मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा
मधेश प्रदेश सरकारले मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचनामार्फत भदौ २० गते शुक्रबार मुस्लिम धर्मावलम्बीहरुले मनाउने पर्व मोहम्मद जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको हो ।
निजामती कर्मचारी दिवसमा रक्तदान
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा विहीबार १६ जनाले रक्तदान गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन रौतहटले प्रादेशिक अस्पताल गौरमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कासहित १६ जनाले रक्तदान गर्नुभएको हो ।
कैलाली जनपुस्तकालयमा ओझा
कैलालीको धनगढीमा रहेको कैलाली जनपुस्तकालयको नयाँ नेतृत्व चयन गरिएको छ । सो जनपुस्तकालयको ४८ औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
सार्वजनिक सेवालाई प्रभावकारी बनाइनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताउनु भएको छ ।
आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल बनाउँछ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताउनु भएको छ ।
लुम्बिनीका कर्मचारी १० किलोमिटर दौडिने
लुम्बिनी प्रदेशमा पहिलो निजामती सेवा दिवसमा १० किलोमिटरको लामो रोड रेससहित विविध कार्यक्रम आयोजना गरिने भएको छ । भदौ २०, २१ र २२ गते विविध कार्यक्रम आयोजना गरेर दिवस मनाइने भएको हो।
च्यासलमा एमाले सचिवालय बैठक
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय सचिवालय बैठक बसेको हो ।
सूचीकरणका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
चीकरणका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जाल बन्द हुने भएका छन् । मन्त्रिपरिषद् बैठकले सात दिनका लागि दिएको समयमा सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवम् दिगो र ऐतिहासिक सम्बन्ध रही आएको बताउनुभएको छ।
राति अबेर वा बिहान सबैरै प्रेसर कुकरमा सिट्टी लगाए जरिवाना
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गर्दै अवेर वा बिहान सबैरै प्रेसर कुकरमा सिटी लगाए यस्तो अनुरोध गरेको हो ।
इन्द्रजात्रा विधिवत् सुरु (फोटो फिचर)
इन्द्रजात्रा (येँया) बिहीबारबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान १०ः३१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।
चीन भ्रमण फलदायी
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्कनुभएको छ । उहाँ राति करिब १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो ।
सूचना अधिकारीले नै पाउँदैनन् सूचना
कानुन अनुसार सबै सरकारी कार्यालयले सूचना अधिकारीको व्यवस्था गरे पनि सूचना अधिकारीसँग नै सूचना नहुँदा सेवाग्राहीले समयमा नै सूचना प्राप्त गर्नबाट वञ्चित रहँदै आएका छन् । संविधान र कानुनले नागरिकलाई सूचना माग्ने अधिकार दिएको छ
शल्यक्रिया सेवा गाउँमा पुर्याइने
सरकारले शल्यक्रिया सेवा गाउँ गाउँमा विस्तार गर्ने भएको छ । अब प्रत्येक दुई लाख जनसङ्ख्याका लागि एउटा शल्यक्रिया कक्ष (सर्जरी सेवा) सञ्चालन हुने छ ।
विशिष्ट व्यक्तिमा संस्कृत मोह
पछिल्लो समय संस्कृत भाषाको अध्ययनप्रति पाका व्यक्तिको आकर्षण बढ्दै गएको छ । विश्वको अति प्राचीन र जीवित मानिने संस्कृत भाषालाई नेपाली भाषाको जननीसमेत मानिन्छ ।
नागरिकतामा आमालाई समान वंशीय हक
आमा र बुवाको समान वंशीय हक स्थापित गर्ने गरी सङ्घीय संसद्ले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । सङ्घीय संसद्का दुवै सदनबाट पारित विधेयक अब प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने छ ।
राप्रपा सांसद बस्नेत १५ लाख धरौटीमा रिहा
सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राप्रपाबाट प्रतिनिधिसभा सदस्य रहनुभएका गीता बस्नेत १५ लाख रुपियाँ धरौटी बुझाएर रिहा हुनुभएको छ ।
खुलेन तातोपानी नाकास्थित इको पहिरो सडक
बाह्रबिसे–कोदारी (२६किमी) लोकमार्ग अन्तर्गत कोदारी सडक खण्डको इको पहिरो महिना दिन बित्दा समेत खुलेको छैन् ।
चार करोड नगद र नौ *किलो सुनसहित पक्राउ परेका ७७ वर्षीय वृद्धलाई राजस्व विभाग पठाइयो
काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ किलो बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ।
प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वेदश प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गर्नुभएको छ।
एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि ललितपुरमा
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ ।
वैदेशिक रोजगारीमा महिलाको आकर्षण बढ्दो
वैदेशिक रोजगारीका लागि विदेश जाने महिला बर्सेनि बढेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आव २०७७/७८ देखि वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढ्दै गएको हो । विभागका अनुसार आव २०८०/८१ मा ८० हजार १७२ र आव २०८१/८२ मा ९४ हजार ४५५ महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश गएका छन् ।
सबै कूटनीतिक ढोका खोलेर संवाद गर्न सुझाव
नेपाल र भारतबिचको सीमा विवाद सुल्झाउन सबै तहका कूटनीतिक संयन्त्रले सक्रियता बढाउनुपर्ने विज्ञहरूले सुझाएका छन् । चीन र भारतबिच लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने समझदारीले नेपाल–भारत सीमा विवाद थप उकासिए पनि कूटनीतिक संवादका माध्यमबाट यसको सहज समाधान खोजिनुपर्ने उहाँहरूको भनाइ छ । यसैबिच समझदारीका मामिलामा चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपतिसमक्ष चीन–भारत सम्झौताप्रति आपत्ति प्रकट गरिसक्नुभएको छ ।
विदेशीको निगरानी गरिने
अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी पर्यटकमाथि निगरानी गर्ने भएको छ । विभागले विदेशी पर्यटकको दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको बसोबास तथा गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने भएको हो ।