प्रतिनिधि सभा विषयगत समिति गठन
प्रतिनिधि सभाको नियमावली तर्जुमा प्रक्रिया जारी रहेकै अवस्थामा विषयगत समिति गठन भएका छन् । प्रतिनिधि सभा नियमावली, २०७९ अनुसार नै समिति गठन भएका हुन् । विषयगत समिति १० वटा रहेका छन् । नियमावली संशोधनको प्रक्रिया भने जारी छ । यसअघिकै व्यवस्था अनुसार १० विषयगत समिति गठन भएका हुन् ।
सञ्चार माध्यमलाई उत्तरदायी बनाइने
नेपाली मूलधारका सञ्चार माध्यमका सम्पादकले मिडियामा प्रकाशित गर्ने समाचार लैङ्गिक उत्तरदायी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय महिला (युएन ओमन) बेजिङ ३० लगायत चार संस्थाले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा १० मिडियाका सम्पादकले लैङ्गिकयुक्त समाचार प्रकाशित गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
हर्मुज जलमार्गमा शुल्क नलगाउन ट्रम्पको आह्वान
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलमार्गमा तेल ट्याङ्करलाई शुल्क लगाउन नहुने जनाउँदै यदि त्यसो गरिरहेको छ भने तुरुन्तै रोक्न आह्वान गर्नुभएको छ । ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज हुँदै जाने तेल ट्याङ्करहरूमा शुल्क लगाएको रिपोर्टलाई उद्धृत गर्दै यस्तो बताउनुभएको अलजजिरा टेलिभिजनले जनाएको छ ।
संसद् अधिवेशन अन्त्य
सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गरिएको छ । मन्त्रीपरिषद्को चैत २४ गतेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुबै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गर्नुभएको हो । अधिवेशन अन्त्यबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी सदनमा शुक्रबार दिइएको थियो ।
समृद्धिका लागि एकताको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सुदृढीकरण तथा राष्ट्रिय एकताको प्रवर्धनका लागि एकताबद्ध भई अघि बढ्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले फुटेर नभई जुटेर तथा विगतका कटुताबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
नयाँतिर चहलपहल, पुरातात्त्विक ओझेलमा
“चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रमलाई भारतको पश्चिम चम्पारणस्थित बिहार सरकारले आफ्नो प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मानेको छ । बिहारभरिका सबै विद्यालयलाई अनुदान दिएर विद्यार्थीलाई अनिवार्य वाल्मीकि आश्रमको अवलोकन भ्रमणका लागि पठाउँछ । भैँसालोटनलाई वाल्मीकि नगर बनाएर प्रचार गरिरहेको छ । विगतमा त्रिवेणी भनेर नेपाली भूमि कहलिन्थ्यो, आज बिस्तारै यहाँको सौन्दर्य भारततिर उन्मुख भइरहेको छ,” त्रिवेणीस्थित गजेन्द्र मोक्ष दिव्य धामका स्वामी कृष्ण प्रपन्नाचार्यका यी कुराले भारतले वाल्मीकि आश्रमलाई कति महìव दिएको छ भन्ने छर्लङ्ङ हुन्छ ।
उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
खोटाङमा ७० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । केपिलासगढी गाउँपालिकाका –५ का लक्ष्मण परियार भनिने ३९ वर्षीय मनीकुमार दर्जीलाई चैत २७ गते प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आइतबार ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका अस्पताल र सम्बन्धित निकायलाई सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो।
दन्त स्वास्थ्यकर्मीको समूहद्वारा परिषद्का अध्यक्षको कार्यकक्षमा तालाबन्दी
दन्त स्वास्थ्यकर्मीको समूहले माग पुरा नभएको भन्दै शुक्रबार नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ ।
संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ ।
अंश विवादमा सिर्जनाको हत्या : दुई आरोपित सार्वजनिक
कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ ।
टी–१२ क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई
रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा –३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार बर्मा टी–१२ जिल्ला क्रिकेट प्रतियोगिता’ को उपाधि नेपालगन्ज उपमहानगरपालिका वडा ८ को टिमले जितेको छ ।
करणी गरेको आरोपमा युवक पक्राउ
बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका –३ का २३ वर्षीय शनि चौधरीलाई पक्राउ गरेको हो ।
सुरक्षाकर्मी र कर्मचारीलाई आगलागी नियन्त्रणसम्बन्धी तालिम
जिल्लाको रामपुर नगरपालिकाले सुरक्षाकर्मी तथा कर्मचारीका लागि आगलागी नियन्त्रणसम्बन्धी तालिम दिएको छ। आगलागीको समयमा खटिने कर्मचारी, नगर प्रहरीसँगै नेपाली सेना र नेपाल प्रहरीलाई आगलागी तथा वन डढेलो नियन्त्रणको विषयमा तालिम दिएको हो।
आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले व्यापारव्यवसाय, उद्योग धन्दा र आर्थिक क्रियाकलापको विकास र विस्तार नै हाम्रो आर्थिक समृद्धिको मूल आधार भएको धारणा व्यक्त गर्नुभएको छ ।
नागरिक एपमा सेवा विस्तार, एक हप्ताभित्र थप सुविधा आउने
सरकारले डिजिटल सुशासन सुदृढ गर्ने दीर्घकालीन लक्ष्यअनुसार नागरिक सेवाहरूलाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई योजनाबद्ध रूपमा अघि बढाएको छ।
राष्ट्रपतिको सम्बोधन आज
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ । नेपालको संविधानको धारा ९५ को व्यवस्थाबमोजिम राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । प्रतिनिधि सभाको निर्वाचनपछि सङ्घीय संसद्को संयुक्त बैठक बस्न लागेको पहिलो पटक हो । संविधानको धारा ९५(२) ले राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ ।
लाइसेन्स छपाइ तीव्र
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र पारिएको छ । दुई/तीन वर्षदेखि छाप्न बाँकी रहेका लाइसेन्स दैनिक पाँच/छ हजार छापिँदै आएकोमा हाल झन्डै ४० हजार प्रतिसम्म छापिन थालेको छ । सुरक्षण मुद्रण केन्द्रले दुई सिफ्टमा छपाइ सुरु गरेको छ । बिहान ७ देखि ३ र ३ देखि बिहान १ बजेसम्म गरी दुई सिफ्टमा छपाइ सुरु भएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल दैनिक झन्डै ४० हजार प्रति ‘लाइसेन्स’ छपाइ भइरहेको छ । दुई सिफ्टमा छाप्ने काम भएको छ ।” सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई ‘लाइसेन्स’ छपाइमा अवरोध हटाउन र नतिजामुखी शासकीय व्यवस्थापन प्रणाली प्रभावकारी बनाउने उद्देश्यले १० प्रमुख सुधारात्मक कार्यक्रम समेटिएको विस्तृत कार्ययोजनासँगै लाइसेन्सको ढिलासुस्ती हटाउन निर्देशन दिएपछि छपाइ तीव्र पारिएको हो ।
श्रममन्त्री पदमुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ उपधारा ९ बमोजिम चैत १३ गते गठित मौजुदा मन्त्रीपरिषद्मा प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा हेरफेर र कार्यविभाजन गर्नुभएको छ ।
‘मुलुकप्रति सधैँ समर्पित रहौँ’
प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकप्रति सदैव समर्पित र प्रतिबद्ध भई दृढसङ्कल्पसाथ राष्ट्रसेवामा लाग्न नेपाली सेनाका नवप्रवेशी अधिकृतलाई निर्देशन दिनुभएको छ । भक्तपुरको खरीपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुक र जनताप्रति सदैव प्रतिबद्ध रही समर्पित रहन निर्देशन दिनुभएको हो ।
फेरि थन्किए लुम्बिनीका हरिया बस
छ वर्षअघि लुम्बिनीमा सञ्चालनका लागि ल्याइएको प्रदूषणरहित सवारीसाधन थन्किएका छन् । ती सवारीसाधन ल्याइँदा यहाँका स्थानीय उत्साही थिए । लुम्बिनीमा आउने पर्यटकका लागि यात्रा सहज हुने र पर्यटकको आकर्षण थप बढ्ने स्थानीयको अपेक्षा थियो । शान्तिका दूत गौतम बुद्ध जन्मिएका स्थानमा प्रदूषणरहित यातायातको ‘हरियो सपना’ पनि देखाइएको थियो । त्यो सपना करिब छ वर्षसम्म धुलो, घाम र वर्षाले थिचिएर रह्यो । तर अहिले सरकार फेरिएसँगै ती हरिया बस चलाउने पहल थालिए पनि सार्थक हुनचाहिँ सकेको छैन ।
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भएको कारण नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको हो ।6