अन्तर्राष्ट्रिय बजारको खोजीमा जुम्ली स्याउ
जुम्लामा यतिबेला धमाधम स्याउ टिप्ने सिजन चलिरहेको छ । ताजा र स्वादिलो भएकाले स्थानीय कृषक अचेल अन्तर्राष्ट्रिय बजारको खोजीमा छन् । नेपाली बजारमा पनि जुम्ली स्याउको उच्च माग भएकाले अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सके यहाँका स्याउले सहजै बजार लिन सक्ने उनीहरूको बुझाइ छ ।
अवकाश लागु हुने उमेरमा जुटेन सहमति
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति सत्तापक्ष र विपक्षमा विभाजित भएपछि सङ्घीय निजामती सेवा विधेयक–२०८० को अनिवार्य अवकाशसहित बाँकी रहेका विषयको छलफल सहमति नभई रोकिएको छ । सहमति हुन बाँकी रहेका विषयलाई टुङ्ग्याउँदै आइतबार नै दफावार छलफल सम्पन्न गर्ने गरी बसेको बैठक छ घण्टा चले पनि अनिर्णीत बनेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको अनुपस्थितिमा शुक्रबार सङ्घीय निजामती सेवा विधेयक–२०८० को अनिवार्य अवकाशको व्यवस्थासम्बन्धी छलफलमा समितिले सर्वसम्मत
करेन्ट लागेर महिलाको मृत्यु
बाराको सिम्रौनगढ नगरपालिका –५, कोनिहाटी चौरमा आइतबार साँझ करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। आज करिब ३ः३० बजे घाँस काट्ने क्रममा करेन्ट लागेर शम्भुप्रसाद यादवकी ५० वर्षीया श्रीमती अनितादेवी यादवको घटनास्थलमै मृत्यु भएको हो।
करेन्ट लागेर एक जनाको मृत्यु
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा ५ का ३० वर्षीय सन्तोष राईको मृत्यु भएको हो ।
लघुकथाका प्रतियाेगीहरूलाई पुरस्कार प्रदान
उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय लघुकथा प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको छ । हाम्रो लघुकथा केन्द्र, दक्षिणकालीद्वारा राजधानीमा आयोजित कार्यक्रममा उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गरी पुरस्कार प्रदान गरिएको हो ।
चिनियाँ राष्ट्रपतिको स्वागत समारोहमा प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ।
सहिद पार्क र गुम्बामा वृक्षरोपण
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सहिद पार्क र साङ्छ्योलिङ जिन्दाग गुम्बामा वृक्षरोपण गरिएको छ । गाउँपालिकाको वडा १ सावादिनमा रहेको उक्त दुई स्थानमा वृक्षरोपण गरिएको हो ।
धुर्कोटमा एक व्यक्ति मृत फेला
धुर्कोट गाउँपालिका –६ रजस्थल किटेनीका ५७ वर्षीय शिवबहादुर घर्ती मृत फेला परेका छन् । उहाँ मदाने गाउँपालिका –७ भनभनेको लाम्काने जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बारको पहिलो महिला अध्यक्षमा श्रीष काउचा
उच्च अदालत बार एसोसिएसन बागलुङको अध्यक्षमा अधिवक्ता गीता श्रीष काउचा थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि सुरु भएको बारको ३३ औं अधिवेसनबाट श्रीष अध्यक्षमा चयन हुनुभएको हो ।
डिजिटल युगमा पनि पुस्तकालयको महत्व घटेको छैन : सञ्चार मन्त्री
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पुस्तकालयलाई केवल किताब भण्डारण गर्ने ठाउँका रुपमा मात्रै नभई समाजको समग्र विकासको केन्द्रको रूपमा पुनः परिभाषित गर्नुपर्ने राज्यको दायित्व रहेको बताउनुभयो ।
गौरा पर्वको उपलक्ष्यमा मन्दिरमा सरसफाइ
सुदूरपश्चिको मौलिक पर्व गौराको अवसरमा मन्दिर परिसरमा सरसफाइ गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका –९ डाडा कुण्डास्थित सिद्धनाथ मन्दिर वरिपरि स्थानीयले सरसफाइ गरेका छन् ।
जनताको आधारभूत आवश्यकता पूरा गर्छौँ : प्रमुख लामा
बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौँडामा मीना कुमारी लामा पहिलो महिला नगर प्रमुख हुनुहुन्छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट २३ हजार ७५ मत ल्याएर उहाँ नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार अनन्त प्रसाद पौडेललाई दुई हजार १६७ मत अन्तरले पराजित गर्दै हेटौँडाको पहिलो म
