एकै विद्यालयका २७ विद्यार्थीमा कोरोना सङ्क्रमण
एकै विद्यालयका २७ जना विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरस्थित बरुणेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीमा कोरोना पोजिटिभ पाइएको हो ।
ताप्लेजुङका मतदाता नब्बे हजार
आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मतदाताको सङ्ख्या साढे नब्बे हजार बढी हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा कूल मतदाताको सङ्ख्या ९० हजार ६४० हुने भएको हो ।
गोल्मा राजारानीको मूर्ति स्थापना
दोलखाको सैलुङ गाउँपालिका–५ मा नेपालमै प्रख्यात मानिने गोल्मा राजा गोल्मा रानीको मूर्ति स्थापना गरिएको छ । बागमती प्रदेश सरकारबाट प्राप्त ३० लाखमध्ये १५ लाख ४४ हजार रुपियाँमा मूर्ति स्थापना गरिएको उपभोक्ता समिति अध्यक्ष नवराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार काम भएबराबरको भुक्तानी भएको छ र बाँकी रकम फिर्ता गएकाले परिसरमा घेराबार गर्न सकिएको छैन ।
अस्पतालको फोहोर नदीमा विसर्जन
बिर्तामोडका विभिन्न अस्पतालले अस्पतालजन्य फोहोर विरिङ नदीमा फाल्दा नदी प्रदूषित भएको छ। रातको समयमा बिर्तामोडको कनकाई अस्पताल, मनमोहन अस्पताल र विभिन्न आँखा अस्पतालबाट उत्पादित फोहोर, सिरिन्जलगायतका अस्पतालजन्य फोहोर सिधैँ नदीमा फाल्दा नदी प्रदूषित बनेको छ भने नदी आसपासमा बसोबास गर्ने स्थानीयसमेत मर्कामा परेका छन्।
पहिरो विस्थापित परिवारले पाए जग्गा
दुई वर्षअघि सिलिचोङ गाउँपालिका–१, सिसुवाखोलामा गएको पहिरोले विस्थापित बनाएकाहरूलाई जग्गा हस्तान्तरण गरिएको छ। २०७७ असार २७ गते राति गएको पहिरोबाट विस्थापित ५५ परिवारले खाँदबारी नगरपालिका–७ मा निःशुल्क जग्गा पाएका छन्। पहिरो विस्थापित ९२ परिवार मध्ये ५५ परिवारलाई जिल्ला सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिका ल्याइएको हो। बाँकी ३७ परिवारलाई सिलिचोङ–१ कै चित्रे र बखल्टुम भन्ने स्थानमा पुनस्र्थापना गरिएको छ। गाउँ नै बग्ने गरी गएको पहिरोको कारण विस्थापित भएकालाई पुनर्वास हुन चाहेको ठाउँ रोज्न लगाइएको थियो। सो क्रममा ५५ जनाले खाँदबारी रोजेका थिए।
कोसी पीडितलाई राहत वितरण
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ डुम्रिबोटे लाहुरे खोचबाट सप्तकोसी नदी गाउँ पसेपछि विस्थापित भएका तीन सय परिवारलाई लायन्स क्लब ३२५ एफले राहत सामग्री वितरण गरेको छ।
सरकारले चाहेमा चाँडै निजामती सेवा ऐन बन्नसक्छ : अध्यक्ष तिमल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहेमा चाँडै निजामती सेवा ऐन बन्ने बताउनुभएको छ।
प्रदेशका एकल अधिकारमा संघको हस्तक्षेप भयो : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशका एकल अधिकार कार्यान्वयन गर्न सङ्घीय सरकारको अनुमति लिनुपर्दा काम गर्न कठिनाइ भइरहेको बताउनुभएको छ ।
तीन महिनादेखि इलामको सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द
उडान शुरु भएको छोटो समयमै इलामको सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द भएको छ । पर्याप्त यात्रुको चाप हुँदाहुँदै तारा एयरले उडान भर्न छोडेपछि उडान शुरु भएको ६ महिना नपुग्दै सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द भएको हो ।