महानगरले नगरवासीको ३० युनिटसम्मको महसुल तिरिदिने
वीरगन्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म बिजुली खपत गर्ने नगरवासीको बिजुली महसुल लगायतका महसुल तिरीदिने भएको छ ।
दुहबीमा शुक्रबारदेखि उद्यम तथा रोजगार मेला सुरु हुँदै
सुनसरीको दुहबी नगरपालिकाको आयोजना तथा प्रदेश १ सरकारको सहकार्यमा वृत्ति परामर्श उद्यम तथा रोजगार मेला सुरु हुनेभएको छ ।
शीतलहर र हिमपातका जोखिमबाट सुरक्षित रहन आग्रह
सरकारले शीतलहर र हिमपातको जोखिमबाट सुरक्षित रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समय यता बढ्दो चिसोसँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित भएको भन्दै सुरक्षित रहन आग्रह गरेको हो ।
कोरोनाको नयाँ स्वरूप फेला पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह
सरकारले कोरोना भाइरस नयाँ स्वरुमा देखा पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाणगंगा नदीमा बर्मा हाम फालेको आशङ्कामा प्रहरीको खोजी
कपिलवस्तुको बाणगंगा नदीमा एक युवा हाम फालेको आशङ्कामा खोजतलास सुरु गरिएको छ । नदीको रामघाट पुलमा डुबेको आशङ्कामा खोजतलास सुरु गरिएको हो ।
ब्यानर लेखाइमा त्रुटि भएपछि आयोजक संस्थाको आलोचना
कञ्चनपुरको एक संस्था ब्यानरको कारण सामाजिक सञ्जालमा आलोचित बनेको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र (सीभीएसडब्लुडीसी) को व्यापक आलोचना भएको हो ।
चौथो दलको हैसियतले सरकारको नेतृत्व गर्ने हक छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्वका लागि दाबी गर्ने सङ्केत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधि सभामा चौथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल चलाएको बताउनुभयो । चौथो दल भएकाले सरकारको नेतृत्व गर्ने हक आफ्नो दललाई पनि रहेको उहाँले बताउनुभयो ।
रामचन्द्र पौडेल वा माधव नेपाल राष्ट्रपति बन्नुहुन्छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले आगामी राष्ट्रपति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालमध्ये एक हुने बत्ताउनुभएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज (बिहीबार) यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।
जेसिबी दुर्घटना : मृतकका परिवारले पाए राहत
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका– १ अँधेरीखोलामा मङ्सिर २४ गते भएको जेसिबी दुर्घटनाका परी मृत्यु भएका परिवारले राहत पाएका छन् ।
सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु
सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न आगो तापिरहँदा हरिवन नगरपालिका–३, बस्ने टीकाराम रखालकी श्रीमती ५५ वर्षीया गोरीमाया रखालको मृत्यु भएको हो ।
स्वास्थ्यको पहुँच बाहिर रहेकालाई पहुँच पुर्याउने नीति
कर्णालीमा स्वास्थ्यको सर्वव्यापी पहुँच बाहिर रहेका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य रणनीति तयार पारी सार्वजनिक गरिएको छ । बुधबार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको स्वास्थ्यमा सर्वव्यापी पहुँच विषयक् सञ्चारकर्मी र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई पहुँच र उपभोगमा अभिवृद्धि गर्न स्वास्थ्य रणनीति तयार पारेकोे जनाएको छ ।
लोप हुने अवस्थामा रैथाने बाली काउँनो
जिल्लाका स्थानीय भेकमा स्थानीय रैथाने बाली उत्पादनमा विस्तारै कमी हुन थालेको छ । गाउँमा सडक सञ्जाल बिस्तार भएसँगै सिधै बजारको चामल गाउँ पुग्न थालेपछि स्थानीय उत्पादनमा कमी देखिन थालेको हो ।
रुकुमपूर्वमा पहिलो पटक बेमौसमी मकै उत्पादन
रुकुमपूर्वक हिमाली जिल्ला जहाँ वर्षमा दुई बाली मात्र उत्पादन हुन्छ । हिउँदे र बर्खे बाली । हिउँदमा गहुँ, जौ र बर्खे बालीमा मकै, आलुलाई यस जिल्लामा मुख्य बालीका रूपमा लिइन्छ ।