पैँसट्ठी अर्ब वैदेशिक लगानी प्रतिबद्धता, भित्रियो बाह्र अर्ब
आर्थिक वर्ष २०८१/८२ मा मुलुकमा लगानी गर्ने भनेर झन्डै ६५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आउँदा १२ अर्ब रुपियाँ मात्र लगानी भित्रिएको छ ।
दशक लामो प्रयास, उपलब्धि कमजोर
पशुपन्छीको नस्ल सुधारका लागि नेपालमा करिब डेढ दशकदेखि प्रयास भए पनि अपेक्षित उपलब्धि भने न्यून रहेको छ ।
लिपुलेकसम्बन्धी समझदारीमा आपत्ति
प्रधानमन्त्री केपी शर्मा ओली र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङबिच शनिबार तियानजिनस्थित तियानजिन अतिथि गृहमा द्विपक्षीय भेटवार्ता भएको छ ।
सिनेमा हेरे जस्तो नगर प्रहरीका काम
काठमाडौँ महानगर प्रहरी बलले विभिन्न कार्यक्रम आयोजना गरी ३३ औँ महानगर प्रहरी दिवस मनाएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो । विक्रम संवत् २०५० भदौ १४ गते नगर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २१९ जना नगर प्रहरीको दरबन्दी व्यवस्था गरेर काठमाडौँले नगर प्रहरी सेवा थालेको हो । अहिले त्यो सङ्गठन ३३ औँ वर्षमा प्रवेश गरेको हो ।
सङ्घीय निजामती विधेयक : राखिने भयो विश्राम अवधि
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक–२०८० मा राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीको पदबाट सेवा निवृत्त भएको व्यक्तिलाई दुई वर्षसम्म संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति लिन नहुने ‘विश्राम अवधि’ (कुलिङ अफ पिरियड) राख्न सहमति जुटाएको छ । राष्ट्रिय सभाको समितिले सो विषयमा सहमति गरेसँगै प्रतिनिधि सभाले गरेको त्रुटि सच्चिएको छ ।
जटिलताबाट गुज्रँदै पुस्तकालय
नेपालमा पुस्तकालय स्थापनाका लागि नीतिगत निर्णय भएको दुई सय वर्षभन्दा बढी भइसक्दा पनि पुस्तकालयहरू भने अझै पनि आर्थिक र नीतिगत जटिलताबाट मुक्त हुन सकेका छैनन् । यसले जनस्तरमा पठन संस्कृतिको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पुस्तकालयमध्ये केही धिपधिपे बत्ती जसरी सञ्चालन भइरहेका छन् । सञ्चालनमा आएकामध्ये आधाभन्दा धेरै बन्द भइसकेका छन् । पुस्तकालय अध्येताहरूका अनुसार नेपालमा गीर्वाणयुद्धविक्रमको समयमा पुस्तकालयसम्बन्धी नियम बनाई १८६९ भदौ १५ गते नेपालको प्रथम औपचारिक पुस्तकालय ‘पुस्तक चिताई तहबिल’ स्थापना भएको मानिन्छ ।
ढुवानी भइरहेको गोरुसहितको ट्रक नियन्त्रणमा
पश्चिम नवलपरासी प्रहरीले बर्दघाटबाट तस्करीको गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिकाको टीसीएन चोकमा १८ वटा गोरु लोड गरेको ना ६ ख ९१७७ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिप्रति प्रधानमन्त्री ओलीको आपत्ति
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा आपत्ति जनाउनुभएको छ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिन फिङबिच भेटवार्ता भएको छ ।
गैरकानुनी विदेश यात्रा : परिवारलाई आहत, छैन राहत
गलकोटकी एक युवती गैरकानुनी रूपमा विदेश जाँदा हिंसामा परिन् । ती महिला पर्यटन भिसामा ओमान गएकी थिइन् । गैरकानुनी रूपमा घरेलु कामदार बस्दा हिंसामा परेर ती महिलाले दुःख पाइन् ।
गौरा पर्वको दुई दिन सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । नेपाल सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते गौरा पर्वको बिदा दिएपछि यो प्रदेशमा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।
सङ्कटमा पुस्तकालय
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा केही समय ढिला भएमा बस्ने कुर्सी पाउन मुस्किल पर्छ । झिसमिसे हुँदै विद्यार्थीको लर्को पुस्तकालय अघिल्तिर सुरु भइसक्छ । भिड कति बढ्यो भने कुनै समय निःशुल्क पुस्तकालयमा अहिले नियमित रूपमा जानेले शुल्क तिर्नु पर्छ ।