टनेलभित्रै फस्टायो तरकारी खेती
कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदान दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । तर यसको बजार माग बाह्रै महिना उच्च रहेका कारण झापाका किसानले बर्खे मौसममै आधुनिक प्रविधिबाट अग्र्यानिक रायो साग उत्पादन गरेर लाभ लिन थालेका छन् ।
प्रदेश १ मा पहिलो पटक : इटहरी चोकमा ट्राफिक लाइट
प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश १ मा पहिलो पटक इटहरी चोकमा ट्राफिक लाइट जडान गरिएको छ । इटहरी उपमहानगरपालिका–६ को कार्यालयको सक्रियतामा प्रदेश सरकारअन्तर्गतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको २६ लाख रुपियाँको सहयोगमा ट्राफिक लाइट जडान गरिएको हो ।
सीमा क्षेत्रमा सुरक्षाको चिन्ता
पशुपतिनगरका स्थानीय मिलन क्षेत्रीलाई सधैँ सिमानाको समस्याले पिरोली रहन्छ । सिमाना सम्बन्धी बोल्नु परेमा उहाँ धक फुकाएर बोल्ने गर्नुहुन्छ । इलाम जिल्लाको नेपाल–भारत ५२ दशमलव ५ किलोमिटर सिमानाको अवस्था क्षेत्रीलाई एक–एक याद छ । उहाँ भन्नुहुन्छ, “सिमानाको पीडा सिमानामै बसेर गरी खानेलाई मात्र थाहा हुन्छ, माथिका त आउँछन् घुमेर जान्छन् ।”
चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते
ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् ।
नाङ्लो रेस्टुरेन्टमा आगलागी
विराटनगर महानगरपालिका–३ स्थित ईश्वर बाँस्कोटाद्वारा सञ्चालित नाङ्लो रेष्टुरेन्टमा बिहीबार दिउँसो भएको आगलागी भएको छ।
गाईघाट–दिक्तेल सडकको प्रगति शून्य
ठेक्का लिने अनि काम नगर्ने निर्माण व्यवसायीको चरम लापरबाहीका कारण गाईघाट–दिक्तेल सडक निर्माणमा व्यापक ढिलासुस्ती भएको छ । सगरमाथा लोकमार्गअन्तर्गत खोटाङ र उदयपुर जिल्ला सदरमुकाम जोड्ने गरी २०५१ सालबाट निर्माण सुरु भएको उक्त सडक २८ वर्ष बितिसक्दा पनि अझै कालोपत्रे हुन सकेको छैन ।
लिम्बू समुदाय सिरिजङ्गा सिक्दै
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ का बृखनारायण लिम्बूले ५७ वर्षको उमेरमा लिम्बू सिरिजङ्गा लिपि सिक्ने अवसर पाउनुभयो । बाल्यकालदेखि नै लिम्बूभाषा बोल्दै आउनुभएका उहाँलाई लिपिबारे भने जानकारी थिएन । “हाम्रो पनि लिपि हुन्छ भन्ने सुनेको थिएँ तर देखेको थिइन,” उहाँले भन्नुभयोे, “आफूले बोल्ने भाषाको लिपि सिक्न पाउँदा खुसी लागेको छ ।”
सडक निर्माणमा सरकार गम्भीर छ : मन्त्री कार्की
प्रदेश १ सरकारका भौतिक पूर्वाधार निर्माण तथा सहरी विकासमन्त्री हिमाल कार्कीले दुहवी इनरुवा सडक खण्ड निर्माणमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । बुधबार सुनसरी सदरमुकाम इनरुवामा इनरुवा–दु्हबी सडक निर्माण दवाव समितिले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्नुहुदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
८० राउण्ड गोलीसहित एक पक्राउ
झापाका बिभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न भद्रपुुर नगरपालिका–५ का १८ बर्षिय मोहमद प्यारेको साथबाट ८० राउण्ड गोली प्रहरीले बरामद गरेको छ । भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा छापा मारेको थियो । प्रहरीले उनको घरमा गाडेको अवस्थामा सो परिणामको गोलीसहित विभिन्न कम्पनीका मोवाइल र चार्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।