काठमाडौँ, वैशाख ८ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ७१ पैसा र बिक्रीदर १४९ रुपियाँ ३१ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ आठ पैसा र बिक्रीदर १७५ रुपियाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ आठ पैसा र बिक्रीदर २०१ रुपियाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ३९ पैसा र बिक्रीदर १९१ रुपियाँ १५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ४५ पैसा र बिक्रीदर १०६ रुपियाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ६५ पैसा र बिक्रीदर १०९ रुपियाँ नौ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ र बिक्रीदर ११७ रुपियाँ ४७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३६ पैसा र बिक्रीदर नौ रुपियाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ८१ पैसा र बिक्रीदर २१ रुपियाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ६५ पैसा र बिक्रीदर ३९ रुपियाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ८० पैसा र बिक्रीदर ४० रुपियाँ ९६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६३ पैसा र बिक्रीदर चार रुपियाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ४९ पैसा र बिक्रीदर ४० रुपियाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६२ पैसा र बिक्रीदर ३७ रुपियाँ ७८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ११ पैसा र बिक्रीदर १० रुपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ २५ पैसा र बिक्रीदर १६ रुपियाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४३ पैसा र बिक्रीदर २३ रुपियाँ ५२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ९९ पैसा र बिक्रीदर १९ रुपियाँ सात पैसा, कुवेती दिनार एकको खरिददर ४८५ रुपियाँ ४३ पैसा र बिक्रीदर ४८७ रुपियाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपियाँ ३० पैसा र बिक्रीदर ३९५ रुपियाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपियाँ २५ पैसा र बिक्रीदर ३८७ रुपियाँ ८१ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस