पाँच लाख भारूसहित पाँचजना पक्राउ
झापा जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाइन्टबाट सशस्त्र प्रहरीले पाँच लाख २१ हजार भारतीय रुपियाँसहित पाँचजनालाई पक्राउ गरेको छ ।
पर्यटक आवागमन बढेसँगै ब्यूँतिदैं खुम्बु पर्यटन क्षेत्र
कोरोना संक्रमण कम हुँदैजाँदा यस वर्ष सोलुखुम्बुको खुम्बुक्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या ह्वात्तै बढेको छ । दुई वर्षसम्म करिब शुन्यको अवस्थामा रहेको खुम्बुको पर्यटन सगरमाथा लगायतका हिमाल आरोहणको यो ‘स्प्रिङ’ सिजनमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ८३ प्रतिशतभन्दा बढीले पर्यटकको आगमनमा बृद्धि भएको छ ।
धरानमा एक जना कोरोना सङ्क्रमितको मृत्यु
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
विराटनगरका एक हजार ४८४ जना काेभिड बिरामीले पाए राहत
कोरोना महामारीले गर्दा उत्पन्न असहज परिस्थितिका कारण गरिबीको चपेटामा परेका विराटनगरका एक हजार ४८४ परिवारले सरकारबाट राहत सुविधा लिएका छन् ।वर्तमान सरकारले कोरोना महामारीका कारण गरिबीको चपेटामा परेका नागरिकलाई राहत दिने घोषणा गरेको थियो ।
जमिन भासिएसँगै तुङ्खागाउँ नै जोखिममा
बर्खा लागे संगै धनकुटाको साँगुरीगढि गाँउपालिका वडा नम्बर– ५ तुङ्खाको जमिन भासिन थाले पछि स्थानीयहरु चिन्तित बनेका छन् । हिउँदमा पानीको मुल फुटेर लेदो सहितको पानी जमिन बाहिर आउने र बर्खामा जमिन धाँजाफाटेर भासिने क्रम नरोकिए पछि गाउँनै जोखिममा परेको छ ।
ओलाङ्चुङगोलामा बीओपीद्वारा सरसफाइ
ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा सशस्त्र प्रहरी बल नेपालले सरसफाई अभियान सञ्चालन गरेको छ । ओलाङ्चुङगोलामा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) ले ओलाङ्चुङगोला क्षेत्रमा सरसफाई गरेको हो ।
मध्यतमोरको सुरुङ निर्माण सम्पन्न
ताप्लेजुङमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको मध्यतमोर जल विद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । मध्य तमोर जल विद्युत् आयोजना कुल ७३ मेगावाट क्षमताको हो ।आयोजनाले शनिबार प्रेस वक्तव्य जारी गर्दै शुक्रबार राति १०ः३० बजेतिर सुरुङ छेड्ने कार्य (ब्रेक थ्रु) सम्पन्न भएको जनाएको छ ।
वनेमलाई कारबाहीको सिफारिस, शङ्खर निष्कासित
चन्द्र पन्दाकताप्लेजुङ, असार ३२ गते। नेकपा (माओवादी केन्द्र) ले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमलाई कारबाहीको सिफारिस गरेको छ। पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएकोभन्दै १ नम्बर प्रदेश समितिले केन्द्रीय समितिसमक्ष वनेमलाई कारबाहीको सिफारिस गरेको हो।माओवादी केन्द्र १ नम्बर प्रदेश समितिले केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै वनेमलाई प्रदेश समितिको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरी आवश्यक छानविन र कारबाहीको लागि सिफारिस गरेको हो। प्रदेश समितिले गत असार ३ गते सोधेको स्पष्टीकरणको जवाफ वनेमले ५ गते बुझाएको भए पनि चित्तबुझ्दो नभएकोले आवश्यक कारबाहीका लागि सिफारिस गरिएको प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्बाङ र सचिव गणेश उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। माओवादी केन्द्र प्रदेश समितिका सचिवालय सदस्यसमेत रहेका वनेमले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रयोग गर्न दिइएको उम्मेदवार मनोनयनपत्र (टिकट) को दुरुपयोग गरी पार्टीलाई ठूलो क्षति पुर्याएकाले कारबाहीको सिफारिस गरिएको जनाइएको छ। जिल्ला समन्वय समिति चयनका क्रममा पार्टीको निर्णय विपरीत वनेमले आफू प्रस्तावक रही माओवादी केन्द्र फुङ्लिङ नगर समितिका अध्यक्ष गङ्गाराम शङ्खरलाई प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको थियो। पार्टीको निर्णयविरुद्ध जिल्ला समन्वय समिति प्रमुख पदमा शङ्खरलाई उम्मेदवारी दर्ता गर्न लगाएर पार्टीलाई गम्भीर क्षति पु¥याएकाले कारबाहीका लागि सिफारिस गरिएको माओवादी केन्द्रको १ नम्बर प्रदेश समितिले जनाएको छ। यता पार्टीका फुङ्लिङ नगरसमिति अध्यक्ष तथा नगर कार्यपालिका सदस्य शङ्खरलाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेको प्रदेश समितिले जनाएको छ।प्रदेश समितिले जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक विष्णुकुमार हाङ्बाङ र नगर समिति इन्चार्ज बमबहादुर भट्टराई (तारा) लाई पत्र पठाउँदै शङ्खरलाई निष्कासित गरेको जानकारी गराएको छ। वर्तमान सत्ता गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा सहभागी भएको माओवादी केन्द्रलाई जिल्ला समन्वय समितिको प्रमुख पद आफ्नो भागमा परेको थियो। माओवादीका आधिकारिक उम्मेदवारले मनोनयन दर्ता गर्न नपाएपछि गठबन्धन साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष छिरिङ लामा जिल्ला समन्वय समितिको प्रमुख बन्नुभएको छ।
निगुरोमा जीवन देख्दै पूर्वी मोरङका सयौं परिवार
पूर्वी मोरङका सयौं मानिसलाई सामुदायिक वनको निगुरो नै रोजगारीको श्रोत बनेको छ ।