• १२ मंसिर २०८१, बुधबार

अपाङ्गता भएकाहरुलाई सामग्री वितरण

blog

गोकर्ण पौडेल 

तुलसीपुर, पुस १ गते । अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सामग्री वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सो सामग्री वितरण गरिएको हो । 

उहाँहरुलाई ११ थान ह्वील चेयर, ११ थान वैशाखी, २ थान छडी र ७ थान सेतो छडी वितरण गरिएको छ । त्यस्तै, एल कर्ची थान १ पनि वितरण गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा ती सामग्री वितरण गरिएको हो । 

सामग्री वितरण गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अपाङ्गता भएका व्यक्तिहरुका लागि दैनिक जीवनयापनमा सहज हुने बताउनुभयो । उहाँले अपाङ्गमैत्री भवन निर्माण भएको र त्यसमा संरचना थप्ने तयारी भइरहेको बताउनुभयो । त्यसको संयोजन राप्ती बहिरा संघले गरेको थियो । वडा कार्यालयको सिफारिसमा ती सामग्री सम्बन्धित व्यक्तिहरुलाई वितरण गरिएको हो ।