पानी पार्न मन्दिरमा भाकल
सुनसरीमा धान रोपाइँ सकिएको करिब दुई महिना हुन लागेको छ तर अकाशे भरमा धान लगाएको धान बाली सुक्न थालेको छ। यसको मुख्य कारण हो एक महिनायता पर्याप्त वर्षा नहुनु र अत्याधिक गर्मी हुनु। यसले गर्दा भगवान् इन्द्र रिसाएको हो कि भनेर पानी पार्न भन्दै मन्दिरमा भाकल गर्ने र राति महिलाले सामूहिक मौलिक गीत गाउने र नाचेर जटजाटिन खेल्ने क्रम बढेको छ।
तीनदिने पाथीभरा पर्यटन महोत्सवको तयारी
ताप्लेजुङमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको तयारी थालिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आगामी असोज दोस्रो साता महोत्सव आयोजना गर्नेगरी तयारी थालिएको हो ।
सबैको पहिचान स्वीकार नगर्दा प्रदेश नामकरण हुन सकेन: नेता कार्की
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं नेकपा एमालेको तर्फबाट प्रदेशको नामकरणको विषयमा सहजिकरण गर्न बनाएको कार्यदलका संयोजक हिक्मत कार्कीले प्रदेश १ को नामाकरण यो प्रदेश सभाले गर्न नसक्ने अवस्था आएको बताउनुभएको छ ।
कोसी किनार बन्यो आकर्षक गन्तव्य
पौडी पोखरीसहित रिसोर्टहरू खुलेपछि उदयपुरको बेलका नगरपालिका वडा नं ८ को सोमबारे र कोठु क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। सप्तकोसीको किनारामा अवस्थित सो क्षेत्रमा करिब चार करोडको लगानीमा निर्माण गरी हालै सञ्चालनमा ल्याइएको पुलसहितको बेलका विच एन्ड रिसोर्टले नेपाल र छिमेक मुलुक भारतकासमेत पर्यटकलाई आकर्षित गरेको हो।
धरान–इटहरी सडक निर्माण सुस्त हुँदा दुर्घटना बढ्दो
व्यस्त मध्येको एक मानिने कोशी राजमार्ग अन्तर्गतको धरान–इटहरी सडक निर्माणमा लापरवाही र ढिला सुस्ती हुदाँ दुर्घटना बढ्न थालेकोे छ ।
भालुको आक्रमणबाट राई गम्भीर घाइते
जिल्लाको सिलिचोङ गाउँपालिका –३ मा एक जना भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ । सो गाउँपालिकाको साप्तेल गाउँका ७० बर्षीय जुद्धमाया राईलाई आइतबार विहान भालुले आक्रमण गरेको थियो ।
दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताउनुभएको छ ।
सञ्चालनमा आयो म्युजिकल वाटर फाउण्टेन
झापाको अर्जुनधारा गाउँपालिकामा पर्ने शहीद उड्डयन पार्कको रुपमा चिनिएको राजनीतिक पर्यटकीयस्थल सालबारीमा ‘म्यूजिकल वाटर फाउण्टेन’ को उद्घाटन भएको छ ।
प्रतिष्ठानको सुधारका लागि सरकार प्रतिबद्ध
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको सुधारका लागि सरकार प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभएको छ ।