व्यक्ति पहिचान गर्नेलाई पुरस्कार
आफू सरकारी कर्मचारी हुँ भन्दै सरकारी कार्यालयका कर्मचारीलाई नै धम्क्याएर पैसा असुली धन्दा गर्दै आएका र हाल फरार रहेका एक व्यक्ति पत्ता लगाउन सहयोग गर्नेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपियाँको पुरस्कार घोषणा गरेको छ ।
धरहरा पुनर्निर्माण कार्य रोकियो
डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा पुनर्निर्माणका क्रममा महानगरको पुरातात्त्विवक सम्पदा नै मासिएको हुनाले त्यसको निर्माणका लागि पुनः अध्ययन नभएसम्म काम रोकिएको जानकारी दिनुभयो ।
सांसद रवि लामिछानेको शपथ नरोकिने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्यको शपथ नरोकिने भएको छ। शपथ रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चको संवैधानिक इजलासले तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि बिहीबारका लागि तय भएको शपथ हुने भएको हो। यद्यपि अदालतले अन्तरिम छलफलका सम्बन्धमा दुवै पक्षलाई बोलाएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो। इजलासले अन्तरिम छलफलमा झिकाउने आदेश लिखित रूपमा सार्वजनिक गरेको छैन।
झारफुकका नाममा त्रासद घटना
काठमाडौँ जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते हुनुभएको छ । गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृत्युको मुखमा पुगेका थिए ।
प्रदूषण गर्ने सवारी साधनलाई पाँच हजार जरिवाना
काठमाडौं उपत्यकामा धेरै धुवाँ फाल्ने एक सय ३३ वटा सवारी साधन कारबाहीमा परेका छन्। वातावरण विभागले पुस १ गतेदेखि बुधबारसम्म तीन सय सवारी साधनको चेकजाँच गर्दा एक सय ३३ सवारी साधन कारबाहीमा परेका हुन्।
दुई वर्षदेखि जिल्ला अस्पताल एम्बुलेन्सविहीन
हिमालपारीको जिल्ला मुस्ताङको जिल्ला अस्पताल पछिल्लो दुई वर्षदेखि एम्बुलेन्सविहीनको अवस्थामा रहेको जिल्ला अस्पताल मुस्ताङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. बिशाल तिवारीले बताउनुभयो ।
सिग्नेचर पुल निर्माणको काम छिटो अघि बढाउन आग्रह
बुटवलको तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका विषयमा बुटवल उपमहानगरपालिका, सडक विभाग र विश्व बैंकका प्रतिनिधिबीच छलफल भएको छ । पुलको आर्किटेक्ट डिजाइन तयार भैसकेको छ भने पुल निर्माणका विषयमा रहेका जटिलताका विषयमा बुटवल नगर प्रमुख खेलराज पाण्डेयले सडक विभाग र विश्व बैंकका प्रतिनिधिसँग छलफल गर्नुभएको हो ।
आत्महत्या नियन्त्रण गर्न प्रहरीको जनचेतना कार्यक्रम
ताप्लेजुङमा आत्महत्याका घटना नियन्त्रणका लागि प्रहरीले जनचेतना फैलाउने कार्यलाई तीव्रता दिएको छ । पछिल्लो समय अप्रत्याशित आत्महत्याका घटना वृद्धि हुन थालेपछि त्यसबिरुद्ध जनचेतना जगाउन ताप्लेजुङ प्रहरीले अभियानलाई तीव्र बनाएको हो ।
प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण ज्येष्ठ सदस्य रावलबाट
सुदूरपश्चिम प्रदेश सभाका सदस्यलाई पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराइने भएको छ ।
‘उपचार गर्ने पैसा छैन, टालो बाँधेर घाउ लुकाउँछु’
“जोड्दै गरेको इँटा खसेर दायाँ तिघ्रामा लागेको थियो । सामान्य चोट होला भनेर स्थानीय मेडिकलमा उपचार गरेँ । निको नभएपछि थप उपचारका लागि बुटवल पुगेँ । हामीजस्तो विपन्न परिवारको मानिसलाई उपचार गर्न कठिन भयो” कपिलवस्तुको बुद्धभुमि –३ टाँकुका ५५ वर्षीय तौलेश्वर थारुले टालाटुलीले छोपेको घाउ देखाउँदै पीडा सुनाउनुभयो ।
