• ३ माघ २०८२, शनिबार

सभापति गगनलाई नेत्री सुजाताको बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह

blog

सुजाता कोइराला । फाइल तस्बिर

काठमाडौँ, माघ ३ गते। नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिनु भएको छ।  उहाँले परिवर्तनलाई स्वीकार्न नेता कार्यकर्तालाई अग्रह गर्नु भएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो भिडियो सन्देश मार्फत् उहाँले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गर्नु भएको हो।

‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हाँसेर खुसी भएर अङ्गालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु’, उहाँले भन्नु भएको छ। 

नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेतालाई आग्रह गरेकी छिन्।