• २७ वैशाख २०८१, बिहिबार

लोकतान्त्रिक गणतन्त्रमाथि अझै चुनौती छ : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) मकवानपुरको नवौँ जिल्ला अधिवेशनको शनिबार हेटौँडामा उद्घाटनपछि धारणा राख्नुहुँदै पार्टी अध्यक्ष माधवकुमार नेपाल। तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, वैशाख १५ गते। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि अझै चुनौती रहेको बताउनुभएको छ।

उहाँले प्रतिगामी शक्ति अझै सलबलाइरहेको बताउँदै लोकतन्त्रवादी शक्ति एक हुनुपर्ने बताउनुभएको हो।एकीकृत समाजवादी मकवानपुरको नवौँ जिल्ला अधिवेशनको शनिबार हेटौँडामा उद्घाटन गर्दै उहाँले आफ्नो पार्टीका मूल उद्देश्य र सङ्कल्प जनताको सेवा भएको बताउनुभयो।

‘‘राजनीति भनेको लुट्ने कुराको अर्को नाम होइन राजनीति भनेको सेवा गर्ने सिद्धान्तको नाम हो भन्दै अध्यक्ष नेपालले राजनीतिमा लुटेराहरूलाई स्थान छैन’’, उहाँले भन्नुभयो।गर्नुभयो।

पार्टीको सिद्धान्त र संविधानलाई लत्त्याउने कार्य विगतमा भएको उहाँको भनाइ छ।अध्यक्ष नेपालले भन्नुभयो, ‘‘हामीले समाजलाई नयाँ संस्कार दिनसक्नुपर्छ।राजनीति भनेको सेवा गर्ने हो ।’’ राजनीति सेवामुखी हुनुपर्ने भन्दै उहाँले हाम्रो व्यवहार ठिक हुनुपर्ने, हाम्रो आचरण अरूले अनुसरण गर्ने हुनुपर्ने र अहङ्कार छाड्नुपर्ने उहाँको भनाइ छ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएको नेपालले आयातलाई प्रतिस्थापन गर्ने अर्थतन्त्र होइन निर्यातमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने बताउँदै एकदलीय समाजवादी व्यवस्थाको पक्षमा नभएर आफूहरू बहुदलीय प्रणालीसहितको समाजवादको पक्षमा रहेका उल्लेख गर्नुभयो। 

कार्यक्रममा एकीकृत समाजवादीका उपमहासचिव गंगाधर तुलाधर, बागमती प्रदेश अध्यक्ष सावित्री भुसाल, केन्द्रीय सदस्य मुनु सिग्देल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष भीम पाख्रिनलगायतले बोल्नुभएको थियो। जिल्ला अधिवेशन आइतबारसम्म चल्ने छ।अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ।