माटो बचाउन मेचीकाली म्याराथन दौड
माटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेचीकाली म्याराथुन दौड सुरु गर्दै झापा आइपुग्नुभएको छ । काठमाडौंको टुंडिखेलबाट १७ दिन पहिले दौड सुरु गर्नुभएका पर्वतका युवा नविन पुनमगरले झापामा आफ्नो सचेतना अभियान सञ्चालन गर्नुभएको छ ।
कीर्ते प्रमाणित प्रदेशसभा सांसद खातुनको राजीनामा
सरकारी कागजात कीर्ते गरेको अदालतबाट फैसला भएपछि प्रदेशसभा सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिनुभएको छ । सांसद खातुनले बुधबार संसद सचिवालयमा दिनुभएको राजीनामा बिहीबार स्वीकृत भएको छ ।
बर्षातले भोजपुरका पाँच स्थानीय तहको यातायात अवरुद्ध
बर्षातका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ । वर्षाले ग्रामीण भेगका कच्ची सडक हिलाम्य भएका छन् ।
जमिन भासिँदा १७ घर उच्च जोखिममा
निरन्तरको वर्षासँगै उदयपुरको कटारी नगरपालिका वडा नं १० तिल्केचौर गाउँको बस्ती भन्दा दुईसय मिटर माथिको जमिन धाँजा परेर भासिन थालेपछि त्यहाँका १७ घर परिवार उच्च जोखिममा परेको कटारी नगरपालिका वडा नं १० का वडा अध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनुभयो ।
पहिरोले मदन भण्डारी राजमार्ग अवरुद्ध
अविरल वर्षासँगै आएको पहिरोले गर्दा मदन भण्डारी राजमार्गको गाईघाट कटारी खण्ड अवरुद्ध भएको छ । उदयपुरको त्रियुगा नगरपलिका वडा नम्बर ७ झोलुङ्गे पुल नजिक पहिरो खस्दा मङ्गलवार राती देखि मदनभण्डारी राजमार्गको गाईघाट कटारी खण्ड अवरुद्ध बनेको हो ।
सात स्थानीय तह डुबानमा
तीन दिनदेखिको अविरल वर्षाको कारण सुनसरी जिल्लाको सातवटा स्थानीय तह अधिक प्रभावित भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार इटहरी उपमहानगरपालिका, वराहक्षेत्र, दुहबी र इनरुवा नगरपालिकाका साथै भोक्राहानरसिंह, हरिपुर र बर्जु गाउँपालिका बाढी र डुबानका कारण अधिक प्रभावित भएका छन् ।
परम्परागत शैलीमा रोपाइँ
मधेश प्रदेशका जिल्लामा परम्परागत शैलीमा धान रोपेर बुधबार धान दिवस मनाइएको छ । कृषि कर्मलाई आधुनिकीकरण गर्ने भन्दै आए पनि प्रदेशका मन्त्री, स्थानीय तहका प्रमुख/अध्यक्षलगायतले असार १५ मा धान दिवसमा हातले हिलोमा धान रोपेका छन् ।‘राष्ट्रिय धान दिवस’ अर्थात् असार १५ कृषकको लागि महत्त्वपूर्ण दिन मानिन्छ । ‘मानो रोपेर मुरी फलाउने’ समय भएकोले खेतमा धान रोपी दही चिउरा खाएर प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ ।
गरिब जनताका लागि उपचार कोष खडा गर्न सांसद राईको माग
प्रदेश १ का पूर्वमन्त्री तथा वर्तमान सांसद उषाकला राईले गरिब जनताका लागि निःशुल्क उपचार कोष गठन गर्नुपर्ने र बलात्कारजस्तो गम्भीर जघन्य अपराधको विषयलाई अन्त्य गर्न पाठ्यक्रममै व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।
इलामको समालबुङका कृषकद्वारा सडकमै रोपाइँ
इलाम नगरपालिकाको दुलालबेसीमा बेठी लगाएर खेतमा धान रोपी रहँदा इलामको सूर्योदय नगरपालिका ५ समालबुङका कृषकले सडकमै धान रोपेका छन् । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाएर किसानका खेतबारीमा धान रोपाई भैरहँदा सडकको कन्तबिजोग भोगेका समालबुङबासीले भने सडकमै धान रोपेर बिरोध जनाएका हुन् ।