विराटनगरमा ३८ प्रतिशत मत बदर
शनिबार मतगणना सम्पन्न विराटनगर महानगरपालिकाको नतिजामा विजयी मतको तुलनामा बदर मतको सङ्ख्या धेरै पाइएको छ । मतदाता शिक्षा प्रभावकारी नबन्दा बदर मतको ग्राफ उकालो लागेको हो । घोषित परिणममा प्रमुख पदमा कुल
जिसस गठनका लागि कांग्रेसको स्पष्ट बहुमत
ओखलढुङ्गामा जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेसलाई स्पष्ट बहुमत प्राप्त भएको छ । स्थानीय तहको निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि कांग्रेसले एकल बहुमत बनाएको हो । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा नेपाली कांग्रेसको तर्फबाट नौ जना मतदाता हुनुहुन्छ । एक नगरपालिकासहित सात गाउँपालिकाबाट १६ जना मतदातामध्ये नेपाली कांग्रेस एक्लैको नौ जना मतदाता छन् । यसैगरी नेकपा एमालेको पाँच, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबाट एक–एक जना हुनुहुन्छ । नेपाली कांग्रेसले मानेभञ्ज्याङ र सुनकोसी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै जितेको छ ।
पहिले जोसँग हारे, अहिले उसैलाई हराए
पहिलो स्थानीय तह निर्वाचनमा साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कुमारजङ्ग याखा निर्वाचित हुनुभयो, त्यो बेला पराजित उम्मेदवार हुनुन्थ्यो नेपाली कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र राई । यस प्रतिस्पर्धामा बाजी कुमारजङ्ग याखाले मार्नुभएको थियो । पाँच वर्षपछि दोस्रो स्थानीय तह निर्वाचनमा पुनः यी दुई बीच चुनावी प्रतिस्पर्धा भयो । जसमा यो पटक भने कांग्रेसका जितेन्द्र राईले बाजी मार्नुभयो ।
ओखलढुङ्गामा जिसस गठनका लागि काँग्रेसको एकल बहुमत
ओखलढुङ्गामा जिल्ला समन्वय समिति गठनका लागि नेपाली काँग्रेसलाई स्पष्ट बहुमत प्राप्त भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि काँग्रेसले एकल बहुमत बनाएको हो ।
धरानमा इतिहास रच्दै स्वतन्त्र उम्मेदवार साम्पाङ्ग विजयी
धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग विजयी हुनुभएको छ।
ओखलढुङ्गामा गम्भीर घाइते अवस्थामा बालिका फेला, बलात्कारको आशङ्का
शेरबहादुर राई ओखलढुङ्गा, जेठ ८ गते । ओखलढुङ्गाको मानेभञ्ज्याङ् गाउँपालिकामा आइतबार विहान एक बालिका गम्भीर घाइते अवस्थामा फेला परेका छन् । मानेभञ्ज्याङ् गाउँपालिका–५ धिम्लेमा स्थानीयले गम्भीर घाइते र अचेत अवस्थामा बालिकालाई फेला पारेका हुन् । प्रहरी र स्थानीयले बालिकाको उद्धार गरी उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाएका छन् । बालिका मानेभञ्ज्याङ्ग–५ धिम्लेकै रहेको खुलेको छ । करिब १८ वर्षीय बालिका बेलुका परिवारसँगै खाना खाएर सुतेका थिइन । विहान घरमा नभएपछि परिवारले उहाँको खोजी गर्दा गाउँ नजिकैको खोल्सामा उहाँलाई अचेत अवस्थामा स्थानीयले फेला पारेका थिए । बालिकाको बलात्कारपछि मरणासन्न हुने गरी कुटपिट भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनसन्धानबाट देखिएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताउनुभयो । बालिकाको शरीरमा लागेको गम्भीर चोट, फाटेको कपडालगायत घटनाको प्रकृति हेर्दा बालिकालाई सामूहिक बलात्कार गरी पोल खुल्ले डरले मरणासन्न हुनेगरी कुटपिट गरी मरेको ठानेर फालेको हुनसक्ने स्थानीनयले बताएका छन् । बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो । बालिका बलात्कृत भएको हो वा होइन भन्ने विषयमा स्वास्थ्य परीक्षणको रिपोर्ट नआइसकेकाले केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख खनालको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धिमाल बस्तीमा जात्रीको रौनक
पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने अल्पसङ्ख्यक धिमाल जातिको जात्री पर्व सुरु भएको छ । मोरङको लेटाङ–१, भोगटेनीस्थित राजारानी महाराजस्थान धिमाल जातिको उद्गम स्थल मानिन्छ । सोही स्थानमा पूजाआजा गरेपछि जात्री पर्व सुरु हुन्छ । अघिल्ला दुई वर्ष कोरोनाले प्रभावित भएको जात्री पर्वलाई यस वर्ष उल्लासमय रूपमा मनाइँदै छ । वैशाख २ गतेदेखि जात्री पर्व सुरु हुन्छ । भोगटेनीबाट पर्व सुरु भएपछि धिमाल बस्तीको टोलटोलमा जात्री पुग्ने गर्छन् ।
इटहरी उपमहानगरपालिकामा काँग्रेसका हेमकर्ण विजयी
इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा पहिलो पटक नेपाली काँग्रेसका उमेदबार विजयी हुनुभएको छ । आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख पदमा काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुनुभएको हो ।
डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने
डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म सङ्कलन गर्न पाउने निर्णय गरेको हो । स्थानीयवासी यार्सागुम्बा सङ्कलनबाट आम्दानीले लिन गर्दछन् ।