• ३ माघ २०८२, शनिबार

श्रष्टा अधिकार तथा संगीत बजारमाथि छलफल

blog

काठमाडौँ, माघ ३ गते। राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा ‘श्रष्टा अधिकार तथा वर्तमान संगीत बजारमा विकृति र विसंगतिहरुको न्युनिकरण’ माथि छलफल कार्यक्रम सम्पन्न भएको छ।

प्रतिलिपि अधिकार कार्यालयका प्रमुख रजिस्ट्रार सविता कार्कीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष नारायणबहादुर थापाको सभापतित्व एवं संस्थाका महासचिव सनम कठायतको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो ।

त्यस्तै संस्थाका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा, सल्लाहकार टेक तामांग, रोयल्टी संकलन समाजका महासचिव वसन्त सापकोटा, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गम्बु शेर्पा लगायतका वक्ताले गीत संगीत भित्रका विकृति विसंगती, त्यसका निराकरणका उपाय, श्रष्टा अधिकार, सचेतना, रोयल्टी व्यवस्थापनका चुनौती र पछिल्लो समय देखिएको एआई प्रविधिको विकास र त्यसका असर र चुनौती लगायतका विविध विषयमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा प्रमुख रजिस्ट्रार कार्कीले श्रष्टा हक अधिकार र कानुनको संशोधित ड्राफ्ट तयार रहेको र त्यसको कार्यान्वयनका लागि श्रष्टा आफै पनि जागरुक भै सरकारलाई घचघच्याउनु पर्ने बताउनुभयो।

संस्थाका अध्यक्ष नारायणबहादुर थापाले यस्ता कार्यक्रम श्रष्टा हकहितका लागि फलदायी रहने र आगामी दिनमा पनि निरन्तर लागिरहने बताउनुभयो।