निर्वाचन सफल बनाउनु सबैको दायित्व
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन सफल बनाउनु सबैको दायित्व भएको बताउनुभएको छ । सरकार, निर्वाचन आयोग, राजनीतिक दल, मतदाता, नागरिक समाजलगायत सबै सरोकारवालाले फागुन २१ गते घोषणा गरिएको निर्वाचन सफल बनाउनु प्रमुख दायित्व भएको उहाँले स्पष्ट पार्नुभयो ।
परिवारका तीन जना एकै पटक शाखा अधिकृत
कुनै ट्युसन सेन्टर धाएनौँ । धैरेले घरको मात्र तयारीले त शाखा अधिकृत पास गर्ने कुरा त्यतिकै हो भनेर खिस्याए पनि । हामीले अरूका कुरा सुन्यौँ तर आफ्नो अठोटबाट कहिल्यै पछि हटेनौँ र आफ्नो लगातारको मेहनतलाई जारी राख्यौँ यही दृढ अठोटले अहिले हामी यो सफलता चुम्न सफल भयौँ । हालै लोक सेवा आयोगको एउटै विज्ञापनबाट शाखा अधिकृतमा सिफारिस हुनुभएका एकै परिवारका तीन जनामध्येका अग्रज एकराज कुलुङको भनाइ हो यो ।
महाधिवेशन प्रतिनिधिलाई एमालेले बासको व्यवस्था गर्ने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ । सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा भए पनि बासको प्रबन्ध गरेको जनाएको छ ।
सरकारले जेनजी अगुवाको सरोकारलाई सकारात्मक रुपमा लिएको छ : गृहमन्त्री अर्याल
जेनजी आन्दोलानकर्मीको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी तथा जेनजी आन्दोलनका अगुवाबिच गृह मन्त्रालयमा छलफल भएको छ।
सभापोखरीमा पाँच शैयाको आधारभूत अस्पताल
सभापोखरी गाउँपालिकामा पाँच शैयाको अत्याधुनिक आधारभूत अस्पताल शनिबारदेखि सञ्चालनमा आएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण: पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टचार मुद्दा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री स्वर्गीय पोष्ट बहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपक चन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बाघको आक्रमणबाट एक जना घाइते
नवलपुरको कावासोती नगरपालिका–१५, शेरगन्जमा बाघले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । स्थानीय ३७ वर्षीय मुकुन्द अधिकारीलाई बाघले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
पर्यटक भित्र्याउन ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’
भारतीय पर्यटकलाई बढीभन्दा बढी संख्यामा नेपाल भित्र्याउने उद्देश्यसाथ नेपालगन्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने भएको छ ।
सरावलमा १५ शय्याको आधारभूत अस्पताल
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, मङ्सिर २१ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमका अनुसार सरावल–५, धनगढवास्थित करिब दुई बिघा क्षेत्रफल रहेको उक्त जग्गामा सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरिरहेको हो ।सरावल गाउँपालिकाले दीर्घकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल निर्माण कार्यलाई तत्कालै अघि बढाउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीका कामलाई अन्तिम चरणमा पुर्याएको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयो ।अस्पताल निर्माणका लागि छुट्याएको सार्वजनिक जग्गाको अतिक्रमण पूर्णरूपमा हटाएको छ । अतिक्रमण हटाइएसँगै गाउँपालिका अस्पताल निर्माणको पूर्वतयारीमा जुटेको छ ।अस्पताल निर्माण स्थलमा अटेरी गर्दै अवैध रूपमा बस्दै आएका घरहरूलाई हटाइएको हो । अस्पताल निर्माणका लागि अवरोध भएपछि पटकपटक सूचना जारी गरी अतिक्रमण हटाउन आग्रह गरिए पनि अटेरी गर्दै आएकोले जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयहरूको सक्रियतामा अतिक्रमण गरी बनाइएका रामवृक्ष कँहार र बैजनाथ कँहारको कच्ची घर डोजर लगाएर भत्काइएको छ ।अब वर्ष भित्रै अस्पताल निर्माणको काम सुरु गरिने र गाउँपालिका भित्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी गाउँपालिका अघि बढेको अध्यक्ष चौधरीले उल्लेख गर्नुभयो । सरावलमा आधारभूत स्तरको अस्पताल नहुँदा सदरमुकाम परासीसहित बर्दघाट तथा बुटवल, भैरहवा लगायतका क्षेत्रमा स्वास्थ्य उपचारका लागि जानुपर्ने बाध्यता रहेको छ ।
गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी
गृह जिल्ला रुकुमपश्चिम आएको बेला प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा विरुद्ध नाराबाजी र कालोझन्डा देखाएर विरोध गरिएको छ ।
सर्लाहीमा एम्बुलेन्सबाट ५१ केजी गाँजा बरामद
सर्लाहीको हरिवनमा एम्बुलेन्सबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ ।
नेपालगन्जका १० महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई गरिएको छ।
बाजुरामा सातदिने सीप–केन्द्रित तालिम सम्पन्न
बडिमालिका नगरपालिकाको सहयोगमा, प्लान इन्टरनेशनल नेपाल र पीसविन नेपालद्वारा सञ्चालित ‘किशोरीहरूको अधिकार र उत्थानशीलताका लागि’ परियोजनाअन्तर्गत सदरमुकाम मार्तडीमा सञ्चालन भएको सातदिने आवासीय तालिम शुक्रबार सम्पन्न भएको हो ।
अवरुद्ध राजमार्ग सुचारु
रौतहटमा शनिबार गरिएको राजमार्ग अवरुद्ध प्रहरीले बल प्रयोग गरेर सुचारु गराएको छ ।
जडीबुटी सङ्कलकको ओढारमा बास
बनमा जडीबुटी सङ्कलक किसानहरुलाई ओढारमा बास बस्नुपर्ने बाध्यता छ ।
अंशुको हत्यामा संलग्न भएको अभियोगमा एक जना पक्राउ
असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
दोलखाको बैतेश्वर गाउँपालिका –६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्का खण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन्।
बैतडी कांग्रेस छान्यो प्रतिनिधिसभा सदस्य उम्मेदवार, सभापति चन्दले पाउनुभयो शतप्रतिशत मत
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिस गरेको छ ।
पहाडका तरकारीः मधेशको भोजदेखि भान्सासम्म
मधेशका बजारमा पहाडमा उत्पादित हरियो तरकारी, विशेषगरी फर्सीको माग उल्लेख्य रूपमा बढेको छ ।
चिसोमा पनि मुक्तिनाथ मन्दिरमा भक्तजनको भिड
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बिहान र बेलुकीको समयमा न्यूनतम तापक्रम माइनस डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवको शपथ ग्रहण आज (आइतबार) हुने भएको छ ।
रिभल्भरसहित भारतीय नागरिक पक्राउ
सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट रिभल्भरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टी गुल्मीको एकता सभा हुँदै
नेपाली कम्युनिष्ट पार्टी गुल्मीले एकता सभा गर्ने भएको छ । पार्टी एकताको सन्देश प्रवाह गर्न मंसिर २३ गते सभाको आयोजना गरिएको नेता राममल्ल ठकुरीले बताउनुभयो ।
हरिमाया थापाले मिर्गौला दिएर बचाउनुभयो श्रीमान्
तनहुँको ऋषिङ गाउँपालिका–३ बस्ने वर्ष ४२ को हरिमाया थापा मगर र ५३ वर्षका विजय थापाको प्रेमकथा साँच्चिकै प्रेरणादायी बनेको छ ।