१६ असार २०७९, बिहिबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
१६ असार २०७९, बिहिबार
३ वर्ष पहिले
गाईघाट, असार १६ गते । अविरल बर्षासँगै आएको पहिरोले गर्दा मदन भण्डारी राजमार्गको गाईघाट कटारी खण्ड अवरुद्ध भएको छ । उदयपुरको त्रियुगा नगरपलिका वडा नम्बर ७ झोलुङ्गे पुल नजिक पहिरो खस्दा मङ्गलवार रातीदेखि मदनभण्डारी राजमार्गको गाईघाट कटारी खण्ड अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध हुदाँ कटारी गाईघाटमा सवारी बन्द भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको मदन भण्डारी राजमार्ग सडक आयोजना कार्यालय गाईघाटले जनाएको छ । सडक आयोजनाले सडकमा खसेको पहिरो हटाउदा माथिबाट पहिरो झर्ने जोखिम रहेकाले थप क्षति नहुने गरी सडकको अवरोध हटाउन स्काभेटरलगायतका मेसिनहरु प्रयोग गरेर काम गरिरहेको जनाएको छ ।
भक्तिविलास पोखरेल