• ८ वैशाख २०८१, शनिबार

जमिन भासिँदा १७ घर उच्च जोखिममा

blog

संकेतिक तस्बिर

गाईघाट, असार १६ गते ।  निरन्तरको वर्षासँगै उदयपुरको कटारी नगरपालिका वडा नं १० तिल्केचौर गाउँको बस्तीभन्दा दुईसय मिटर माथिको जमिन धाँजा परेर भासिन थालेपछि त्यहाँका १७ घर परिवार उच्च जोखिममा परेको  कटारी नगरपालिका वडा नं १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनुभयो ।

जमिन भासिँदा पहिरोको उच्च जोखिममा स्थानीयवासीहरु भूपेन्द्र बगाले थापा, केशव बस्नेत, लालबहादुर थापा, मानकुमारी कार्की, मीनबहादुर थापा, रमेश थापा, यज्ञबहादुर थापा, दुर्गाबहादुर थापा, डाकबहादुर थापा, दिलबहादुर थापा, बालकृष्ण थापा, लिलबहादुर थापा र अशोक बिष्टको घर उच्च जोखिममा परेको अध्यक्ष खड्काले बताउनुभयो ।

तिल्केचौरको १७ घर रहेको बस्तीमाथि जताततै जमिन भासिएको छ त्यसमध्ये पनि बालकृष्ण, डाकबहादुर, मीनबहादुर, यज्ञबहादुर र भूपेन्द्रको घर पूर्ण जोखिममा भएको उहाँको भनाइ छ । बस्तीभन्दा माथिबाटै जमिन भासिएकोले पहिरोको जोखिम उच्च रहेको उहाँको भनाइ छ । वर्षातको समयभन्दा अगाडि नै पानी परिरहेका कारण पहिरोको उच्च जोखिम बढेको हो । 

अघिल्लो वर्ष कटारी नगरपालिकाको कार्यपालिका बैठकले नगरको वडा नम्बर १० मा १७ घर धुरी विस्थापित हुने अवस्थामा पुगेकाले भूगर्भविद् झिकाएर बस्न नसक्ने अवस्था आए नगरपालिकाले बसोबासयोग्य उपयुक्त स्थानमा बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको थियो । तर त्यो निर्णय कार्यान्वयन हुनसकेको छैन । कोरोना कहरको कारण देखाएर नगरपालिकाले सो निर्णय कार्यान्वयन गर्न नसकेको हो ।

Author

भक्तिविलास पोखरेल