नापी भएको छ वर्षपछि लालपुर्जा
नापी कार्यालय उदयपुरले स्थानीयले भोगचलन गर्दै आएको तर गाउँ ब्लकमा रहेका जग्गा व्यवस्थित गर्ने भन्दै सम्बन्धित जग्गाधनीलाई सोमबारदेखि लालपुर्जा वितरण गर्न सुरु गरेको छ । झन्डै छ वर्ष पहिले नै नाप जाँच गरी तयार पारिएको भए पनि सम्बन्धित जग्गाधनीले जग्गाको स्वामित्व नपाएको अवस्थामा सोमबार आयोजित एक कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले वडा नम्बर १२ का दुई जना जग्गाधनीलाई संयुक्त रूपमा लालपुर्जा वितरण गरेर सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
करारका कर्मचारी हटाएकोमा आपत्ति
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) इनरुवा नगर कमिटिले ईनरुवा नगरपालिकाबाट करार सेवामा कार्यरत कर्मचारीलाई विभेदपूर्ण तरिकाले अवकाश दिइएको भन्दै आपत्ति जनाएको छ । नगर अध्यक्ष तोया गिरी र सचिव मो. मोख्खतार आलमले संयुक्त विज्ञप्ति जारीगर्दै निर्णय सच्याउन आग्रह गर्नुभएको छ ।
विराटनगर महानगरकाे कर दायरामा हेरफेर
विराटनगर महानगरपालिकाले करको दायरामा हेरफेर गरेको छ । सामाजिक कार्यहरुमा कर घटाइए पनि निर्माण र मदिरा व्यवसायलगायतमा कर बढाएको छ ।
आगलागीबाट घर मतान ध्वस्त
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा सोमबार बिहानै आगलागी भएको छ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा भएको आगलागीबाट स्थानीय दावा शेर्पाको घर–मतान जलेर ध्वस्त भएको छ ।
सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ । नगरले सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने अभियान सञ्चालन गरेपछि विद्यालयको गुणस्तरमा सुधार आएको हो ।
पाँच लाख भारूसहित पाँचजना पक्राउ
झापा जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाइन्टबाट सशस्त्र प्रहरीले पाँच लाख २१ हजार भारतीय रुपियाँसहित पाँचजनालाई पक्राउ गरेको छ ।
पर्यटक आवागमन बढेसँगै ब्यूँतिदैं खुम्बु पर्यटन क्षेत्र
कोरोना संक्रमण कम हुँदैजाँदा यस वर्ष सोलुखुम्बुको खुम्बुक्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या ह्वात्तै बढेको छ । दुई वर्षसम्म करिब शुन्यको अवस्थामा रहेको खुम्बुको पर्यटन सगरमाथा लगायतका हिमाल आरोहणको यो ‘स्प्रिङ’ सिजनमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ८३ प्रतिशतभन्दा बढीले पर्यटकको आगमनमा बृद्धि भएको छ ।
धरानमा एक जना कोरोना सङ्क्रमितको मृत्यु
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
विराटनगरका एक हजार ४८४ जना काेभिड बिरामीले पाए राहत
कोरोना महामारीले गर्दा उत्पन्न असहज परिस्थितिका कारण गरिबीको चपेटामा परेका विराटनगरका एक हजार ४८४ परिवारले सरकारबाट राहत सुविधा लिएका छन् ।वर्तमान सरकारले कोरोना महामारीका कारण गरिबीको चपेटामा परेका नागरिकलाई राहत दिने घोषणा गरेको थियो ।