• ६ कात्तिक २०८१, मङ्गलबार

दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की

blog

इनरुवा,  भदौ ५ गते । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताउनुभएको छ । सुनसरीको बराहक्षेत्र ६ र ९ स्थित श्रीलङ्का टापुमा रहेको कोसी पीडितको अवस्था निरीक्षण गर्न आउनुभएका उहाँले सो कुरा बताउनुभएको हो । 

मन्त्री कार्कीले  कोसी कटानबाट क्षति भएकोे  क्षेत्रलाई सरकारले सङ्कटग्रत क्षेत्र घोषणा गरेर स्थायीवासीको समस्या समाधानका लागि योजना बनाउन लागिपरेको बताउनुभयो । सप्तकोसी नदीबाट बर्सेनि स्थानीयवासीले विभिन्न किसिमको समस्या भोग्दै आएकाले त्यसलाई अब दीर्घकालीनरुपमा समधान गर्न सरकारले योजना बनाएर अघि बढ्ने उहाँले जानकारी गराउनुभयो ।

बर्सेनि वर्षाको समयमा सप्तकोसी नदीले वितण्डा मच्चाउनुका साथै  कटानसमेत गर्ने गरेको र  त्यसबाट सयौँको सङ्ख्याका स्थानीयवासी पीडित हुँदै आएकाले तत्कालीन र दीर्घकालीनरुपमा योजना बनाएर समधान गर्न वर्तमान सरकार लागिपरेको मन्त्री कार्कीले उल्लेख गर्नुभयो  ।