राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।
रास्वपा सभापति लामिछाने कारागारबाट रिहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार ललितपुरस्थित नक्खु कारागारबाट रिहा हुनुभएको छ।
संयमित हुन जेनजीलाई बालेनको आग्रह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदर्शनमा रहेका जेनजीलाई संयमित हुन आग्रह गर्नुभएको छ ।
प्रहरी वृत्त गौशालामा आगजनी (तस्बिर)
प्रदर्शनकारीले प्रहरी वृत्त गौशालामा आगजनी गरेका छन् । प्रदर्शनकारी कार्यालयमा प्रवेश गरेपछि प्रहरी भने ज्यान बचाउन सुरक्षित स्थानतर्फ गएका छन् ।
मुख्यसचिव–सेनाको अपिल : छिटो शान्तिपूर्ण समाधान खोज्न सबैलाई आह्वान
हिजोदेखि काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएकोप्रति सरकारका उच्च पदाधिकारीहरूले गहिरो दुःख प्रकट गर्नुभएको छ । घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
१६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा
सोमबार देशका विभिन्न स्थानमा जेनजी प्रदर्शनमा मृत्यु भएका १६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।
कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको छ ।
संवादबाट समाधान खोज्न प्रधानमन्त्रीकाे आग्रह, सर्वदलीय बैठक आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।
काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन र आगजनी
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी रहेको छ ।
कृषिमन्त्री अधिकारीद्वारा राजीनामा
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनु भएको छ ।
संसद् भवन अगाडि प्रदर्शन सुरु (फोटो फिचर)
काठमाडौँको नयाँबानेश्वरस्थित संसद् भवन अगाडि मङ्गलबार पनि प्रदर्शन सुरु भएका छन् । बिहानै संसद् भवन अगाडि भेला भएर जेनजी युवाहरुले प्रदर्शन सुरु भएका हुन् ।
युरोपतिर मोडिँदै नेपालीको रोजगारी
मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । आर्थिक वर्ष २०८१/८२ मा युरोपमा ७६ हजारभन्दा बढी युवा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आवमा आठ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा त्यो सङ्ख्याले युरोपका लागि श्रम स्वीकृति लिएर गएका छन् ।
तरकारी खेतीले महिला आत्मनिर्भर
जुम्लाको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट गाउँका महिला पछिल्लो समयमा तरकारी उत्पादनमा व्यस्त छन् । पाँच वर्षअघि तरकारी खेतीमा कुनै रुचि नभएका यहाँका महिला प्राविधिक ज्ञान लिएपछि यो खेतीमा रमाएका हुन् ।
निर्णायक तहमा महिला उपस्थिति बढाउनुपर्ने
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले निर्णायक तहमा महिला सरकारी वकिलको उपस्थिति थप आवश्यक रहेको बताउनुभएको छ ।
गृहमन्त्री लेखकद्वारा राजीनामा
काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक भई ठुलो सङ्ख्यामा युवाको ज्यान गएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ ।
उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्ने निर्णय, सामाजिक सञ्जाल खुला
सरकारले ‘जेनजी’ पुस्ताको आह्वानमा काठमाडौँको नयाँ बानेश्वरसहित देशका विभिन्न स्थानमा भएको घटनाका विषयमा छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
औषधी प्रतिरोधी क्षयरोगको उपचार सुरु
भक्तपुर अस्पतालमा औषधी प्रतिरोधी क्षयरोग (डिआर टिबी) को उपचार सुरु भएको छ । आइतबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. श्रीराम तिवारी र अस्पतालका निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टबिच औषधी प्रतिरोधी क्षयरोगको उपचार सुरु गर्ने सम्झौता भएसंगै उपचार सुरु भएको छ ।
विपन्नलाई उपचार सुविधा स्वास्थ्य बिमा अनिवार्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्यान्सरलगायत आठ प्रकारका कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै विपन्न नागरिकलाई प्रदान गरिँदै आएको आठ प्रकारका कडा रोगको उपचार सुविधा प्राप्त गर्न अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने र असोज मसान्तसम्म दर्ता हुनुपर्ने व्यवस्था लागु गर्नुभएको छ । रोग लागेका विपन्न बिरामीले असोज मसान्तसम्म स्वास्थ्य बिमा दर्ता गर्नुपर्ने छ ।
के हो जेनजी ? शान्तिपूर्ण प्रदर्शनमा कसरी घुसपैठ भयो
‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा सोमबार १९ जनाको मृत्यु भएको छ । प्रदर्शनले हिंसात्मक रूप लिँदा काठमाडौँमा १७ र सुनसरीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । माइतीघर–नयाँ बानेश्वरमा सोमबार ‘१२ देखि २८ वर्ष उमेर समूह’ (जेनजी पुस्ता) ले शान्तिपूर्ण गर्ने भनिएको प्रदर्शन हिंसात्मक बन्दा सो घटना भएको हो । प्रदर्शनकारी र सुरक्षाकर्मीबिचको झडपमा दुई सयभन्दा बढी प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् ।
घाइतेको उपचार निःशुल्क
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका नागरिकको निःशुल्क उपचार गर्न मातहतका सबै सङ्घीय अस्पताललाई निर्देशन दिएको छ ।
मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट तीन जनाको ज्यान बच्ने
काठमाडौँका सङ्कल्प खड्काले मस्तिष्क मृत्यु भएका व्यक्तिको कलेजो दान पाएर कलेजो प्रत्यारोपण गराउनुभएको एक महिना पूरा भएको छैन । उहाँले आफ्नो नातेदार, घरपरिवार, आफन्तकहाँ हारगुहार गर्दा पनि कलेजो दानका लागि नमिलिरहेको अवस्थामा गत महिना ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएको व्यक्ति आएपछि उहाँलाई कलेजो प्रत्यारोपण सहजै भएको हो ।
संयमित रहन आह्वान
नेपाली कांग्रेसले ‘जेनजी’ प्रदर्शनका क्रममा युवाले ज्यान गुमाएको र घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस बैठकले देशव्यापी जेनजीसहित सबैलाई संयमित रहन अपिल गर्ने निर्णय पनि गरेको छ । बैठकमा जेनजीको प्रदर्शन हिंसात्मक भएकोप्रति पनि गम्भीर छलफल भएको छ । साथै कांग्रेसले जेनजीका मागप्रति कांग्रेसको गम्भीर दायित्व भएको निष्कर्ष निकाल्दै सुरक्षाकर्मी परिचालन र भिड नियन्त्रण गर्ने क्रममा कमजोरी भएको स्वीकार गरेको छ ।
गृहमन्त्री लेखकको राजीनामा, घटनाबारे सरकारले यथार्थ बाहिर ल्याउने
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे छानविन समिति गठन गरी अवस्थाबारे जनतालाई जानकारी गराउने निर्णय भएको बताउनुभएको छ ।
जेनजी प्रदर्शन : १९ को मृत्यु, ४२२ जना घाइते
सोमबार देशका विभिन्न ठाउँमा भएको जेनजी प्रदर्शनबाट १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ८ बजेसम्म देशभरिका विभिन्न अस्पतालबाट सङ्कलन गरेको तथ्यांक अनुसार जेनजी आन्दोलनबाट ४२२ जना घाइते हुनुका साथै १९ जनाको ज्यान गएको छ ।