बर्दिबास उद्योग वाणिज्य सङ्घ अध्यक्षमा खड्का निर्वाचित
बर्दिबास उद्योग वाणिज्य सङ्घको कार्यसमिति निर्वाचनबाट विष्णुबहादुर खड्का अध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचनबाट उहाँको प्यानल नै विजयी भएको छ ।
तनहुँ जलविद्युत प्रसारण लाइनका लागि २८ टावर तयार
निर्माणाधीन यहाँस्थित तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि २८ वटा टावर तयार भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत सो सङ्ख्यामा टावर र ४७ वटा फाउण्डेशन (जग हाल्ने) कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।
खाद्य व्यवस्थाले बाँकेबाट २५ हजार क्विन्टल धान खरिद गर्ने
बाँकेमा खाद्य व्यवस्था कम्पनी लिमिटेडले धान खरिद सुरु गरेको छ । जिल्लाका किसानले पहिलेदेखि धान खरिद गर्ने माग गर्दैआए पनि अहिले आएर मात्र धान खरिद सुरु गरिएको हो ।
‘यस्तो नियति कसैले भोग्न नपरोस्’
इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग १५ हजार रुपियाँ कमाउनुहुन्छ । यसै आम्दानीबाट उहाँले आफ्नो गुजारा चलाउँदै आउनुभएको छ ।
सुन्तलाबारी होमस्टेका सञ्चालकलाई खाना पकाउने तालिम
पाहुनालाई कसरी खुसी बनाउने तथा मीठो परिकार कसरी खुवाउने भन्ने चिन्ता कम भएको भन्दै स्याङ्जाको वालिङ नगरपालिका –४, खाल्टेमा रहेको सुन्तलाबारी होमस्टेका सञ्चालक खुसी भएका छन् ।
सात महिनादेखि अन्धकारमा मामांखे गाउँ
साँझमा टुकी बालेर बसेका परिवार देख्दा यहाँहरू पनि विगतका दिन पक्कै सम्झिनुहुन्छ होला । त्यो दृश्यले यहाँलाई ती दिनमा दियालो बालेर ‘क’ ‘ख’ पढेको, टुकीकै भरमा चिट्ठीपत्र लेखपढ गरेको सम्झना पनि गराउला ।
१३ जोडी जुम्ल्याहा विद्यार्थीलाई सम्मान
पूर्वी नवलपरासीको कावासोती–३ मा अवस्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयले १३ जना जुम्ल्याहा जोडी विद्यार्थीलाई सम्मान गरेको छ ।
राष्ट्रपतिसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराद्वारा शपथ ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सङ्घीय संसद् प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शुभम् पावरको आइपिओ खुला
शुभम् पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
मन्त्री बन्नेतर्फ लाग्दिनँ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्नेकुरामा आफू नरहेको स्पष्ट पार्नुभएको छ।
म निराश हुन्न, थप मेहनत गर्छु : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको निर्वाचनमा पराजित भए पनि आफू निराश नहुने बताउनुभएको छ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा जीसीको दाबी
गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस नवलपुरका सभापतिसमेत रहनुभएका प्रदेश सांसद महेन्द्रध्वज जीसीले कांग्रेस संसदीय दलको नेतामा चुनाव लड्ने बताउनुभएको छ ।
यी हुन् संसदीय दलका नेता : प्रधानमन्त्री बन्न बाटाे खुल्याे
नेपाली कांग्रेसबाहेक अन्य पाँच दलका नेता भने सर्वसम्मत चयन भएका छन् ।
मोटरसाइकल दुर्घटनामा शिक्षिकाको मृत्यु
चौतारा साँगचोकगढी नगरपालिका–६ ब्याङचेपानीमा मोटरसाइकल दुर्घटना हुदाँ एक शिक्षिकाको मृत्यु भएको छ ।