झापामा महिला नगर प्रमुखको विजयी
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन परिणाम अनुसार झापाको बिर्तामोड नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएका छन् ।
झापाको गौरादहमा मतगणना प्रभावित
झापाको गौरादह नगरपालिकाको वडा नं. ७ मा नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार बलराम खरेलले एक मत अन्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेपछि विवाद सिर्जना भएको छ ।
ताप्लेजुङका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ
चन्द्र पन्दाकताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्रमुख तथा अध्यक्षले शपथग्रहण गर्नुभएको छ । जिल्लाका नौ स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको हो ।जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश प्रकाश राउतले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकाका नवनिर्वाचित प्रमुख अमिर मादेन, मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले शपथग्रहण गर्नुभयो । यस्तै, पाथीभरा याङ्वरक गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशरकुमार सुब्बा, आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु, मिक्वाखो गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले शपथ लिनुभयो । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति), सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, सिरिजङ्घा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले र मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर (डम्बर) हाङ्गामले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभयो । स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै शुक्रबारदेखि आफ्नो पालिकामा पदभार ग्रहण गर्नुहुने भएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख मादेनले पदभार ग्रहणलगत्तै उपप्रमुख लगायतका नवनिर्वाचित जनप्रतिनिधिलाई शुक्रबार नै शपथग्रहण गराउने तयारी गर्नुभएको छ । बाँकी स्थानीय तहका अध्यक्षहरुको शनिबार शपथग्रहण गराउने बताउनुभयो । ताप्लेजुङमा फुङ्लिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । यस्तै पाथीभरा याङ्वरक गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । मैवाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।
अध्यक्ष ओलीको गृहनगर दमकमा राप्रपाका प्रमुख विजयी
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपा सहितको गठबन्धनले नगर प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ ।
झापाको बुद्धशान्ति काँग्रेस विजयी
झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनोज प्रसाई विजयी हुनुभएको छ । उहाँले ११ हजार ४०३ मत ल्याएर विजय हुनु भएको छ ।
सुनसरीको दुहबी र इनरुवामा कांग्रेस विजयी
सुनसरीको दुहबी र इनरुवा नगरपालिकामा कांग्रेस विजयी भएको छ । दुहबी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बेद नारायण गच्छदार पुनः निर्वाचित हुनुभएको हो ।
ताप्लेजुङका स्थानीय तहमा काँग्रेस अगाडि
ताप्लेजुङमा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेपाली काँग्रेसले चार स्थानीय तहमा जित हासिल गरेको छ । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकासहित चारवटा स्थानीय तहमा काँग्रेस विजयी भएको हो ।
रामधुनी नगरपालिकामा एमालेका उम्मेदवार विजयी
जयकृष्ण यादव इनरुवा, जेठ ५ गते । सनुसरीको रामधुनी नगरपालिकाको प्रमुखमा शंकरलाल चौधरी निर्वाचित हुनुभएको छ । स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार एमालेका उम्मेदबार रामधुनी नगरपालिकाको प्रमुखमा शंकरलाल चौधरी र उपप्रमुख तारा थापा निर्वाचित हुनुभएको हो ।चौधरीले १३ हजार ७७२ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुदिप अधिकारीले ११ हजार ४३५ मत ल्याई पराजित हुनुभयो । उपप्रमुखमा एमालेकै थापाले १२ हजार १२८ मतसहित विजयी हुनुभयो । काँग्रेसका उम्मेदबारले १० हजार ४९३ मत ल्याई पराजीत हुनुभयो । रामधुनी नगरपालिकाको वडा नम्बर १, ५, ६ को वडा अध्यक्षमा काँग्रेस र वडा नम्बर २, ३, ७ र ८ को वडा अध्यक्षमा एमाले र वडा नम्बर ९ को वडा अध्यक्षमा नेकपा एसका उम्मेदबार चिर्वाचित हुनुभएको छ ।
सुनसहित एक पक्राउ
प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको २८ लाख रुपियाँ बढीको सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।