• १३ साउन २०८१, आइतबार

आगलागीबाट घर मतान ध्वस्त

blog

आगलागीको दृष्य तथा ध्वस्त संरचना ।

ताप्लेजुङ, साउन २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा सोमबार बिहानै आगलागी भएको छ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा भएको आगलागीबाट स्थानीय दावा  शेर्पाको घर–मतान जलेर ध्वस्त भएको छ । 

सोमबार बिहान करिव ३ बजेतिर शेर्पाको घरमा आगलागी भएको हो । आगलागीबाट घर र मतानभित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको अग्निपीडित दावा शेर्पाले बताउनुभयो । 

शेर्पाकाअनुसार आगलागी सुरु भएको चाँडै थाहा पाएका कारण मानवीय क्षति हुन पाएन । उहाँ हाल कामको सिलसिलामा काठमाडौंमा रहनुभएको छ भने घरमा बाबु, आमा र एकजना भाइ रहनुभएको थियो । विद्युत सर्ट भएर घरमा आगलागी भएको अनुमान गरिएको छ । यता क्षतिको विवरण सङ्कलन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।