विपतको तयारीमा जुटन स्थानीय तहलाई आग्रह
बर्खायामको विपदबाट हुनसक्ने मानवीय र भौतिक क्षतिबाट वच्न झापाका स्थानीय तहलाई तयारी थाल्न जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले झापाका १५ वटै स्थानीय तहलाई विपद तयारी थाल्न आग्रह गरेको हो ।
ताप्लेजुङमा कृषि ज्ञान केन्द्र स्थापना गरिने
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्राङ्गारिक तथा जैविक मल उत्पादनसँगै कृषिलाई प्रवद्र्धन गर्ने परियोजना सञ्चालन गर्ने भएको छ ।
बुढासुब्बा मन्दिर परिसरमा रहेको टुप्पो विनाको बाँस संरक्षण हुँदै
नेपालमा कहीँकतै नपाइने टुप्पो विनाको बाँस धरानस्थित प्रसिद्ध बुढासुब्बा मन्दिर परिसरमा रहेको छ । उक्त बाँसको प्रजाति सिमेन्टका संरचना निर्माण भएपछि नष्ट हुने अवस्थामा पुगेकाले यस्को संरक्षण गर्न थालिएको छ ।
चौध सय परिवार अन्धकारमा
ताप्लेजुङको छुट्टाछुट्टै दुई ठाउँमा रहेको विद्युत आयोजनामा पहिरोले क्षति पुर्याएपछि करिव १४ सय परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत आयोजनामा क्षति पुगेपछि जिल्लाको सिरिजङ्घा गाउँपालिकाका दुई र फक्ताङ्लुङ गाउँपालिकाका दुईवटा वडाका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् ।
कृषिमा प्रदेश १ अगाडि
कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश १) प्रथम अर्धवार्षिक प्रतिवेदन (आव २०७८/७९)मा उल्लेख छ । कृषि क्षेत्रमा मधेश प्रदेशको १९ प्रतिशत, लुम्बिनी १७ दशमलव ३, बागमतीको १७ दशमलव १ प्रतिशत, सुदूरपश्चिमको ९ दशमलव ८ प्रतिशत र गण्डकीको ९ दशमलव ६ प्रतिशत योगदान रहेको छ ।
बोराभित्र मानिसको शव भेटियो
झापाको अर्जुनधारा नगरपालिका ४ स्थित ह्युम पाइपमा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५–४५ उमेर समूहको लाग्ने युवकको लाश आइतबार साँझ स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
जोखिम क्षेत्र यकिनदेखि उद्धार तयारी
सामान्य वर्षाकै कारण मोरङको केराबारी गाउँपालिका–१ का सातघरमा बाढीले क्षति पु-यायो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार छ घरमा आंशिक र एक घरमा पूर्ण क्षति भएको छ । गत वर्ष कात्तिक १, २ र ३ गतेको वर्षापछि मोरङमा बाढी, डुबान तथा कटानले ६४ करोड रुपियाँ बराबरको क्षति पु-याएको तथ्याङ्क जिल्ला विपत् व्यवस्थापन समितिले गृह मन्त्रालयमा सिफारिस गरेको छ । क्षति बेहोर्ने नागरिकले अहिलेसम्म राहत भने पाएका छैनन् । प्रमुख जिल्ला अधिकारी दाहालले राहतका लागि गरिएको सिफारिसअनुसारको बजेट प्राप्त भइनसकेको जानकारी दिनुभयो ।
पर्यटकको रोजाइमा सन्सारी सिमसार (फोटोफिचर)
स्थानीयहरुको सकृयतामा बिभिन्न दाताको सहयोगमा यो क्षेत्रले आफ्नो रुप फेर्ने सफल भएसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास भएको सन्सारी सिमसारका संस्थापक सदश्य श्यामप्रकास राई बताउनुहुन्छ ।
खुला गजल प्रतियोगितामा गुरुङ प्रथम
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आयोजित खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम हुनुभएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको गजल प्रतियोगितामा मिक्वाखोला गाउँपालिका–४ साँबाका गुरुङ प्रथम हुनुभएको हो । यस्तै प्रतियोगितामा फुङ्लिङ नगरपालिका–६ का नवराज आचार्य द्वितीय र फुङ्लिङ नगरपालिका