• ३ माघ २०८२, शनिबार

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

blog

इनरुवा (सुनसरी), माघ ३ गते । गत बिहीबार भोक्राहा नरसिंह गाउँपालिका–९, सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप १२ लाख प्रदान गरिने भएको छ । 

ट्रक दुर्घटनामा बर्जु गाउँपालिका–१, गुरुङ बस्तीका ५ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयमा क्षतिपूर्ति बापत ट्रक र मार्बल व्यवसायीले ११ लाख र गाउँपालिकाले  एक लाख प्रदान गर्ने सहमति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनु भयो । 

क्षतिपूर्ति उपलब्ध हुने सुनिश्चित भएपछि आज  शव बुझ्ने सहमति भएको छ । प्रति मृतक  १२ लाख प्रदान गर्ने सहमति भएको हो । रासस