• २३ असार २०८१, आइतबार

झापाको जङ्गलमा महिला र पुरुषको शव फेला

blog

विष्णुप्रसाद पोखरेल

दमक, पुस ४ गते । झापाको मेचीनगरपालिकास्थित चारआली जङ्गलमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । सोमबार अपराह्न महिला र पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

महिलाको शव भुँइमा र पुरुषको शव रुखमा झुन्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेलगत्तै प्रहरी पुगेर आवश्यक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो ।  

साँझसम्म शवको पहिचान खुल्न सकेको छैन । शवको पहिचान र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आत्महत्या वा हत्या भन्ने विषयमा अहिले नै केही भन्नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । भेटिएका शव अन्दाजी ३५ देखि ४० वर्ष उमेर समूहको रहेको प्रहरीको भनाइ छ ।