नेपालको प्रतिष्ठालाई माथि उठाउने छु : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणमा नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने बताउनुभएको छ । भ्रमणका विषयमा प्रतिनिधि सभामा जानकारी दिँदै प्रधानमन्त्री ओलीले समसामयिक विषयमा नेपालको अवधारणा तथा प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री आज चीन जानुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा शनिबार चीन प्रस्थान गर्नुहुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि चीन प्रस्थान गर्नुहुने भएको हो ।
भत्किए सवा दुई सय गुम्बा, बनाइए पाँच
भूकम्प गएको एक दशक पूरा हुँदासमेत गुम्बा पुनर्निर्माणले पूर्णता पाएको छैन । विसं २०७२ वैशाख १२ गते गएको भूकम्प त्यसपछि आएका परकम्पका कारण देशैभर बौद्ध धर्मावलम्बीका २१५ गुम्बा भत्किएका थिए । ऐतिहासिक एवं पुरातात्त्विक सम्पदा पुनर्निर्माण गर्ने क्रममा सबैभन्दा ढिलो गरी गुम्बाको हुन पुगेको हो ।
पुस्तकालय विद्युतीकरण गरिने
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पस तथा कार्यालयमा रहेका पुस्तकालयलाई विद्युतीकरण गर्ने बताउनुभएको छ ।
नापी अधिकृतविरुद्ध पौने छ करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भूमि विधेयक पारित : प्रयोजन फेरेर बिक्री गर्न बन्देज
भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाको बहुमतले पारित गरेको छ । सरकारले फास्ट ट्र्याकमा विधेयक पारितको तयारी गरे पनि सत्तारूढ दलबिचकै विमतिका कारण संसदीय समितिमा दफवार छलफल गरेर विधेयक पारितको प्रक्रिया अघि बढाइएको थियो ।
स्थानीय तहमा प्रमुख प्रशासक अब निमित्त प्रमुख नरहने
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्थाको अन्त्य गरेको छ । यसअगाडि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहँदा सेवा प्रवाह र विकासनिर्माणका काममा अपेक्षाकृत सफलता हासिल हुन नसकेको गुनासो आएपछि मन्त्रालयले एकै पटक १९१ जना उपसचिव र शाखा अधिकृतलाई स्थानीय तहमा शुक्रबार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएसँगै स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने प्रवृत्तिको अन्त्य गरिएको हो ।
आफन्त फर्किने आशामा बिते उन्नाइस वर्ष
नेपालमा सशस्त्र जनयुद्ध अन्त्य भएको १९ वर्ष बित्यो । एक दशकसम्म चलेको सशस्त्र जनयुद्ध तत्कालीन सरकार राजनीतिक दल र नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौतामार्फत नेपालको संविधान जारी भई शान्ति प्रक्रियामार्फत १० बर्से द्वन्द्वका घाउ मेट्ने अध्याय पनि प्रारम्भ भयो ।