• ७ जेठ २०८१, सोमबार

यार्सा खोज्दा युवकको मृत्यु

blog

सहदेव बस्नेत

जाजरकोट, वैशाख २८ गते । जाजरकोटका एक युवाको  जीवन बुटी (यार्सा गुम्बा ) खोज्न गएको बेला लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १ रामीडाँडाका गणेश गुरुङका १९ वर्षीय छोरा देवेन्द्र गुरुङको मृत्यु भएको जनाइएको छ । 

बारेकोट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले कमाइको लागि जिवनवुटी खोज्न डोल्पाका लेकमा गएका गुरुङको लेक लागेर मृत्यु भएको  जानकारी दिनु भयो । 

यो सिजनमा जाजरकोट लगायतका जिल्ला वाट आर्थिक जोहो गर्नका लागि  डोल्पाका लेकमा बहुमूल्य जडीबुटी ( यार्सा गुम्बा) खोज्न जाने चलन रहेको छ ।