• १३ वैशाख २०८१, बिहिबार

कारखानाको ‘राष्ट्रिय प्रोफाइल’ तयार पार्न जरुरी छ : अध्यक्ष ओली

blog

विष्णुप्रसाद पोखरेल

दमक, भदौ ४ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकासका लागि नीजि क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको छ । औधोगिक विकास र तथा आत्मनिर्भरताका लागि एउटा राष्ट्रिय प्रोफाइल बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । 

शुक्रबार साँझ झापाको दमकमा स्थानीय उद्यमी ब्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । निर्यातका लागि निर्यातमूलक उद्योग र आत्मनिर्भरताका लागि आवश्यक के कस्ता कारखाना बनाउन सकिन्छ भनेर राष्ट्रिय प्रोफाइल तयार पारेर त्यसैअनुसार अघि बढ्नु पर्छ, उहाँले भन्नुभयो । 

हरेक उद्योगले अधिक उत्पादन दिन सकोस भनेर ध्यान दिने, हरेक उद्योगमा लागत कम गर्ने उपाय खोजिनु पर्छ ओलीको थप्नुभयो, “लागत कम र प्रतिफल ज्यादा भएमा मात्र यसबाट उपलब्धि हुनसक्छ ।” अहिलेसम्म सरकारको नीतिबाट खुशि भएर कुनै पनि उद्योग नखुलेको उहाँले बताउनुभयो । 

कुन उद्योग कहाँ चलाउने र त्यसको सम्भावाना कस्तो छ भनेर सरकारले अध्ययन गरेर त्यसैअनुसारको नीति बनाउनु पर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । धितो राखेर ऋण दिने काम मात्र गरेर उद्योगहरुको विकास हुन नसक्ने उहाँले बताउनुभयो । परियोजनाको आधारमा ऋण दिने र त्यही धितो मान्ने नीति अहिलेसम्म प्रभावकारी नरहेको समेत उहाँको भनाइ छ ।

नीजि क्षेत्रलाई प्रोत्साहित त गर्नु पर्छ तर नीजिकरण मात्र अहिलेको समस्याको सामधान होइन ओलीले भन्नुभयो, “नीजि, सार्वजनिक क्षेत्र र कर्मचारी संयन्त्रमा समेत कतिपय खरावीहरु छन्, यी बिषयलाई हटाउनु पर्छ । सहकारीमा कमीकमजोरी छन् ।” राज्यको सहयोग र साथबेगर नीजि क्षेत्रको विकास सम्भव नभएको पनि उहाँले बताउनुभयो ।