बिदाको समयमा बालबालिकासहित घुम्न जानेहरुको प्रमुख स्थल बन्ने गरेको छ ।
खेलकुदमय बन्दै ताप्लेजुङ
चाडपर्वको समयसँगै अहिले ताप्लेजुङ खेलकुदमय बनेको छ । खेलाडीको उत्पादन तथा विकास गर्ने उद्देश्य र खेलकुद गतिविधिलाई मनोरञ्जनका रूपमा हेर्ने गरिएकाले चाडपर्वको समय खेलकुदमय हुन थालेको हो ।
कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनको तयारी
चीनसँग सीमाना जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाभित्र पर्ने कोरला नाकाको दशगजा नजिक अध्यागमन कार्यालय स्थापना गरी संचालनको तयारी गरिएको हो ।