सभापति देउवाले बोलाउनुभयो नवनिर्वाचित सांसदको भेला
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरूलाई आमन्त्रण गर्नुभएको छ ।
नेपाल र भारतका सेनाको संयुक्त अभ्यास
नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ । ‘सूर्यकिरण’ नाम दिएको सो सैनिक अभ्यास शुक्रबारबाट रुपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल विद्यालयमा सुरु भएको नेपाली सेनाले जनाएको छ । ‘सूर्यकिरण’को १६औँ संस्करणका रूपमा सुरु भएको उक्त सैनिक अभ्यासको मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति यामप्रसाद ढकालले शुभारम्भ गर्नुभयो । यसअघि १५औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।
प्रहरीमा ३० वर्षे हटाउन अर्थको सहमति
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ। गृह मन्त्रालयले प्रहरीको सेवा अवधिसम्बन्धी प्रस्ताव तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थको सहमतिपछि गृह मन्त्रालयले कानुन मन्त्रालयमा प्रस्ताव पेस गर्ने तयारी गरेको छ। गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले प्रहरीको सेवा अवधिबारे तयार प्रस्तावमा अर्थ मन्त्रालयबाट सहमति आएको जानकारी दिनुभयो। अर्थ मन्त्रालयले एक वर्षपछि मात्र लागू हुने गरी सहमति जनाएको स्रोतले जनाएको छ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण प्रहरीका उच्च अधिकारीसहित जवानसम्मको छिटो–छिटो अवकाश हुने र अधिकांश पद रिक्त भइरहने गरेपछि ३० वर्षे सेवा अवधिको हद हटाउन लागिएको हो।
समानुपातिकलाई प्रमाणपत्र ३ गते वितरण हुने
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई निर्वाचन आयोग परिसरमै पुस ३ गते प्रमाणपत्र वितरण हुने भएको छ। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० गरी समानुपातिक निर्वाचन प्रणालीबाट ३३० जना निर्वाचित भएका छन्।
जोखिमपूर्ण श्रममा बालबालिका
दक्षिण एसियाली राष्ट्रबाट बालश्रम अन्त्यका लागि सामूहिक पहल तथा कार्ययोजना तयार गर्न दुईदिने सम्मेलन सुरु भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सम्मेलनको उद्घाटनका क्रममा बालश्रमको अन्त्यका लागि ठोस निर्णयसहितको कार्ययोजना बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले दक्षिण एसियाली मुलुकसहित विश्वका बालबालिका विविध कारणले जोखिमपूर्ण श्रममा संलग्न रहेको बताउनुभयो।
पचासी प्रतिशत सवारीमा प्रदूषण समस्या
काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले नियमित अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन शुक्रबारदेखि सुरु गरिएको छ ।
सातै प्रदेशमा बन्दै अनुसन्धान केन्द्र
विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पु-याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो ।
गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रले उद्योगीलाई जग्गा लिजमा दिने
सप्तरीको रुपनी –१ मा रहेको मधेश प्रदेशको एक मात्र गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रले नयाँ उद्योग शुरु गर्ने उद्योगीहरुलाई लिजमा जग्गा दिने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालय बालाजुले निकालिएको २१ दिने सूचनाअनुसार मङ्सिर २८ देखि पुस २० गतेसम्म दरखास्त आह्वान खोलिएको छ ।
अपाङ्गता भएकाहरुलाई सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सामग्री वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सो सामग्री वितरण गरिएको हो ।
विद्यार्थीले निर्माण गरेका विज्ञान प्रविधिका सामग्री प्रदर्शन
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा विद्यार्थीबाट निर्माण गरिएका शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । प्याव्सन कपिलवस्तुले आयोजना गरिएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विज्ञान तथा प्रविधिका सामग्री प्रदर्शन गरिएको हो । कार्यक्रममा हस्तलेखन र महिला हिंसाको विषयमा वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ ।
विदेश पुग्छ टोखाको चाकु
माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।
सञ्चारमाध्यमले सरकारको स्तुतिगान मात्रै गाउनु हुँदैन : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गर्नुभएको छ।
धनकुटामा प्रदेश स्तरीय व्यापार मेला हुने
धनकुटामा माघ पहिलो सातादेखि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुनेभएको छ । धनकुटामा भएको लघु घरेलु तथा कृषिजन्य उत्पादनको प्रबर्धन गर्ने उद्देश्यले आगामी माघ ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघरमा धर्ना
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीसहित टीकापुर घटनामा आरोपीहरुलाई रिहाईको माग गर्दै माइतीघरमा धर्ना जारी छ । नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता तथा थारु कल्याणकारिणी सभा (थाकस) ले संयुक्तरुपमा धर्ना जारी राखेका छन् ।
गुराँस –८ बालमैत्री वडा घोषणा
जिल्लाको गुराँस गाउँपालिका –८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बिहीबार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
सुर्खेत विमानस्थलमा एटिआर–७२ जहाजबाट उडान सुरु
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा एटिआर–७२ जहाजबाट आज (शुक्रबार)देखि नियमित उडान सुरु भएको छ ।
लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै
हिउँदे वर्षा नभएपछि दार्चुलामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । हिउँदे बाली लगाउने समयदेखिनै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको छ ।
चिसो र यसबाट लाग्ने दीर्घरोगबाट बच्ने यस्ता छन् उपाय
जाडो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् । जाडोमा ब्याक्टेरिया र भाइरस सक्रिय हुने हुँदा विभिन्न स्वास्थ्य समस्या देखिने हुनाले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाइ छ । चिकित्सका अनुसार जाडोमा मौसम परिवर्तनसँगै इन्फ्ल्युन्जाका र भाइरसका किटाणु सक्रिय हुन्छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जाडो मौसममा सरुवा रोगमा श्वासप्रश्वास र पेट सम्बन्धी समस्या बढी देखिने बताउनुभयो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य
विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो ।
झापामा दुई लाख पाँच हजारको अवैध सामान बरामद
झापाको मेचीनगर–५ काली मन्दिर छेउमा इलाका प्रहरीका कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लादै गरेको उक्त मूल्य पर्ने नेपाली ढाकाको झोला चार बोरा र पोते फेला पारेको हो ।
जनप्रतिनिधिलाई महासङ्घकाे सम्मान
नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शाखाले आफ्नो १० औं साधारणसभाको अवसरमा महासङ्घको साधारण सदस्य भई स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
दि राइजिङ नेपालकाे ५७ औं वार्षिकोत्सव
गोरखापत्र संस्थानको दोस्रो दैनिक प्रकाशन अङ्ग्रेजी भाषाको ‘द राइजिङ नेपाल’ को ५७ औं वार्षिकोत्सव एक समारोहका बीच सुरु भएको छ ।
तराई–मधेशमा बढ्यो चिसो
सर्लाहीसहित तराईका जिल्लाहरुमा चिसो बढेको छ । बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छोडेपछि तराईमा चिसो बढेको हो ।
नाम्खा गाउँपालिकाले सम्पर्क कार्यालय केन्द्रमै सार्यो
उत्तरी नाम्खा गाउँपालिकाले सदरमुुकाम सिमकोटमा सञ्चालन गर्दै आएको सम्पर्क कार्यालयलाई गाउँपालिका केन्द्रमा सारेको छ ।