• २५ माघ २०८२, आइतबार

प्रथम लिङ्तेप गोल्डकप हुने

blog

गोल्डकप बारे जानकारी गराउँदै आयोजक । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 

फुङलिङ, पुस ३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा प्रथम लिङ्तेप आमन्त्रित  गोल्डकप सञ्चालन हुने भएको छ ।

वसन्त पञ्चमीको अवसरमा आगामी माघ ९ गते देखि गोल्ड कप सञ्चालन हुने भएको हो । शनिबार फुङलिङ बजारमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोल्ड कपको बारे जानकारी गराइएको छ ।

श्री प्रगतिशील युवा क्लबको आयोजनामा गोल्ड कप अन्तरगत तुलसी स्मृति प्रतिष्ठान खेल मैदानमा आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष विजय हाङ्गामले जानकारी दिनुभयो । 


प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहने छ । जसमा आयोजकको दुई टिम सहित लालिमा युवा क्लब ढुङ्गेसाँघु, मानाभारा युवा क्लब खेजेनिम, साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङ, पुवाजुङ फुटबल क्लब इलाम, लेस्नमाया स्मृति युवा क्लब खाम्लुङ, कुम्मायक कुसायक क्लब  पाँचथरको सहभागिता रहने अध्यक्ष हाङ्गामको भनाई छ ।  

प्रतियोगिताको विजेता टिमले ३ लाख २ हजार ८२ रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले १ लाख ५२ हजार  ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । 

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ४ हजार रुपियाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ८ हजार रुपियाँ प्रदान गरिनेछ ।

फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले गोल्डकपको आयोजना गरिएको हो । प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ  । प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपियाँ लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।