नवनिर्वाचित सांसदले लिनुभयो शपथ (फोटो फिचर)
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नेपाल बार एशाेसिएशनले ६७औँ स्थापना दिवस मनायो
कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज ६७औँ स्थापना दिवस शुभकामना आदान–प्रदान तथा चियापान गरी मनाएको छ ।
काठमाडौँ उपत्यकासहित तराईका जिल्लामा बाक्लो हुस्सु
आज बिहानदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भूभागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।
२६ सांसदले विभिन्न १४ मातृभाषामा शपथ
सङ्घीय संसद् सचिवालयले आज (बिहीबार) नवनिर्वाचित २७४ सांसदलाई शपथग्रहण गराउने भएको छ । सचिवालयका अनुसार आज दिउँसो १ बजे शपथ ग्रहण गराइनेछ ।
विदेशमा अदक्ष श्रमिकको मृत्युदर उच्च
वैदेशिक रोजगारीमा गएका श्रमिकले विदेशमा श्रम बेचेर पठाएको विप्रेषणले देशको अर्थतन्त्र टिकिरहेको छ । कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान २५ प्रतिशतको हाराहारीमा रहनुले वैदेशिक रोजगारको महत्त्व अझै उजागर हुन्छ तर श्रम बेचेर विप्रेषण पठाउन विदेशिएका युवामध्ये दैनिक तीनवटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।
गाउँमा अभाव, सहरमा चाप
स्थानीय तहमा कर्मचारी अभाव भए पनि वीरेन्द्रनगर नगरपालिकामा दरबन्दीभन्दा झन्डै तेब्बर सङ्ख्यामा कर्मचारी छन्। नगरपालिकामा हाल स्थायी र करार गरी ३५५ जना कर्मचारी छन्। धेरै कर्मचारी हुँदा नगरपालिकालाई उनीहरूको व्यवस्थापनमा सकससमेत भएको छ। यहाँ स्थायी १९७ जना र करारमा १२३ जना कर्मचारी छन्। कार्यरत कर्मचारीमध्ये प्राविधिकतर्फ स्थायी १२६ र करारका ५४ जना छन्। अप्राविधिकतर्फ स्थायी ७१ जना र करारका ६९ जना कर्मचारी कार्यरत रहेको बताइएको छ। जसमध्ये पालिकामा तहविहीन १५ जना कर्मचारी छन्। जहाँ २०७४ सालमा सामान्य प्रशासन मन्त्रालयले यो पालिकामा कुल ६४ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो।
नेपाल नगरपालिका सङ्घको अध्यक्षमा ढुङ्गाना
नेपाल नगरपालिका सङ्घको आठौँ महाधिवेशनबाट धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना अध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौँमा सम्पन्न महाधिवेशनले ढुङ्गाना सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ यसअगाडि सङ्घको महासचिव हुनुहुन्थ्यो ।
१५ भाषामा शपथ आज
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्य सुरु भएको छ। २०७२ असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानअनुसार यो दोस्रो प्रतिनिधि सभा हो। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ (८० वर्षीय) सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएसँगै सङ्घीय संसद्को प्रतिनिधि सभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि समाप्त भएको छ। यसअघि अघिल्लो संसद्को अन्तिम अधिवेशन २०७९ असोज १ गतेदेखि अन्त्य गरिएको थियो।
शान्ति स्थापना आयोगमा नेपाल निर्वाचित
नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना आयोगको सदस्यमा निर्वाचित भएको छ। संयुक्त राष्ट्रसङ्घ महासभाको ५६औँ पूर्ण बैठकका क्रममा भएको निर्वाचनमा नेपाल नयाँ कार्यकालका लागि आयोगको सदस्यमा निर्वाचित भएको हो। विभिन्न सङ्गठनात्मक समितिमा यसअघि काम गरे पनि आयोगको सदस्यकै रूपमा भने नेपाल निर्वाचित भएको पहिलो पटक हो।
ज्येष्ठ नागरिक दिवस मनाउने तयारी
सरकारले यही पुस ८ देखि १४ गतेसम्म विविध कार्यक्रम आयोजना गरेर दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने भएको छ । २०५१ पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता वितरण गर्न सुरु गरेको दिनलाई स्मरण गर्दै गत वर्षदेखि सरकारले यो दिवस मनाउन थालेको हो ।