• १५ मंसिर २०८१, शनिबार

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रले उद्योगीलाई जग्गा लिजमा दिने

blog

ललिता साह 

बोदेबसाईन (सप्तरी) पुस १ गते । सप्तरीको रुपनी –१ मा रहेको मधेश प्रदेशको एक मात्र गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रले नयाँ उद्योग शुरु गर्ने उद्योगीहरुलाई लिजमा जग्गा दिने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालय बालाजुले निकालेको २१ दिने सूचनाअनुसार मङ्सिर २८ देखि पुस २० गतेसम्म दरखास्त आह्वान खोलिएको छ । 

प्रतिरोपनी जग्गाको न्यूनतम कबोल मुल्य १५ हजार हुनेछ । उत्पादन र रोजगारमुलक उधोगलाई प्रोत्साहन दिइने लगायतको पक्षमा टेण्डर मुल्याङकनको अंकलाई विभाजन गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालय बालाजुका कर्मचारी सञ्जय थापाले जानकारी दिनुभयो ।

जग्गा लिजको समय औद्योगिक क्षेत्रभित्र नयाँ उद्योगी भित्र्याउन १६ वटा नयाँ प्लट टेण्डर आह्वान गरी लिजको लागि टेण्डर खुल्ला गरिएको हो । तीन सय उद्योगको क्षमता रहेको औद्योगिक क्षेत्रभित्र नयाँ उद्योग सञ्चालन गर्ने उद्देश्यले विगत दुई वर्षदेखि खाली जग्गा प्लटिङको काम भइरहेको  औधोगिक व्यवस्थापन कार्यालयका प्रमुख केशव पराजुलीले बताउनुभयो ।

अहिले आर्थिक मन्दी, बढ्दो व्यापार घाटा, नेपाल राष्ट्र बैंकको नयाँ निर्देशिकाअनुसार बैंकले गर्ने कर्जा लगानीमा आधाले कटौती भएको छ । यस्ता विभिन्न कारणले यहाँ औद्योगिक क्षेत्र भए पनि अपेक्षाकृत उधोग नरहेको अवस्थामा सरकारी करवापत न्युन रकममा औद्योगिक क्षेत्रभित्र जग्गा उपलब्ध गराउने गरी थालिएको प्रक्रिया सराहनीय रहेको उधोग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालले बताउनुभयो ।

खानेपानी, ढल निकास, कच्चापदार्थ ओसारपसारको भन्सार बाटो छैन । बजारमूल्यको अभाव छ । जसका कारण ठूला लगानीकर्ताको आकर्षण कम रहेको उहाँको भनाइ छ । समयमा सेड वहाल, विद्युत विल नतिर्ने लगायतको समस्या रहेको व्यवस्थापन कार्यालयका लेखा अधिकृत केदार ढकालले बताउनुभयो ।

औधोगिक क्षेत्रभित्र हाल मिलन डेरी, कोशी पोलिमर्श, अनु फूड, नेपलीज टि एण्ड कफी तथा झोल मल उत्पादन लगायत आधा दर्जन उधोग सञ्चालनमा रहेको औधोगिक व्यवस्थापन कार्यालयका प्राविधिक इन्जिनियर पुरुषोत्तम ठाकुरले बताउनुभयो ।