लागूऔषधसहित दुईजना पक्राउ
बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
मानव सेवा भवनको लागि करिब १० करोड संकलन
मानव सेवा आश्रमको भवन निमार्णका लागि बागलुङमा झन्डै दश करोड रुपियाँ संकलन भएको छ । भवन निर्माणका लागि कात्तिक २१ गतेदेखि २८ गतेसम्म बागलुङको नियरघाटमा आयोजना गरिएको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट सो रकम संकलन भएको हो ।
याक्खा समुदायले मनाउँदै चासुवा पर्व
धनकुटाको महालक्ष्मी नगरपालिका –७, साफु धनकुटामा विभिन्न कार्यक्रम आयोजना गर्दै चासुवा पर्व मनाइएको छ ।
पनाहा खोलामा पुरुषको शब फेला
गुल्मी रेसुङ्गा नगरपालिका –४ मोत्तियारस्थित पनाहा खोलामा एक पुरुषको शब फेला परेको छ । सेतो हरियो रङको चेक सर्ट माथि निक लेखेको कालो ट्रयाक र कालो पाइन्ट लगाएको पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नतिजा सुधार्न साप्ताहिक परीक्षा
शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक बिद्यालयले साप्ताहिक परीक्षाको अभ्यास सुरु गरेका छन् । सामुदायिक बिद्यालयले नियमितसँगै अतिरिक्त कक्षा सञ्चालन गरेर नतिजा सुधार्ने प्रयास गरिएको हो ।
भजन संस्कृति जोगाउँदै पौंदेली
मंसिर महिनाको चिसो सिरेटोलाई बेवास्ता गर्दै पौंदेलीको न्वागी मेलामा भजनको छुट्टै रौनक थियो । दौरा–सुरुवालमा सजिएका पुरुष र मगर भेषभूषामा सजिएका युवतीले भजन प्रस्तुत गर्दा दर्शकदिर्घामा नचरी लगाउनेको लर्काे थियो ।
ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तिलाई सम्मान
कैलालीको धनगढीमा आज ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । धनगढी उपमहानगरपालिका –७ मा रहेको नवज्योती कृषि सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिक शेयर सदस्यसहित विभिन्न क्षेत्रमा योगदान दिनेलाई सम्मान गरेको हो ।
८० जना नयाँ एचआइभी सङ्क्रमित थपिए
पश्चिम नेपालको नेपाल–भारत सीमानासँग जोडिएको बाँके जिल्लामा गत एक वर्षको अवधिमा ८० नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् ।
यसरी हुँदैछ हेटौँडामा सडक विस्तार (फोटो फिचर)
हेटौँडाको मुख्य बजार क्षेत्रका अतिक्रमित घर तथा टहरा भत्काउन सुरू गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानैदेखि सडक विस्तार थालेको हो ।
बजार क्षेत्रका घर टहरा भत्काएर सडक चौडा गर्न सुरु
हेटौँडाको मुख्य बजार क्षेत्रमा शनिबार बिहान अध्याँरोबाटै घर भत्काउन थालेको छ । सडक डिभिजन हेटौँडाले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर हेटौँडाको मुख्य बजार क्षेत्रका सडक दायाँबायाँका घर टहरालगायतका संरचना भत्काउन थालेको हो ।
अझै बजेट ल्याएनन् पन्ध्र स्थानीय तहले
आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दासमेत चालुु आर्थिक वर्ष २०८२÷८३ का लागि १५ वटा स्थानीय तहले बजेट पारित गर्न सकेका छैनन् । सभाबाट बजेट पारित नगर्ने स्थानीय तहमध्ये सबै मधेश प्रदेशका छन् ।
चलचित्रमा भाषिक शुद्धताका लागि दुई दिने प्रशिक्षण
मधेस प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतका चलचित्र तथा लोकसञ्चार प्रवर्धन बोर्डले मधेश प्रदेशको राजधानी जनकपुरधाममा मैथिली भाषामा निर्माण हुने चलचित्र तथा लघुचलचित्रमा भाषिक शुद्धता र साहित्यिक प्रस्तुति सुधार गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’
नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार भनिएको छ । यसअघि स्थानीय तहलाई स्थानीय निकाय भन्ने गरिन्थ्यो । शब्दमा फरक भए पनि जिम्मेवारी भनेँ उस्तै छ । हिजोको स्थानीय निकायको क्षेत्र सानो थियो भनेँ आज त्यसको आकार बढेर ठुलो भएको छ । हिजोका गाउँ विकास समिति (गाविस) अहिले वडामा परिणत भएका छन् ।
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी हुन आह्वान गर्नुभएको छ । शुक्रबार बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफललाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले यस्तो आह्वान गर्नुभएको हो ।
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ ।
एकतिहाई नघट्ने गरी महिला उम्मेदवार सुनिश्चित गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दललाई निर्देशन दिएको छ।
साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई
ताप्लेजुङको मेरिङदेन गाउँपालिका –५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि आठराई त्रिवेणी हाङपाङले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा मेरिङदेन –३ खाम्लुङलाई ४–१ गोल अन्तरले पराजित गर्दै हाङपाङले उपाधि हात परेको हो ।
‘सामुदायिक स्वास्थ्य स्वयमसेवकको योगदान महत्वपूर्ण’
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरबासीको स्वास्थ्य स्थिति राम्रो बनाउन दिनरात खटिने सामुदायिक स्वास्थ्य स्वयसेवकहरु, महिला स्वास्थ्य स्वयमसेवकको अतुलनीय योगदान रहेको बताउनुभएको छ ।
हत्या आरोपमा एक पक्राउ
लमजुङमा आठ महिनाअघि पूर्वप्रहरी हवलदार सीता धिताल कंडेलको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका –७ का ४७ बर्षीय बुद्धिराम दराई रहेका छन् ।
आवश्यकता अनुसार जनशक्ति नपाएको गुनासो
उद्योग व्यवसाय क्षेत्र र श्रम बजारको आवश्यकताबिच तालमेल नहुँदा उद्योगहरूले चाहेअनुरूपको जनशक्ति पाउन नसकेको गुनासो गरेका छन् ।
रघुगङ्गामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा गाउँपालिकाले आयोजना गरेको विद्यालयस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
निर्वाचनको तयारीको विषयमा बालुवाटारमा सर्वपक्षीय बैठक
फागुन २१ गतेको निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय छलफल गर्नु भएको छ ।
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ : उपाध्यक्ष थापा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टीको आसन्न ११औँ महाधिवेशनलाई एकताको राष्ट्रिय महाधिवेशनका रुपमा सफल बनाउनुपर्ने बताउनुभएको छ ।