कालीगण्डकीको शिला जानकीलाई
सरकारले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद्को पुस ३ गते बसेको बैठकले सो निर्णय गरेको हो। मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको जानकारी दिनुभयो। खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश पनि बैठकले स्वीकृत गरेको छ।
भैरहवा विमानस्थलमा पर्यटक आगमन न्यून
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो सात महिनामा जम्माजम्मी ८१ जना विदेशी पर्यटकले ओहोरदोहोर गरेका छन् । गत जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको सो विमानस्थलबाट ४५ जना विदेशी पर्यटक भित्रिएका छन् भने ३६ जना बाहिरिएका हुन् ।
प्रचण्ड र नेपाल वर्तमान गठबन्धनकै पक्षमा
सरकार गठनका लागि दलहरूबीच विभिन्न प्रयास भइरहँदा सत्ता गठबन्धनमा रहेका दुई दलका अध्यक्ष भने अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा देखिनुभएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल वर्तमान गठबन्धनकै निरन्तरताको पक्षमा देखिनुभएको हो।
‘गोरखापत्रका सामग्री खोजेर पढ्नेखालका भएका छन्’
नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पछिल्लो समयमा गोरखापत्रका समाचार सामग्रीमा परिवर्तन आएर पठनीय भएको बताउनुभएको छ ।
दोलखाको बिगुमा भिरबाट लडेर एक पुरुष बेपत्ता
दोलखाको बिगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता हुनुभएको छ । बिगु गाउँपालिका –१ लामाबगरमा सडक निर्माणमा खटिएका पुरुष भिरबाट लडेर बेपत्ता हुनुभएको हो ।
पुस १५ देखि तीन दिन बुटवलमा सडक खाना महोत्सव हुने
बुटवलमा सडक खाना महोत्सव हुनेभएको छ । पुस १५, १६ र १७ गते बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुनेभएको हो ।
बाढी प्रभावितलाई राहत वितरण
गत असोजमा परेको पानीवाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । लगातार पाँच दिनसम्म परेको पानीका कारण आएको बाढी र पहिरोमा परेर ज्यान गुमाएका, घर क्षति भएका परिवारलाई गैरसरकारी संस्था किर्डाक नेपालले राहत वितरण गरेको हो ।
झापाको जङ्गलमा महिला र पुरुषको शव फेला
झापाको मेचीनगरपालिकास्थित चारआली जङ्गलमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । सोमबार अपराह्न महिला र पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बाँदरको आक्रमणबाट महिला घाइते
भान्सा कोठामा खाना पकाइरहेका बेला खाना खोस्न आएका बाँदरले आक्रमण गर्दा बैतडीमा एक महिला घाइते हुनुभएको छ । घाइते महिलाको टाउकोमा छ वटा टाँका लगाइको छ ।
धनकुटे नरिवल बिस्कुट पाहुनाको कोसेली बन्दै
धनकुटामा बन्ने नरिवल बिस्कुटको बारेमा थाहा पाएको जोकोही धनकुटा पुगेर फर्कँदा हातमा धनकुटे नरिवल बिस्कुट काेसेली लिएर फर्कने गरेको छन् ।
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुईको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर दुई जना मुसहर प्रतिनिधिको मृत्यु भएको छ । हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका –६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।
संसदीय दलको नेतामा अध्यक्ष नेपाल सर्वसम्मत चयन
नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुनुभएको छ । सोमबार केन्द्रीय कार्यालयमा बसेको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनभित्रै : प्रमुख निर्वाचन आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन महिनाभित्र हुने जानकारी दिनुभएको छ ।
नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ मा
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते बिहीबार गर्ने भएको छ ।
राष्ट्रपति भण्डारी जलपान समारोहमा सरिक
राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक हुनुभयो ।
वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ ।
अव्यवस्थित सहरीकरणले मौलिकतामा आघात: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक साैन्दर्यता र मौलिकतासहित व्यवस्थित सहरीकरणमा जोड दिनुभएको छ ।
फोहोर छुट्याएर सङ्कलन गर्दै चन्द्रागिरि
कुहिने र नकुहिने फोहोर गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहोरलाई छ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको छ ।
रास्वपा संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन हुनुभएको छ । रास्वपाको सोमबार बिहान बसेको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
संसद् बैठकको तयारी तीव्र
प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेस भएसँगै सङ्घीय संसद् सचिवालयले अधिवेशनको तयारीलाई तीव्रता दिएको छ । निर्वाचन परिणाम बुझाएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मङ्सिर २९ गते अन्तिम परिणाम बुझाएपछि सचिवालयले तयारीलाई तीव्रता दिएको हो ।
पूर्वस्वीकृतिबिना बिदा नबस्न परिपत्र
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई पूर्वस्वीकृतिबिना बिदा नबस्न परिपत्र गरेको छ। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई कार्यालय समयमा कार्यालयमा भेट्न सकिँदैन। मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिले पूर्वस्वीकृतिबिना बिदा बस्ने गरेकाले कार्यालय समयमा कर्मचारी भेटिन छाडेका कारण सो परिपत्र गरेको हो।
निगमको भैरहवा उडान अनिश्चित
नेपाल वायुसेवा निगमले तत्काल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नगर्ने भएको छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार सोमबारदेखि काठमाडौँ–दोहा–भैरहवा–काठमाडौँ सातामा दुई दिन र काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ साताको एक दिन उडान तालिका स्वीकृत गरेको थियो। तर निगम सञ्चालक समितिको बोर्ड बैठक बस्न नसक्दा र सम्बन्धित गन्तव्यमा उडान गर्नका लागि ओभरफ्लाइङको अनुमति नपाउँदा उक्त गन्तव्यमा कहिलेदेखि उडान हुन्छ भन्नेबारे टुङ्गो लाग्न सकेको छैन।
पहिचानका लागि स्तम्भ ठड्याउने होड
पर्यटक आकर्षित गर्न स्थानको विशेषता झल्काउने गरी स्तम्भ निर्माण गर्ने प्रचलन झाँगिँदै गएको छ । त्यस्ता स्तम्भ देख्नासाथ जोकोहीले पनि सो स्थान तरकारी वा फलफूलका पकेट क्षेत्र रहेको सहजै थाहा पाउँछन् । यस्ता स्तम्भसामु उभिएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा राख्ने उत्तिकै फेला पर्छन् । स्वादिलो सुन्तला उत्पादनका लागि नामुद शहीदभूमि गाउँपालिकामा सुन्तलाको स्तम्भ निर्माण गरिएको छ । गाउँपालिकाले करिब १९ लाख रुपियाँ खर्च गरेर पिप्लेडाँडामा स्तम्भ निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष मनोज राईले भन्नुभयो, “सुन्तला उत्पादनका लागि यो क्षेत्र प्रख्यात छ । त्यसैले यसलाई पर्यटकीय क्षेत्रका रूपमा परिचित गराउन सुन्तला स्तम्भ निर्माण गरिएको हो ।”