विकास निर्माणमा राजनीति गर्नु हुँदैन : परराष्ट्रमन्त्री डा. खड्का
परराष्ट्र मन्त्री डा.नारायण खड्काले वर्तमान सरकार गठन भएपछि नेपालको अन्तराष्ट्रिय छवि धेरै सुध्रिएको र नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय निकाय लालायत हुन थालेको बताउनुभएको छ।
एमालेका लागि झापा मक्का मदिना : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला एमालेका लागि सधैं मक्का मदिना भएको बताउनुभएको छ । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार उदघाटन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । झापाले देश निर्माणको लागि र राजनैतिक चेतका लागि भूमिका खेलिरहेको उहाँले बताउनुभयो ।
मन्त्री कार्कीद्वारा लौकही सभाहलको निरीक्षण
सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा निर्माणाधीन सभाहलको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निरीक्षण गर्नुभएको छ । शनिबार सुनसरीको कार्यक्रममा सहभागी हुन आउनुभएका नेपाल सरकारका प्रवक्ता एवम् मन्त्री कार्कीले लौकही टन हल निर्माणको चरण र अवस्थाबारेमा जनाकारी लिनुभएको हो ।
कारखानाको ‘राष्ट्रिय प्रोफाइल’ तयार पार्न जरुरी छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकासका लागि नीजि क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको छ । औधोगिक विकास र तथा आत्मनिर्भरताका लागि एउटा राष्ट्रिय प्रोफाइल बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
संरक्षणको पर्खाइमा अतिरिक्त हुलाक कार्यालय
कुनै समय अत्यावश्यक सेवा दिने मोरङको रतुवामाई–१० सातमेडीको अतिरिक्त हुलाक कार्यालय यतिबेला संरक्षण पर्खिरहेको छ । विसं. २०३५ सालमा स्थापना भएको अतिरिक्त हुलाकमा चिट्ठीपत्र आदान–प्रदान हुन छोडेपछि कार्यालय सुधारमा कसैको ध्यान पुगेको छैन ।
बाँसको बाँधले बस्ती जोगियो
बाँसको अस्थायी बाँधका कारण झापा कनकाई नगरपालिका–४, त्रिवेणी टोलको एउटा सिङ्गो बस्ती कटान हुनबाट बचेको छ। कनकाईमाईको एउटा भङ्गालो गत साउन दोस्रो सातादेखि सिँधै बस्ती ताकेर आएपछि गाउँ बगाउने भयले त्यस क्षेत्रका ७० घरपरिवार रातभर निदाउन नसकेको स्थानीय अमृत ढकालले बताउनुभयो। खोलाले धार परिवर्तन गरेर कटान सुरु गर्नसाथ कनकाई नगरपालिकाले आफ्नो खर्चमा खोलाको पूर्वी तटमा एक साताभित्रै अस्थायी बाँध बाँध्न सुरु गरेको कनकाई नगरपालिका–४ का वडाध्यक्ष रोशन सुवेदीले बताउनुभयो। “नगरपालिकाको जम्मा १२ लाख रुपियाँ जति खर्च भयो होला तर यसले करोडौँको जमिन र ७० घरपरिवार जोगिएको छ,” सुवेदीले भन्नुभयो।
विजयी हुनेगरी सक्रिय हुनुस् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनलाई परास्त गरी विजयका लागि सक्रिय हुन पार्टी पङ्तिलाई निर्देशन दिनुभएको छ । नेपाल यातायात स्वतन्त्र मुजदुर संगठन ई–रिक्सा दमक नगर समितिको तेस्रो नगर अधिवेशनको शुक्रबार यहाँ उद्घाटन गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभयो ।
‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक बढे
सन्तोष राउतसोलुखुम्बु, भदौ ३ गते । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढेको रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चे सोलुखुम्बुले जनाएको छ ।गत वर्ष यही समयमा दैनिक २/३ जना मात्र विदेशी पर्यटकहरु मात्रै भ्रमणका लागि आउने गरेको खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्ववारिका अछामीका अनुसार अहिले दैनिक रुपमा तीन वटासम्म हवाई उडान हुने गरेको छ भने हेलिकप्टरहरुले दैनिक दुई दर्जन भन्दा बढी उडान गर्ने गरेका छन् ।खुम्बुमा विशेष गरी वर्षको दुई सिजनमा पर्यटकको चाप हुने गर्दछ । ‘स्प्रिङ’ सिजनका रुपमा वैशाख, जेठ, असार र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजनका रुपमा मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने सो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ ।तर यस वर्ष भने सिजन सकिएपछि पनि फाट्टफुट्ट पर्यटकहरु आइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना कहरका कारण लगातार दुई वर्षसम्म भ्रमणमा निस्कन नपाएका विदेशी पर्यटक अहिले आउने क्रम बढेको हो ।
सर्दु जलाधारको सिमाना नतोकिदा पीडा खेप्दै स्थानीयबासी
धरानको खानेपानीको मुहान रहेको सर्दु जलाधार क्षेत्रको सिमाना नतोकिदा स्थानीयबासी पीडा खेप्न बाध्य भएका छन् ।