• २० असार २०८१, बिहिबार

झापामा दुई लाख पाँच हजारको अवैध सामान बरामद

blog

अवैध रुपमा बरामद गरिएको सामान । तस्बिर : इलाका प्रहरीका कार्यालय काँकडभिट्टा

झापा, पुस १ गते । झापामा दुई लाख पाँच हजारको अवैध सामानसहित एक जना पक्राउ परेका छन् । झापाको मेचीनगर–५ काली मन्दिर छेउमा इलाका प्रहरीका कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लाँदै गरेको उक्त मूल्य पर्ने नेपाली ढाकाको झोला चार बोरा र पोते फेला पारेको हो ।

प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता वसन्त पाठकका अनुसार सोही नगरपालिका–६ बस्ने पविन राजवंशीको छोरा ३० वर्षीय बाबुल राजवंशीलाई उक्त सामानसहित पक्राउ गरिएको छ । 

बाबुललाई नियन्त्रणमा लि आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जानकारी उहाँले दिनुभयो ।