चिसोमा पनि मुक्तिनाथ मन्दिरमा भक्तजनको भिड
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बिहान र बेलुकीको समयमा न्यूनतम तापक्रम माइनस डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवको शपथ ग्रहण आज (आइतबार) हुने भएको छ ।
रिभल्भरसहित भारतीय नागरिक पक्राउ
सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट रिभल्भरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टी गुल्मीको एकता सभा हुँदै
नेपाली कम्युनिष्ट पार्टी गुल्मीले एकता सभा गर्ने भएको छ । पार्टी एकताको सन्देश प्रवाह गर्न मंसिर २३ गते सभाको आयोजना गरिएको नेता राममल्ल ठकुरीले बताउनुभयो ।
हरिमाया थापाले मिर्गौला दिएर बचाउनुभयो श्रीमान्
तनहुँको ऋषिङ गाउँपालिका–३ बस्ने वर्ष ४२ को हरिमाया थापा मगर र ५३ वर्षका विजय थापाको प्रेमकथा साँच्चिकै प्रेरणादायी बनेको छ ।
आठौँ राष्ट्रिय मेयर कप साइकल दौडको उपाधि काभ्रेका खरेललाई
नेपालगन्जमा शनिवार सम्पन्न भएको आठौँ राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको उपाधि काभ्रेका अच्युत कृष्ण खरेलले जित्न सफल हुनुभएको छ ।
निर्वाचन आउन ८८ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु
प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
यस्तो छ रासायनिक मल आयातको अवस्था
सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ ।
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।
आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
विस्तार गरिँदै पूर्व–पश्चिम राजमार्ग : यात्रु र जनावरमैत्री संरचना बन्दै
एसियाली विकास बैङ्कको ऋण सहयोगमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली छिचोल्ने पूर्व–पश्चिम राजमार्ग विभिन्न छ खण्डमा विस्तार भइरहेको छ । एसियाली राजमार्गको मापदण्ड (स्ट्यान्डर्ड) मा विस्तार भइरहेको यो राजमार्गको काँकडभिट्टा–लौकही (९३ किलोमिटर) र कञ्चनपुर–कमला खण्ड (८६.८३ किलोमिटर) मा दस वटा ‘भेहिकल अन्डरपास’ र नौ वटा ‘एनिमल अन्डरपास’ निर्माण भइरहेका छन् । त्यसै गरी पैदलयात्रीका लागि चार वटा आकासेपुल (ओभर हेड ब्रिज) समेत निर्माण भइरहेका छन् ।
तत्काल नबन्ने भयो ‘सर्भिस सेन्टर’
निर्माणको अन्तिम चरणमा पुगी सञ्चालनको तयारीमा रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङमार्ग आयोजना अन्तर्गत पश्चिम खण्ड (पोर्टल) मा निर्माण हुने बजार (सर्भिस सेन्टर) तत्काल निर्माण नहुने भएको छ ।
नागढुङ्गा सुरुङमार्ग : यात्रुलाई सहज अध्येतालाई ज्ञान
नेपालमै पहिलो पटक आधुनिक प्रविधिको प्रयोग गरेर बनाइएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले अत्यास लाग्दो जामबाट यात्रुलाई मुक्ति मात्र दिने छैन, आधुनिक इन्जिनियरिङमा चासो र चिन्ता राख्ने अध्येताहरूलाई नवीन ज्ञानसमेत दिइरहेको छ ।
स्थानीयको पहलमा बिउँतियो येँगा हिति
काठमाडौँको वसन्तपुर दरबारक्षेत्रनजिकै रहेको येँगा हिति (धारा) बिउँतिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २१ यङ्गालस्थित व्यक्तिको कब्जामा गइसकेको एक हजार पाँच सय वर्ष पुरानो येँगा हितिलाई स्थानीयवासीको पहलमा बिउँताइएको हो ।
सात प्रहरी चौकी पुनःस्थापना
जेन्जी आन्दोलन चर्कदै जाँदा असुरक्षा बढेपछि विस्थापित भएका पाँचथरका सातवटा प्रहरी चौकी पुनःस्थापना गरिएको छ ।
बर्दियाको घटनाको अध्ययन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले बर्दियाको बढैयाताल–४ को भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनाको छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ ।
लागूऔषधसहित दुईजना पक्राउ
बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
मानव सेवा भवनको लागि करिब १० करोड संकलन
मानव सेवा आश्रमको भवन निमार्णका लागि बागलुङमा झन्डै दश करोड रुपियाँ संकलन भएको छ । भवन निर्माणका लागि कात्तिक २१ गतेदेखि २८ गतेसम्म बागलुङको नियरघाटमा आयोजना गरिएको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट सो रकम संकलन भएको हो ।
याक्खा समुदायले मनाउँदै चासुवा पर्व
धनकुटाको महालक्ष्मी नगरपालिका –७, साफु धनकुटामा विभिन्न कार्यक्रम आयोजना गर्दै चासुवा पर्व मनाइएको छ ।
पनाहा खोलामा पुरुषको शब फेला
गुल्मी रेसुङ्गा नगरपालिका –४ मोत्तियारस्थित पनाहा खोलामा एक पुरुषको शब फेला परेको छ । सेतो हरियो रङको चेक सर्ट माथि निक लेखेको कालो ट्रयाक र कालो पाइन्ट लगाएको पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नतिजा सुधार्न साप्ताहिक परीक्षा
शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक बिद्यालयले साप्ताहिक परीक्षाको अभ्यास सुरु गरेका छन् । सामुदायिक बिद्यालयले नियमितसँगै अतिरिक्त कक्षा सञ्चालन गरेर नतिजा सुधार्ने प्रयास गरिएको हो ।