• १३ साउन २०८१, आइतबार

धरानमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

blog

फाइल तस्बिर

निशा राई

धरान, साउन १ गते। बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. कृष्णा पोखरेलका अनुसार सुनसरीको रामधुनी नगरपालिका ७ निवासी ५७ वर्षीय महिलाको उपचारका क्रममा शनिवार साँझ  मृत्यु भएको हो। 

उहाँ दीर्घरोगी रहेको र कोरोनाविरुद्धको दोस्रो डोज खोप पनि लगाइसक्नुभएको हो। यसभन्दा अघि पनि धरान सुनसरी जिल्लाकै १२ पालिकामध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमित भएको पालिका हो। 

मृत्युदर पनि धरान नै पहिलो नम्बरमा आउने गरेको छ। पछिल्लो समय धरानमा एक हप्ताको अवधिमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। 

सबै सङ्क्रमित होम आइसोलेसनमै रहेको र उनीहरूका अवस्था सामान्य रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताभयो।