• २५ माघ २०८२, आइतबार

महोत्सवमा खानाको स्वाद (फोटो फिचर)

blog

खानाको स्टलमा तयार भएका परिकार । तस्बिरः राधा लुइटेल

 राधा लुइटेल 

फिदिम, माघ, ३ गते। पाँचथरको सदरमुकाम फिदिममा आयोजित रैथाने खाना महोत्सव स्थल पुग्दा स्टलमा राखिएका खानेकुराले मन तानिहाल्छ। 

स्थानीय स्तरमै उत्पादन भएका कृषि उपज। ती उपजबाट तयार पारिएका खानेकुराका परिकार तत्काल तयार पारेर खुवाइने गरेकाले ती परिकारले स्वादका पारखीहरुलाई तानेको हो।

यहाँ यस क्षेत्रमा बाहुल्यता रहेका आदीवासी जनजातीसँगै विभिन्न समुदायमा आधारित रैथाने खानेकुरा प्रवर्द्धन र प्रदर्शन गरिँदैछ। 

फिदिम बजारको बिपी पार्क क्षेत्रमा झकिझकाउ बनाएर सजाइएका स्टलमा नेवारी, तामाङ, शेर्पा, गुरुङ, राई, नेवार, मगर, गुरुङ र लिम्बूसहित पाँचथरमा बसोबास गर्ने विभिन्न जाती जनजातीका संस्कृतिमा आधारित रैथाने खानेकुरा राखिएको छ।

यो सँगै कृषि युग सुरु भएयता कृषि कर्ममा प्रयोग गरिएका औजार र जडिबुटी सँगै बन उद्यम सम्बन्धित बस्तुहरु प्रदर्शनीमा राखिएका छन्। 

‘रैथाने खानाको प्रवद्र्धन, आन्तरिक तथा बाह्य पर्यटनको संवद्र्धन’ भन्ने नारासहित  आयोजना गरिएको महोत्सव स्थलमा राखिएका परिकारको स्वादले आफ्नो ध्यान खिचेको तेह्रथुमको आठराईबाट यहाँ आइपुगेका कुशल क्षेत्रीले बताउनुभयो।

नेपाल मगर संघको आयोजनामा माघ १ गते सुरु भएको महोत्सव ३ गतेसम्म सञ्चालन हुने छ। महोत्सवलाई थप आकर्षक बनाउन नजिकै विभिन्न किसिमका सांस्कृतिक र सांगीतिक कार्यक्रम आयोजना गरिएको छ।