सूर्योदयको डिजिटल फड्को
इलामको सूर्योदय नगरपालिकाले आफ्ना दैनिक गतिविधिलाई डिजिटल माध्यममा लगेसँगै प्रविधिमा फड्को मारेको छ । प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तीव्रता दिएको छ । नगरले पछिल्लो समय अनलाइन सेवा पोर्टलसमेत सञ्चालनमा ल्याएको छ । अनलाइनमार्फत कर तिर्न सकिने, सूची दर्ता गर्न सकिने, सबै प्रकारका सिफारिस, अन्य दर्ता गरी चार प्रकारका सेवा सञ्चालनमा ल्याएको छ । पेपरलेस (कागजरहित) अभियानमा लागेको नगरले अब कुनै पनि हस्तलिखित निवेदन नबुझ्ने जनाएको छ । नगरप्रमुख रणबहादुर राईले डिजिटल प्रविधि सुरु भएपछि सेवा लिने र दिने दुवैको समय बचत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरका काम गर्न अब घण्टौँ धाउनु र लाममा बस्नु पर्दैन, घरमै बसेर गरे हुन्छ ।”
भूकम्प पीडितको उद्धारका लागि सुरक्षाकर्मी तैनाथ : क्षतिको विवरण सङ्कलन गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले बिहान खोटाङमा गएको ६ म्याग्निच्युडको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिनुभएको छ ।
खोटाङ भूकम्पमा परी घरहरु भत्किए
खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रबिन्दु बनाएर आज बिहान ८ बजेर १३ मिनेट जाँदा म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ ।
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
परीक्षाफल ढिलो हुँदा अन्योलमा विद्यार्थी
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको साउन महिनामा सञ्चालन गरेको परीक्षाको परिणाम अझै प्रकाशित नगर्दा विद्यार्थी अन्योलमा परेका छन्। परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको वार्षिक परीक्षा प्रणालीअन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी, शिक्षाशास्त्र, विज्ञान र प्रविधि, व्यवस्थापन सङ्कायको परीक्षाफल प्रकाशनमा ढिलाइ गर्दा हजारौँ विद्यार्थीमा निराशा बढेको छ। नियमित प्रक्रियाअन्तर्गत ढिलोमा चार महिनाभित्रमा प्रकाशित हुनपर्ने परीक्षाफल वर्ष दिन बित्दासमेत प्रकाशित नगरिँदा उज्ज्वल भविश्यको कल्पना गरिरहेका विद्यार्थीमा तनाव बढाएको हो।
करोडौं लगानीको दमक मिथेन ग्यास प्रयोगविहीन बन्दै
झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगविहीन बनेको छ । उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरणका लागि विस्तृत परियोजना विवरण बने पनि काम हुन नसकेको बताइएको छ ।
सङ्खुवासभामा ११ परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ
सङ्खुवासभामा पनि कोरोना भाईरस संक्रमित बिरामी फेला परेको छ । मादीको नगर अस्पतालमा संकास्पद ११ बिरामीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।
भारत लैजादै गरेको १५६ केजी गाँजा सहित ट्रक र चालक नियन्त्रणमा
तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ ।
अस्पतालमा बिरामीको चाप, बालबालिकामा ज्वरो र श्वास–प्रश्वासको समस्या
विराटनगरका अस्पतालमा ज्वरो, रुघाखोकी र श्वास फेर्न असजिलो हुने बिरामी बालबालिकाको चाप बढेको छ । अस्पतालमा दैनिकजसो यस्तो लक्षण भएका बिरामी बालबालिका भर्ना भए पनि यसको कारण भने खुलेको छैन । कोसी अस्पतालका बालरोग विशेषज्ञ डा. रामनारायण चौधरीका अनुसार दैनिक २५ जनाको सङ्ख्यामा बिरामी बालबालिका भर्ना हुने गरेका छन् । परीक्षण गर्न आउनेको सङ्ख्या त्योभन्दा तेब्बर छ । अभिभावकले लिएर आएका यस्ता बालबालिकामा समान प्रकृतिको लक्षण देखिएको छ ।