विश्वासको मतको विवाद पूर्ण इजलासमा
प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी विवादमा संवैधानिक व्याख्या आवश्यक रहेको भन्दै सर्वोच्च अदालतको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश गरेको छ ।
सङ्घीय निजामती विधेयक : राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक–२०८० संशोधनसहित सर्वसम्मतिबाट पारित गरेको छ । यो विधेयक अब प्रतिनिधि सभामा जाने छ ।
परराष्ट्रविद्को प्रस्टोक्ति ‘अकाट्य प्रमाण छन् लिपुलेक हाम्रो हो’
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग नेपालको भूमि लिपुलेकका सन्दर्भमा संवाद अघि बढाएको स्वागत गर्दै विज्ञहरूले प्रमाणका आधारमा त्रिपक्षीय विमर्श गर्न सुझाव दिएका छन् ।
विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्
भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी र गुञ्जीसहित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको प्रमाण दार्चुलाको मालपोत कार्यालयमा सुरक्षित छ ।
एमाले विधान महाधिवेशन : यस्तो छ तयारी
नेकपा (एमाले) को विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको तयारी सम्पन्न भएको छ ।
सम्पदा संरक्षणमा सहजीकरण गर्ने प्रजिअको प्रतिवद्धता
ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सेवा प्रवाहलाई सहज बनाउँदै संस्कृति, सम्पदाको संरक्षणमा सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओली र चीनका उपराष्ट्रपति हानबिच भेटवार्ता
बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेस्टहाउसमा आज भएको भेटवार्तामा उहाँहरूबिच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कार्यसम्पादन प्रभावकारी बनाउन छलफल
ताप्लेजुङमा सरकारी तथा गैर सरकारी निकायका कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा सेवा प्रदायक निकायले गर्ने कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन छलफल भएको हो ।
संयुक्त विद्यार्थी संगठनद्वारा विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध १३ वटा विद्यार्थी संगठनले आन्दोलित हुँदै संशोधनको माग गरेका छन् ।
निकुञ्जका दुई हात्ती कतार पठाइँदै
चितवन राष्ट्रिय निकुञ्जका दुई हात्ती मङ्सिरअगाडि नै कतार पठाउने तयारी गरिएको छ । सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मेहुर्केका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार पठाउन लागिएको हो ।
‘लिपुलेक समझदारी’ संवादबाटै हल गर्छौं
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कूटनीतिक माध्यमबाट संवाद गरी भारत र चीनबिच भएको ‘लिपुलेक समझदारी’ को विषय समाधान गरिने प्रस्ट पार्नुभएको छ । भदौ १३ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय सोमबार सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरुङले भारत र चीनबिच नेपालको भूमि लिपुलेक प्रयोग गर्ने समझदारीको विषय संवादबाटै हल गरिने उल्लेख गर्नुभयो ।
‘विश्वलाई विभाजन होइन साझेदारी चाहिन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई विभाजन होइन, साझेदारी चाहिने बताउँदै क्षेत्रीय र विश्वव्यापी रूपमा मिलेर काम गरे मात्र न्यायपूर्ण, समावेशी, लचिलो व्यवस्था र दिगो विकास गर्न सकिनेमा जोड दिनुभएको छ ।
जनसम्पर्क विस्तारमा जुट्न निर्देशन
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न निर्देशन दिनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनुभएको हो ।
विधान महाधिवेशनपछि थप एकताबद्ध हुने दाबी
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले विधान महाधिवेशनपछि पार्टी थप व्यवस्थित र एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेल लिखित ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी निर्माणका लागि आफैँले तयार गरेको वैधानिक सीमालाई पनि परिष्कृत गर्दै जानुपर्ने बताउनुभयो । उहाँले परिवर्तनको उद्देश्यसँग गाँसेर स्थापित हुने पार्टी एमाले भएको दाबी गर्नुभयो ।
निजामती विधेयकमा जुटेन सहमति
निजामती कर्मचारीको अवकाशको उमेरसम्बन्धी प्रक्रियामा सरकार र विपक्षमा रहेका दलले आआफ्ना अडान कायमै राखेपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सो विषय मतविभाजनमा गएर टुङ्ग्याउनुपर्ने भएको छ । समितिमा अल्पमतमा रहेको सत्तापक्षले भने आफ्नो अडानबमोजिम सहमति हुुनुपर्नेमा जोड दिइरहँदा विपक्षका दलले सत्तापक्षले अडान नछोडे मङ्गलबार मतविभाजनबाट सो विषय टुङ्ग्याइने जनाएका छन् ।
भेप तस्करीमा भरिया मात्रै पक्राउ
राजस्व विभागको तथ्याङ्कमा यस वर्ष भेप (विद्युतीय चुरोट) आयात भएको छैन । आयात इजाजत नभएको त्यही भेप आजभोलि देशका विभिन्न स्थानबाट ठुलो परिणाममा बरामद भइरहेको छ ।
क्षेत्रीय सहयोग बिना शान्ति र समृद्धि सम्भव छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै प्रधानमन्त्रीले क्षेत्रीय सहयोग बिना शान्ति र समृद्धि सम्भव नभएको बताउनु भएको छ ।
सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग उपचार सेवा सुरु
सशस्त्र प्रहरी बल (एपिएफ) अस्पताल, बलम्बुमा क्षयरोगको उपचार सेवा सुरु भएको छ ।
‘साहित्य, कला, सङ्गीत देशको पहिचान र आत्मा हो’
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनु भएको छ ।
कम्युनिस्ट नेता नन्दनको निधन
बारा, पर्सा र रौतहट क्षेत्रमा कम्युनिस्ट आन्दोलनको आधारशीला राख्नेमध्येका एक अग्रज नेता नन्दन अर्यालको ९५ वर्षको उमेरमा निधन भएको छ। उहाँको जन्म बाराको कलैया उपमहानगर पालिका –१४ बघवनमा १९८८ मा भएको थियो ।
करेन्ट लागेर पुरुषको मृत्यु
रौतहटको बौधीमाई नगरपालिका–४, इनरबारीका एक पुरुषको करेन्ट लागेर ज्यान गएको छ । करेन्ट लागेर घाइते हुनुभएका ५२ वर्षीय अजयनारायण मिश्रको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
भक्तपुरमा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला बनाउने तयारी
नेपालमा फुटबल समर्थकको चापलाई दृष्टिगत गरी सरकारले भक्तपुरको सूर्यविनायकमा अन्तर्राष्ट्रिय स्तरको फुटबल रङ्गशाला निर्माण गर्ने भएको छ ।
पहिरो खस्दा घरसहित चौपाया पुरिए
डोजरले खनेको सडकबाट पहिरो खस्दा दुईवटा घरसहित पशुचौया पुरिएका छन् । परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि एकजना ज्येष्ठ नागरिक गम्भीर घाइते हुनुभएको छ ।
पारस्परिक हितमा गहन विमर्श
जनवादी गणतन्त्र चीनको तियान्जिन सहरमा साङ्घाई सहयोग सङ्गठन (एससिओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन एससिओका सदस्य राष्ट्रका प्रमुखलगायत विश्व नेताहरू भेला भएका छन् । सो